जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • राष्ट्रिय बाणिज्य बैंकद्वारा किओच अस्पतालाई ५० लाख सहयोग

राष्ट्रिय बाणिज्य बैंकद्वारा किओच अस्पतालाई ५० लाख सहयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

हस्ताक्षर कार्यक्रममा बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैयाँको चेक किओचका कोइरालालाई हस्तान्तरण गरेका छन्।

कोइरालाले हाल मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको बताएका छन्। उनले सहयोगले अधुरा परियोजनाहरु संचालनमा ल्याउन सघाउ पुग्ने बताए।

बैंक संचालक समितिका अध्यक्ष अधिकारीले राज्यको पहुँच नपुगेको ठाउँमा बैंकले सिएसआर मार्फत सेवा दिइरहेको बताए। प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सिएसआर मार्फत सहयोग गरिरहेको बताए।

किओच बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्र्नेे गरी स्थापना भएको बाल अस्पताल हो

11760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका