जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

यती होल्डिङ्सका मालिकका कान्छा छोरा लागूऔषधसहित पक्राउ

व्यापारिक घरानिया यती होल्डिङ्सका तत्कालीन अध्यक्ष दिवंगत आङछिरिङ शेर्पाका कान्छा छोरा लागूऔषधसहित पक्राउ परेका छन् । गत माघ १८ गते आङछिरिङ छोरा नवांग पासाङ शेर्पा लागूऔषधसहित पक्राउ परेका हुन् । उनसँगै पक्राउ पर्नेमा राजन श्रेष्ठ, सपना रायमाझी र ओमबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले खैरो हेरोइन १०० मिलिग्राम, नाइट्रोजन १० ट्याबलेट, डाइजेपाम ६ पिस, नोफिन २ पिस, फेनगोजान ३९ पिस, सिरिन्ज १२ थान बरामद गरेको छ ।आङछिरिङका छोरा पक्राउ परेको घटनालाई प्रहरीले गोप्य राख्न खोजेको थियो ।

उनलाई स्वयम्भू प्रहरी वृत्तमा राखिएको छ । पक्राउ परेका शेर्पासहित चारजनाको मुद्दाको काठमाडौं जिल्ला अदालतमा बुधबार बयान लिइएको थियो । जिल्ला न्यायाधीश विदुर कोइरालाको इजलासमा बुधबार बयान सकिएको छ ।

प्रहरीले शेर्पा परिवारका सदस्य नवाङ पासाङ नियन्त्रणमा परेको विषयलाई करिब एक महिनासम्म गोप्य राखेको थियो ।

यसअघि पनि नवाङ पासाङ शेर्पालाई नक्कली पाइलट लाइसेन्स लिएको आरोप लागेको थियो ।

लागूऔषध दूव्र्यसनी भएको शेर्पा परिवारले थाहा पाएपछि नवाङ पासाङलाई भारतको पुर्नस्थापना केन्द्रका केहि समय राखिएको पनि बताइएको छ ।

एभरेष्टका ग्राहकहरुलाई सोल्टी होटलमा विशेष छुट

एभरेष्ट बैंक लिमिटेडल र सोल्टी इन्टरप्राइजेज् प्रा.लि.बीच एभरेष्ट बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्न साझेदारी भएको छ ।

काठमाडौंको सोल्टी क्राउन प्लाजा प्रदेश नं.३ को पाँच तारे होटल हो र नेपालगञ्जमा अवस्थीत सोल्टी वेस्टइन्ड प्रदेश नं. ५ को पाँच तारे होटल हो जुन यस क्षेत्रमा विलासी प्रोपटिज र पौराणिक आतिथ्यप्रतिको योगदानका साथ समृद्ध इतिहास र नेपाली पर्यटन उद्योगमा अग्रगामीका रुपमा प्रख्यात छन् ।

एम्ओयूमा हस्ताक्षर भएअनुसार एभरेष्ट बैंकका ग्राहकले निर्धारित मुल्यमा १०% छुट प्राप्त गर्नेछन् । उक्त सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन् । एभरेष्ट बैंक सदैव “सभिर्स वीथ स्माइल” नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

बिओकेको स्र्माटको टपअपमा २५% क्यासब्याक

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै बिओके स्र्माट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहक महानुभावहरुले कारोबार रकमको २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।

ग्राहक महानुभावहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्र्माटबाट गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअप कारोबारमा गर्नुपर्ने छ । बैंकले अब पाउनुहोस्, मोबाइल भुक्तानी र्मै आम्दानी भन्ने मुलनाराका साथ सार्वजनिक गरेको उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

इन्भेष्टमेन्ट बैंकले मनायो ३४ औं वार्षिकोत्सव

नेपाल इन्भेष्टमेन्ट बैंकले आज आफ्नो ३४ औं वार्षिकोत्सव मनाएको छ र सो अवसरमा बैंकले संस्थाको मूल्यमान्यतालाई सम्झनायोग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसगँको सहकार्यमा जीवन उपहार प्रदान गर्ने रक्तदान कार्यक्रमको आयोजना ग¥यो ।

बैंकले यस शुभ अवसरमा ग्राहकहरूसँगै मनाउन तथा अत्याधिक सेवा प्रदान गर्ने उद्देश्यसहित आफ्ना अमूल्य ग्राहकहरूको सम्मानमा दुई योजनाहरू पनि शुरू ग¥यो, जुन यसका संस्थागत मूल्यमान्यताको एक हिस्सा हो ।

पहिलो योजना अन्तर्गत वार्षिकोत्सवका दिन (२०७६ फागुन १४ गते), भिसा डोमेस्टिक क्रेडिट÷डेबिट कार्ड तथा मास्टरकार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यासब्याक पाइनेछ, जुन अधिकतम रु ३,४०० रुपैयाँसम्मको हुनेछ ।

दोस्रो योजना आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुन्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एनआईबीएल भिसा क्रेडिट कार्डमार्फत् मासिक रु ३,४०० को किस्ताबन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सवदेखि मार्च २०२० सम्म उपलब्ध हुनेछ ।

साथै बैंकले बालबालिकाहरूका लागि चित्रकथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’ पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ ।

बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूमा वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छ । यसबाहेक बैंकले गत वर्ष वार्षिकोत्सवकै दिन “बैंकसँगको नाता मेरो आफ्नै बचत खाता” अभियानसहितको कमिक बुक पनि ल्याएको थियो ।

कला, संस्कृति र सम्पदाको संरक्षण यस संस्थाको मुख्य मूल्य–मान्यता हो जुन एनआईबीएलले वर्षौंदेखि दृढतापूर्वक अनुसरण गरिरहेको छ र आउँदा वर्षहरूमा पनि यसलाई कायमै राख्नेछ ।

राष्ट्रिय बाणिज्य बैंकद्वारा किओच अस्पतालाई ५० लाख सहयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

हस्ताक्षर कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैयाँको चेक किओचका कोइरालालाई हस्तान्तरण गरेका छन्।

कोइरालाले हाल मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको बताएका छन्। उनले सहयोगले अधुरा परियोजनाहरु संचालनमा ल्याउन सघाउ पुग्ने बताए।

बैंक संचालक समितिका अध्यक्ष अधिकारीले राज्यको पहुँच नपुगेको ठाउँमा बैंकले सिएसआर मार्फत सेवा दिइरहेको बताए। प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सिएसआर मार्फत सहयोग गरिरहेको बताए।

किओच बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्र्नेे गरी स्थापना भएको बाल अस्पताल हो

“एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गर्ने

एन आई सी एशिया क्यापिटलले नेपालमै पहिलो पटक ऋणपत्र उपकरणहरुमा लगानी गर्ने प्रमुख उदेश्यका साथ एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गर्न नेपाल धितोपत्र बोर्डमा अनुमती मागेको छ ।

नेपालमा हाल सम्म संचालित सामूहिक लगानी कोषहरुको अधिकाशं रकम शेयर बजारमा लगानी केन्द्रित गर्ने उद्देश्यका साथ संचालन भएको पाइन्छ । पछिल्लो समयमा ऋणपत्रमा समेत लगानी गर्ने अत्याधिक सम्भावना देखिएको तथा जहाँ लागनी गर्दा जोखीम अत्यन्तै न्यून रहेको हुँदा यो योजना संचालन ल्याउन लागिएको जानकारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत रमेन्द रायमाझीले उल्लेख गर्नुभएको छ ।

क्यापिटलले संचालन गर्न लागेको यो योजना नेपालमा संचालित सामूहिक लगानी कोष योजनाहरु मध्ये अत्यन्तै सुरक्षित तथा भिन्न रहेको र धितोपत्र बजारको उतारचडाबवाट कम प्रभावित हुने देखिन्छ । यस प्रकारका सामूहिक लगानी योजनाहरुमा लगानी गर्दा लगानीकर्ताहरुलाई कम जोखिम तथा निरन्तर रुपमा उचित लाभ लिन सक्ने देखिन्छ । साथै बैंक तथा वित्तीय संस्थाहरुले बजारमा ऋणपत्र निष्काशन गरिरहेको तथा निष्काशनको क्रममा रहेको हुँदा यस्ता फण्ड संचालनमा आउदा समग्र ऋणपत्र बजारको विकास गर्न टेवा पुग्ने देखिन्छ ।

हाल एन आई सी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना “एन आई सी एशिया ग्रोथ फण्ड” र “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ । यसका साथै एन आई सी एशिया क्यापिटल लिमिटेडल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । एन आई सी एशिया क्यापिटल एक मात्र क्ष्क्इ ऋभचतषष्भम ऋबउष्तब िहो ।

डिशहोममा नेपालकै पहिलो भोजपुरी च्यानल

नेपाली टेलिभिजनको दुनियामा डिशहोमले भरपुर मनोरञ्जनले भरिएको भोजपुरी च्यानल संचालनमा ल्याएको छ । बिगत लामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहाना लाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु संचालन गर्दै आएको छ ।

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको मा भोजपुरी भाषाको मनोरञ्जनात्मक “भोजपुरी म्याजिक” नामक च्यानल पनि सुरु गरेको छ ।
भोजपुरी चलचित्र र गीतहरु प्रशारण हुने यस च्यानलले नेपाली दर्शक लाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने छ । साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जस वाट क्षेत्रिय भाषाको गीत गाउने स्थानिय कलाकारको प्रतिभा लाई समेत नेपाल भर पु¥याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।
आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामाग्री प्रशारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।

मेगा बैंकबाट सेनालाई वित्तीय साक्षरता कार्यक्रम

मेगा बैंक नेपाल लिमिटेडले कञ्चनपुरमा नेपाली सेनालाई वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

कञ्चनपुरको महेन्द्रनगरस्थित देवीदल गणमा कार्यरत नेपाली सेनाका बिभिन्न दर्जालाई बैंकले वित्तीय साक्षरता कार्यक्रम गरेको हो । मेगा बैंक महेन्द्रनगर शाखाबाट आयोजित कार्यक्रममा शाखा प्रबन्धक सन्जोग भट्ट लगायतले मेगा बैंकका सेवा, सुविधा, बचत गर्ने तरिका र लाभ, कर्जा प्रक्रिया, दैनिक जीवनमा बैंकको महत्वका साथै वित्तीय साक्षरता र वित्तीय जागरण, आर्थिक समृद्धिका लागि बैैंकिङ सेवाको महत्व लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली सेनाको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्नेत र सेनानी राकेश बस्नेतले सैनिकहरुलाई वित्तीय सारक्षता गराइदिएकोमा मेगा बैंकलाई धन्यवाद दिनुभयो ।

मेगा बैंकले बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा यसअघि पनि बिभिन्न जिल्लामा विद्यार्थी, व्यवसायी, सैनिक लगायतलाई साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको छ ।

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

उद्यमी चन्द्र ढकालले नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा  उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौंको होटेल याक एण्ड यतीमा बुधबार आयोजित विशेष कार्यक्रममा उपाध्यक्ष चन्द्र ढकालले उम्मेदवारी दिने घोषणा गरेका हुन् । आगामी चैत २८ र २९ मा हुने महासंघको साधारण सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। बरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने प्रावधान रहेको छ।

महासंघका पूर्व अध्यक्षहरू सुरज बैद्य, चण्डिराज ढकाल र महासंघका सातमध्ये ५ वटा प्रदेशका अध्यक्षहरुलगायत थुप्रै  उद्यमीको उपस्थितिमाझ ढकालले उम्मेदवारी घोषणा गरेका हुन्।

ढकालले ‘समृद्धिको आधार राज्य-निजी क्षेत्र साझेदार’ भन्ने नारालाई आफ्‌नो उम्मेदवारीको प्रमुख  एजेन्डा बनाएका छन्। उम्मेदवारी घोषणा गर्ने क्रममा आगामी अध्यक्ष शेखर गोल्छाको प्रशंसा गर्दै उनले भने, ‘महासंघको भावि अध्यक्षका रुपमा एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं।उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशिल टीम बन्‍नेछ। यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र  साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर एघार बनाउनेछौं।’

ढकालले मुलुकको  आर्थिक विकासको लागि निजी क्षेत्रमा अनवरत काम गरेका उल्लेख गर्दै ५० वर्षभन्दा लामो इतिहास बोकेको महासंघको गरिमा बढाउनको लागि मन,बचन र कर्मले लाग्‍ने प्रतिवद्धता व्यक्त गरेका थिए। उनलेमहासंघलाई सबै प्रकार र स्तरका उद्यमी  व्यवसायीको साझा चौतारी बताउने संकल्प गरे।

करिब दुई दशकअघि आइएमइ स्थापना गरेर व्यवसाय सुरु गरेका ढकाल मुलुककै सफल र स्थापित उद्यमी हुन्। ढकालको व्यवसायिक यात्रा आइएमइ हुँदै बैंक, वित्तीय संस्था, बिमा, केवलकार, जलविद्युतदेखि लिएर सेवा क्षेत्र सम्म विस्तार भएको छ। सबैभन्दा ठूलो व्यवसायिक संजाल जोड्न उनी सफल भएका छन्।

के भने ढकालले सभामा?
म महासंघमा सक्रिय भएपछि महासंघकै काम र विभिन्न कार्यक्रमका सिलसिलामा पूरै देशभर पुग्ने अवसर पाएँ। ती कार्यक्रममा सहभागी हुँदा तपाईं उद्योगी व्यवसायी साथीहरु, नागरिक समाजका प्रतिनिधीहरुसँग ‍औपचारिक अनौपचारिक थुप्रै बसाइ भए, भेला र बैठकहरु भए।

ती बसाई भेला र बैठकमा तपाईहरु सबै जनाले मलाई यो गरिमामय संस्थाको नेतृत्वमा आउन आग्रह गर्नुभयो । एक किसीमले भन्दा तपाईंहरुले मलाई यस संस्थालाई नेतृत्व दिन दबाब पनि दिइरहनुभयो।

जस्तो कि गत पुसमा बागलुङ महोत्सवमा पुग्दा त्यहाँ साथीहरुले मलाई वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुभयो। ती तपाईंहरुका शुभेच्छा, आग्रह र प्रस्तावलाई विनम्रतापूर्वक स्वीकार गर्दै आज म नेपाल उद्योग वाणिज्य महासंघको आउँदै गरेको चुनावमा वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा आफ्नो औपचारिक घोषणाको क्षणमा आइपुगेको छु ।

आज यो कार्यक्रममा सहभागी हुन धेरै जना साथीहरु इच्छुक हुनुहुन्थ्यो, तर आफ्नै जिल्लामा मेलामहोत्सव तथा पारिवारिक कार्यक्रम परेकाले उहाँहरु यहाँ उपस्थित हुन सक्नु भएको छैन्, तर फोनमार्फत भए पनि मलाई शुभेच्छा भने प्रकट गर्नुभएको छ । देशभरका आदरणीय उद्योगी, व्यवसायी साथीहरुको यही सहृदयी भाव, सदासयता र शुभेच्छालाई म हृदयदेखि नै सम्मान पनि गर्दछु ।

आदरणीय उद्योगी, व्यवसायी मित्रहरु,
बागलुङको गाउँमा जन्मिएर, एउटा सहायकस्तरको जागिर छाडेर शुरु गरेको सानोतिनो व्यवसायबाट‌ै तपाईंहरु अधिकांश जस्तै मेरो पनि व्यवसायीक जीवन सुरु भएको हो।

करिब दुई दशकअघि हामीले आइएमइ स्थापना गरेर सुरु भएको हाम्रो व्यवसायिक यात्रा आजका दिनसम्म आइपुग्दा बैंक, वित्तीय संस्था, बिमा, केवलकार, जलविद्युतदेखि लिएर सेवा क्षेत्र सम्म विस्तार भएको छ।

देशैभरि पुगेको हाम्रो उद्यमशिलताबाट हजारौं नेपाली दाजुभाइ दिदीबहिनी प्रत्यक्ष एवम् आश्रित रुपमा हामीसँग जोडिनुभएको छ । यो हाम्रो लागि गौरवको विषय पनि हो ।

जब हामीले नेपाली दाजुभाइले बिदेशमा रगत र पसिना बगाएर जम्मा गरेको दुई चार पैसालाई विश्वासका साथ जतन गरेर उहाँहरुका आश्रित आमाबुबा एवं परिवारका हातमा पुराइदिन थाल्यौं। त्यसले हामीलाई स‌ँधैभरी आशिर्वादको काम गरिरह्र्यो।

नेपाली दाजुभाईले विश्वासकासाथ हामीलाई दिएको र हामीले जतन साथ परिवारमा पुर्याइदिएको त्यो पैसा, त्यो परिवारको जीविकोपार्जन मात्रै बनेन, त्यो नेपालको अर्थतन्त्रको मेरुदण्ड पनि बन्यो। त्यही पैसाले कैयौं व्यापार चले, कयौं उद्योगहरु बने।

त्यति मात्र नभएर त्यो पैसा सानोतिनो व्यापारका लागि वित्तीय स्रोत बन्यो, घरेलु उद्योगका लागि सिड मनी। आज कहिं न कहिं कतै न कतै सानो होस् वा ठूलो, घरेलु होस् वा मझौला अधिकांश उद्योग र व्यापार यही रेमिट्यान्सको जगमा उभिएका छन्।

तिनै घरेलु उद्योग र व्यापारलाई बढाएर मझौला उद्योग र व्यापारमा लैजान सक्यौं भने, मझौला उद्योग र व्यापारलाई बढाएर ठूला उद्योग र व्यापारमा लैजान सक्यौं भने, ठूला उद्योग र व्यापारलाई बहुराष्ट्रिय उद्योग र व्यापारमा विस्तार गर्न सक्यौं भने त्यसले हाम्रो मात्रै होइन् समग्र देशको प्रगति हुन्छ भन्ने मेरो विश्वास छ।

त्यो मेरो विश्वासलाई यथार्थमा बदल्न, उद्योग र व्यापारमा उत्साहित साथीलाई प्रोत्साहित गर्न, तपाईं साथीहरुलाई आशावादी बनाउन, तपाईंका समस्यालाई सुल्झाउन, तपाईंका मुद्दालाई सम्वन्धित सबै निकायमा जोडसँग उठाउन मेरो साथ रहन्छ। यो मेरो प्रण हो।

हामी निजी क्षेत्र भनेको देशको समृद्धिको यात्राका दरिलो खम्बा पनि हौँ । राज्यले घोषणा गरेको तीन खम्बे अर्थतन्त्रको एक दरिलो खम्बा। देशको अर्थतन्त्रमा अहिले पनि निजी क्षेत्रको योगदान ७५ प्रतिशत हाराहारी छ । तर पनि सरकारले अघि सारेको समृद्धिको यात्रामा सफल सारथीका रुपमा रहने निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार अभिभावकको भूमिका पाउन सकिरहेको छैन ।

नेपालमा लामो समयपछि देखिएको राजनीतिक स्थायित्वसँगै लगानीको वातावरण पनि बन्दै गएको छ । लगानीकर्ताले अरु वातावरणका अतिरिक्त स्थायी सरकार पनि हेर्छन् नै । देशमा तीन तहको सरकार बनेपछि आ–आफ्ना क्षेत्रमा लगानी भित्र्याउन एक किसीमले प्रतिश्पर्धा नै भएको मैले पाएको छु ।

मेरो आफ्नै कुरा गर्ने हो भने कार्यक्रमका लागि विभिन्न ठाउँमा पुग्दा त्यहाँ प्रदेश सरकारका मुख्यमन्त्री एवं मन्त्रीज्यूहरुले आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्नुहुन्छ । उहाँहरुले तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ पनि भन्ने गर्नुभएको छ ।

सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई नीति नियम र कानुनमा राम्रैसँग स्वीकार गरेको पनि छ । तर नेतृत्वमा यो सकारात्मक सोच देखिएजसरी राज्य संयन्त्रभित्र भने के के नपुगेजस्तो देखिन्छ । हाम्रा उद्योगी, व्यवसायी साथीहरुले काम गर्ने क्रममा नेपालको परम्परागत संरचनाबाट सहज महसुश गर्न नपाएको गुनासो बारम्बार गर्नुभएको पनि छ।

राज्य भनेको हाम्रो अभिभावक हो र यसले हामीलाई सहजीकरण गरिदिनुपर्छ । हामीले राज्यसँग आवश्यक वातावरणका लागि पहल गर्नुपर्छ र आवश्यक परे संघर्ष गरेर पनि लिनुपर्छ ।

निजी क्षेत्रले दिने सेवा पनि राज्यकै लागि हो । यसका लागि उद्योगी व्यवसायी मित्रहरु आफ्ना व्यावसायिक हकहितका लागि संयुक्त रुपमा लाग्नु पर्ने हुन्छ।

त्यसैले मेरो उम्मेदवारीको नारा समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार राखेको छु । किनभने निजी क्षेत्रको दरिलो उपस्थिति बिना राज्यमात्रको पहलमा देश समृद्ध बनेको संसारमा अहिलेसम्म मैले कतै देखेको छैन । राज्यले निजी क्षेत्रसँग जति सहकार्य गर्छ त्यति द्रूत गतिमा राज्यको आर्थिक उन्नति हुन्छ । आखिर राज्य निजी क्षेत्रको विनालगानीको एउटा पाटर्नर पनि हो।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सृजनाको बलियो इन्जिन हो । नागरिकलाई वस्तु तथा सेवा प्रदान गर्न र राजस्वमार्फत राज्यको आम्दानी बृद्धि गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ ।

औद्योगिक र व्यापारिक वातावरण बनाउन हामी कहाँ अझै थुप्रै काम गर्न बाँकी छ। जस्तो उद्योग व्यापार दर्ता, नविकरण र खारेजी प्रक्रियालाई सहज र शुलभ बनाउनुपर्नेछ। उद्योग, आयोजना, वेयरहाउसको निर्माणमा इआईए, आईईका लागि लाग्ने लामो प्रक्रिया, समय र झण्झटलाई छोट्टयाउनुपर्नेछ। समय प्रक्रियाका कारण बढ्ने लागतलाई घटाउनुपर्नेछ।

छिमेकी मुलुकमा निर्यात व्यापार बढाउनका लागि हामीलाई उद्योग ग्राम, विशेष आर्थिक क्षेत्र मात्रै होइन्, त्यहाँ पुग्ने सडक, विद्युत लगायतका दिगो पूर्वाधार  चाहिन्छ। गुणस्तरीय विद्युत त्यो पनि सर्वसुलभ दरमा उपलब्ध हुनुपर्छ।

उद्योग र आयोजनाका लागि चाहिने जग्गा किन्न वा अधिग्रहण गर्न, ती कम्पनीलाई अनावश्यक सम्पत्ती र जग्गा विक्रि गर्ने प्रक्रिया सहज बनाउनुपर्नेछ।

एउटा निकायबाट फर्छयौट भएको विषयलाई वन, मालपोत लगायतका विभिन्न निकायबाट अहिले जुन अल्झाउने परिपाटी छ, त्यसलाई हटाउनुपर्नेछ। नवउद्यमीलाई मात्रै होइन्, ठूला उद्योगी र व्यापारीसम्मलाई ऋण मात्रै नभएर स्वपुँजीको उपलब्धता पनि बढाउनुपर्नेछ।

उद्योगी व्यापारीसँग राज्यका निकायले जबरजस्ती कर नउठाइ पारदर्शी ढङ्गबाट, सहज र वैज्ञानिक रुपमा कर उठाउने वातावरण बनाउनुपर्नेछ।

निजी क्षेत्रलाई करको बोझमा दवाउने अहिलेको जुन व्यवस्था छ त्यसलाई हटाउनुपर्नेछ। करमा रहेका  दुविधाका कारण भविष्यमा उद्योगी व्यवसायीहरु करको ठूलो भार पर्ने समेत गरेका छन। त्यस्ता दुविधा भएका कर कानुनहरुलाई सुधार गर्नुपर्नेछ।

एउटा निकायबाट पार लागेको कर, सम्पत्तीको विषयलाई अनेक निकायबाट छानविनको विषय बनाउने जुन रोग छ, त्यसको सही निदान र उपचार पनि गर्नुपर्नेछ। सरकारले हालै लागू गरेको भिसिटिएस र अनिवार्य पानले साना तथा मझौला उद्यमी समस्यामा छन्। हामीले यसको पनि दिर्घकालीन समाधान खोज्नुपर्ने बेला भएको छ।

सम्पत्तीमाथि निजी क्षेत्रको जुन हक छ, त्यसलाई अझ विश्वासिलो बनाउनुपर्नेछ। स्वेदेशी उद्योग र व्यापारको संरक्षण गरेर विदेशी लगानीलाई आकार्षित गर्नुपर्नेछ। त्यसका लागि उद्योग बाणिज्य महासंघ जस्ता संस्थालाई विज्ञ संस्थाको रुपमा विकास गर्नुपर्ने अवस्था छ ।

यि काम गर्न महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र डायनामिक बनाउनुपर्नेछ। त्यसैगरी महासंघले राज्यका निकायसँग पोलिसि डाइलगलाई अझै बढाउनुपर्ने छ।

विदेशी लगानी नेपाल भित्र्याउनका लागि देशमा मात्र नभएर विदेशसम्म ठूला-ठूला मेगा इभेन्ट गर्नुपर्ने छ। उद्योगी व्यापारी साथिहरुलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन विदेशमा एक्सपोजर भ्रमणहरु बढाउनुपर्ने छ।

महासंघको भावि अध्यक्षका रुपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं। उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशिल टीम बन्नेछ। यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र  साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर एघार बनाउनेछौं।

हाम्रो टीमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायीक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यवसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविइङ् पनि गर्ने छ। मेरो उम्मेदवारी पनि त्यसैको एउटा अंश हो भनेर बुझिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ ।

तीन खम्बे अर्थ नीतिको प्रमुख खम्बाका रुपमा स्वीकारिएको यस क्षेत्रलाई सबैभन्दा सशक्त र सबल खम्बाको रुपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासन सहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन मैले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिबद्धता यसै मञ्चमार्फत व्यक्त गर्दछु ।

महासंघलाई ठूला उद्यमीहरुको मात्रै होइन साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्न मेरो प्रयास रहनेछ। त्यस चौतारीमा सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने प्रयास गर्नेछु।

जसरी केही वर्ष अघिसम्म उद्योगी र कामदारवीच रहेको तिक्ततापूर्ण सम्वन्धलाई हामीले वार्ता र छलफलका माध्यमबाट सुमधुर सम्वन्धमा स्थापना गर्न सफल भयौं। त्यसैगरी हामीले हाम्रा स्टेकहोल्डरसँगका समस्यालाई वार्ता र छलफलबाट समाधान गर्न केन्द्रित हुनेछौं ।

कुनै पनि संस्था या संगठनको नेतृत्व गर्नु भनेको आशा र भरोसाको सम्बाहक बन्नु हो । मैले पनि मेरा सहकर्मी, सहृदयी सबैजना उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । तपाईँहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईँहरुको सुख दुःखमा साथमा रहने प्रण गर्दछु ।

एउटा सबल र सक्षम नेतृत्वले नै सशक्त र बलियो महासंघ निर्माणमा सघाउ पुर्याउने छ । मलाई लाग्छ हाम्रा देशभरिका उद्योगी व्यवसायी साथीहरुले नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले नेपालको समग्र निजी क्षेत्र र यस महासंघको उज्वल भविष्य निर्माणमा सहयोग गर्नेछ । त्यसैले आगामी साधारणसभामा हामी सबैको विवेकको ठूलो महत्व छ ।

महासंघले अघि सार्ने समग्र प्रयासलाई सफल बनाउन विकास साझेदार, सरकार र उद्यमीहरुको साझा प्रयासबाट महासंघलाई अघि बढाइने छ । प्रदेश, जिल्ला नगर तथा  वस्तुगत उद्योग बाणिज्य संघहरुलाई आगामी दिनमा थप सशक्त बनाउने मेरो प्राथमिकताको अर्को विषय हो ।

मुलुकको अर्थतन्त्रमा अहम भूमिका खेलिरहेको निजी क्षेत्रको छाता संगठन उद्योग बाणिज्य महासंघलाई जति बलियो र सशक्त बनाउन सकियो त्यति नै देशको समग्र निजी क्षेत्रको मनोबल उँचो हुनेछ र यसबाट राज्य संयन्त्रले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने छ । यसका लागि म सबै व्यवसायी र राज्यको पुलका रुपमा बीचमा बसेर रचनात्मक भूमिका खेल्ने काममा लाग्नेछु ।

साथीहरुलाई के भन्न चाहन्छु भने म हिजोका दिनमा तपाईँहरुसँगै थिएँ र आज पनि छु । भोलि पनि तपाईँहरुसँगै रहनेछु । महासंघको नेतृत्वमा हुँदा होस वा नहुँदा म तपाईंसँग सँधै साथमै रहन्छु।

आखिर हाम्रो देशैभरीका जिल्ला नगरमा व्यवसायिक नेटवर्क छ, यही व्यवसायमार्फत तपाईं हामी सबै जोडिएकै छौं ।

हाम्रो यही नेटवर्कका माध्यमबाट पनि जिल्ला नगरका साथीहरुलाई महासंघको केन्द्रिय नेतृत्वसँग सम्पर्क जोड्न तथा आफ्ना गुनासोहरुको सञ्चार गर्न अझै सजिलो होला भन्ने मलाई लाग्दछ।

महासंघ र व्यवसायिक सञ्जालमार्फत उठ्दा बस्दा तपाईंहरु सबैले म कति सहज छु भन्ने बुझिसक्नु भएको छ। मेरो व्याक्तिगत व्यवहार र व्यवसायिक प्रकृतिले गर्दा म तपाईंबाट टाढा जान पनि सक्दिन। तपाईंलाई अफ्ठ्यारो परेको दिन, तपाईंले खोजेको दिन सहजै उपलब्ध  हुनेछु।

महाभारतमा कृष्णजीले अर्जुनलाई युद्ध जित्नेले आफ्ना सारथीलाई चिन्न सक्नुपर्छ भन्नु भएको थियो। मेरो यो अभियानका सारथी तपाईँ उद्योगी, व्यवसायी साथीहरु हुनुहुन्छ, यहाँ उपस्थित अग्रजहरु हुनुहुन्छ र मेरा सबैजना शुभचिन्तकहरु हुनुहुन्छ। मेरो अभियानका सारथिहरुको पहिचान मैले गरिसकेकोले म सफल हुनेमा ढुक्क पनि छु।

३ सिमेन्ट र १ स्टिल कम्पनीलाई विभागद्वारा कारबाही

नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा सिमेन्ट र एउटा स्टिल उद्योगको उत्पादन कम गुणस्तरीय पाइएपछि कारबाही गरेको छ ।

विभागले बुद्ध पिपिसी सिमेन्ट उत्पादन गर्ने एमजेप्पी सिमेन्टलाई स्पष्टीकरण सोधेको छ भने रिलायन्स र शालिमार सिमेन्टको इजाजत पत्र रद्द गरेको छ । बाराको अशोक स्टिलको पनि इजाजतपत्र रद्द गरेको छ ।

विभागका अनुसार बुद्ध सिमेन्टमा तीन दिनको कम्प्रेन्सिभ स्ट्रेन्थ ११ एमपिए र सात दिनको कम्प्रेन्सिभ स्ट्रेन्थ १७ एमपिए पाइएपछि विभागले स्पष्टीकरण मागेको हो । विभागले गुणस्तर नियमावली २०४० को नियम १६ अनुसार स्पष्टीकरण सोधिएको जनाएको छ ।

गुणस्तरमै कैफियत भेटिएपछि विभागले बाराको अशोक स्टिल प्रालिले उत्पादन गर्ने एफई ५०० टिएमटी बारको इजाजतपत्र रद्द गरेको छ । उक्त कम्पनीले उत्पादन गरेको रडको इलोंगेसन ११.६७ प्रतिशत र बेन्ड टेस्ट गुणस्तर अनुरुप नभएको भेटिएपछि विभागले इजाजत पत्र रद्द गरेको हो ।

बाराको रिलाइन्स सुपरटेक सिमेन्टबाट उत्पादित डनलप पिएससी सिमेन्टको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्थ १४ एमपिएभन्दा कम भेटिएपछि विभागले कारवाही गरेको हो । विभागले यस उद्योगको पनि इजाजतपत्र स्थगन गरेको छ ।

रिलायन्स चैनवाला ग्रुपका नामले चिनिने व्यापारिक घराना अन्तर्गतको उद्योग हो । यो चैनवाला ग्रुप अन्तर्गतको उद्योग हो । विभागले शालिमार सिमेन्टको इजाजत पनि स्थगन गरेको छ । शालिमार ब्रान्डको पिपिसी सिमेन्ट तोकेभन्दा कम गुणस्तरीय भेटेपछि इजाजतपत्र स्थगन गरिएको विभागले जनाएको छ ।

बारास्थित यो उद्योगको सञ्चालकमा जीवन अग्रवाल, अशोक वैद्य, राजकुमार वैद्य र विजय वैद्य छन् । यो सिमेन्टको तीन दिनको कम्प्रेसिभ स्ट्रेन्थ १५ एमपिए पाइएको थियो । विभागले पिपिसी सिमेन्टमा न्यूनतम १६ एमपिए हुनुपर्छ । यो सिमेन्टमा म्याग्नेसियम अक्साइड (एमजिओ) पनि बढी पाइएको विभागले जनाएको छ । विभागका अनुसार यसमा ६ प्रतिशत हुनुपर्ने एमजिओको मात्रा ६.७ प्रतिशत पाइएको

अबको अर्थमन्त्री को बन्ला?

डा. युवराज खतिवडाले नयाँ गभर्नर सिफारिस गर्न संभवत नपाउने भएका छन्। राष्ट्रिय सभा सदस्यको अवधि आगामी २० गते सकिएलगत्तै उनको ठाउँमा वामदेव गौतम नियुक्त हुने भएपछि खतिवडा अर्थमन्त्रीबाट पनि बाहिरिने पक्का जस्तै छ।

राष्ट्रिय सभा सदस्यमा निरन्तरता पाउने संभावना रहेको खण्डमा मात्र उनी अर्थमन्त्री कायम रहन्थे। त्यसो हुँदा उनले अर्थमन्त्रीबाट पनि बिदा लिनु पर्ने हुन्छ।

नयाँ गभर्नरको सिफारिस नयाँ अर्थमन्त्रीले गर्ने छन्। स्रोतहरुका अनुसार, नयाँ अर्थमन्त्रीका लागि तीन जनाको नाम अगाडि आएको छ। नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र विष्णु पौडेलको संभावना रहेको बताइन थालेको छ।

अर्थमन्त्री खतिवडाको पद के हुने भन्ने निर्णय नहुँदा नपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्ति प्रक्रिय ढिला भएको थियो। राष्ट्र बैंक ऐनमा बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै अर्को गभर्नर नियुक्त गरिसक्नुपर्ने प्रावधान छ।

पाँच वर्षे कार्यकाल पूरा गरी वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी चैत ५ गते अवकाश पाउदै छन्। यस हिसाबले सरकारले गत ५ गतेभित्र नयाँ गभर्नर नियुक्त गरिसक्नु पर्ने थियो।

एउटा समिति गठन गरेर त्यसबाट सिफारिस भएका ब्यक्तिमध्येबाट एक जनालाई नियुक्त गर्नुपर्ने कानुनी प्रावधान छ। यसो हुँदा सरकारले यतिबेलासम्म समिति बनाएर काम थालिसक्नुपर्ने थियो।

यसअघि डा. युवराज खतिवडा गभर्नरबाट अवकाश भएपछि मात्र नयाँ गभर्नर नियुक्त गरिएको थियो। ऐनमा भएको ‘सामान्यतया’ भन्ने शब्दमा खेलेर सरकारहरुले ढिला गरी गभर्नर नियुक्त गर्ने गरेका छन्।

नयाँ गभर्नर नियुक्ति ढिला भएपछि खतिवडा अन्तिम दिनसम्म राष्ट्र बैंक गएका थिए। जबकी अगाडि नै अर्को गभर्नर नियुक्त गरिदिने हो भने बहालवालाले एक महिनाअघि नै विदा बस्नुपर्ने चलन छ।

अहिलेका गभर्नर डा. नेपाल पनि नयाँ गभर्नर चाँडै नियुक्त भए एक महिनाअघि नै बिदा बस्ने योजनामा थिए। तर नयाँ गभर्नर छान्ने समिति नै नबनेका कारण उनी बिदा बसेनन्। उनी चालु वर्षको मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा सक्ने तयारीमा जुटेका छन्।

गभर्नर सिफारिस गर्ने समितिको अध्यक्ष अर्थमन्त्री हुन्छन्। समितिमा पूर्व गभर्नरहरु मध्येबाट एकजना सदस्य हुन्छन् भने अर्को सदस्यमा सरकारले तोकेको ब्यक्ति हुने प्रावधान छ। यस्तो ब्यक्ति आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रमा लब्धप्रतिष्ठित हुनु पर्नेछ।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्छ। एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्ने कानुनी ब्यवस्था छ। समितिले कुल तीन जनाको नाम सिफारिस गर्छ। तिनै नामभित्र रहेर मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्छ।

यसअघि गभर्नर सिफारिसमा दुवैजना डेपुटी गभर्नर परेका थिए भने बाहिरबाट डा. नेपालको नाम सिफारिस गरिएको थियो ।

राष्ट्र बैंकमा हस्तक्षेप गरेको छैन’

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभा संसदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक विचार गरियोस भनि प्रस्ताव गरेका छन्।

विधेयक संसदमा पेश गर्दै मन्त्री खतिवडाले जनताको लगानी सुरक्षित गर्न आवश्यक रहेकाले संशोधन आवश्यक रहेको बताएका थिए।

उनले बैंक तथा वित्तीय संस्थासँग ३५ खर्ब रुपैयाँ निक्षेप रहेको र ९० प्रतिशत जनता रहेकोले  त्यसको संरक्षण गर्नु सरकारको काम भएको बताए। बाफियाले बैंकर र व्यवसायी छुट्याउने र यो आवश्यक भएको समेत खतिवडाले थपे।

बैंकरको योग्यता र उमेर तोकिनुपर्ने खतिवडाको भनाई छ।  खतिवडाले पेश गरेको प्रस्ताव संसदहरुको कोरम नपुगेकोले स्थगित भएको छ।

संविधानको धारा ९४ अनुसार कुनैपनि विधेयकमा छलफल हुन संसदको एक चौथाई सदस्य सहभागि हुनुपर्छ। यो हिसाबले संसदमा ६९ जना उपस्थित हुनुपर्नेमा मंगलबारको बैंठकमा ५४ जना मात्रै सहभागी थिए। अब प्रतिनिधि सभाको बैठक फागुन १४ गते बस्नेछ।

खतिवडाले संसदमा आफूले राष्ट्र बैंकलाई हस्तक्षेप नगरेको पनि प्रष्ट पारेका थिए। उनले स्वायत्त निकायमाथि हस्तक्षेप गरेको भन्ने आरोपमाथि जबाफ दिँदै त्यस्तो नगरेको प्रष्टीकरण दिएका हुन्।