जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मौलाकालिका केवलकारका लागि स्वीकृति

मौलाकालिका केवलकारका लागि स्वीकृति

सरकारले मौलाकालीका केवलकार आयोजना निर्माणका लागि स्वीकृति दिएको छ। फागुन १२ गते बसेको मन्त्रीपरिषदको बैठकले लागि २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।

आयोजनाको रो एलानइन्टमेन्ट (१०/१० मिटर सहित केहि टावर संरचना रहने गरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापुर्व नवलपुर) को गैडाकोट नगरपालिका- ०१ मा पर्ने मौलाकालीका सामुदायिक वन/मौलाकालीका धार्मिक वनसमेत प्रयोग गर्न स्वीकृति दिएको हो।

सरकारले वन क्षेत्र प्रयोग गर्नका लागि स्वीकृति नदिँदा यो आयोजना पछिल्लो समय अन्योलमै थियो। स्वीकृति पाएसँगै अघि बढ्ने भएको छ।

आईएमई ग्रुपले चर्चित धार्मिक तथा पर्यटकीयस्थल मौलाकालीका मन्दिर क्षेत्रमा केवलकार निर्माण गर्न लागेको हो। आईएमई  समुहको यो दोस्रो आयोजना हो।

पहिलो चन्द्रागिरी केवलकार निर्माण गरेर संचालनमा ल्याईसकेको छ। करिव एक अर्ब रुपैया लाग्ने अनुमान गरिएको यो आयोजना आईएम समुहले ५१ प्रतिशत र बाकी ४९ प्रतिशत स्थानीयको रहने गरि प्रोजेक्ट अघि बढाउन लागिएको छ।

त्यसै गरि मन्त्रीपरिषदले सिद्धार्थ केवलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका-०१ स्थित राष्ट्रिय वन क्षेत्रको  २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ।

11455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका