जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

राष्ट्रिय जीवन बिमा कम्पनीका सञ्चालक रमेश अर्यालले लिए पद तथा गोपनियताको शपथ

नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालयमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

कम्पनीको सञ्चालक समितिको मंसीर ५ गतेको बैठकले कम्पनीका संचालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो।

SBK-800-150-pxl-1.gif
त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थिए ।

निर्जीवन बीकमद्वारा तीन महीनामा ३ अर्ब ६५ करोड खुद बीमाशुल्क आर्जन

नेपालमा सञ्चालित १४ वटै निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उक्त वित्तीय विवरण अनुसार कम्पनीहरूले तीन महीनामै ३ अर्ब ६५ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका हुन्।

कम्पनीहरूले गत आवको तीन महीनामा ३ अर्ब २० करोड १७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा त्यसको तुलनामा चालू आवको सोही अवधिमा १४.१३ प्रतिशतले वृद्धि भएको हो।

कुन कम्पनीको कति?
हिमालयन एभरेष्ट इन्स्योरेन्सले सर्वाधिक ६२ करोड ४१ लाख रुपैयाँ, दोस्रोमा सलिकोले ६२ करोड ११ लाख रुपैयाँ, तेस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ९० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी नेको इन्स्योरेन्सले २९ करोड ५४ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले २९ करोड ७ लाख रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले २८ करोड ८ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २४ करोड ५५ लाख रुपैयाँ र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २४ करोड १२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

त्यसपछि नेपाल इन्स्योरेन्सले २० करोड ७९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १७ करोड ५७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १२ करोड ७ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ११ करोड १९ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्सले ९१ करोड ४० लाख रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ३८ करोड २ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।

वृद्धिदरको आधारमा
वृद्धिदरको आधारमा हेर्ने हो भने सलिको इन्स्योरेन्सको सर्वाधिक ९९.२० प्रतिशतले, दोस्रोमा नेपाल इन्स्योरेन्सको ५२.१६ प्रतिशतले र तेस्रोमा ओरियन्टल इन्स्योरेन्सको ४४.४६ प्रतिशतले खुद बीमाशुल्क आर्जनमा वृद्धि भएको छ।

त्यसैगरी एनएलजी इन्स्योरेन्सको ३०.०९ प्रतिशत, युनाइटेड अजोडको २७.२१ प्रतिशत, हिमालयन एभरेष्टको १०.५२ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ७.३१ प्रतिशत, नेकोको ३.४४ प्रतिशतले र सानिमा जीआईसीको ३.३९ प्रतिशतले बढेको छ।

त्यसपछि शिखरको ३.०२ प्रतिशतले र प्रभु इन्स्योरेन्सको १.०९ प्रतिशतले बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १०.९८ प्रतिशत, नेशनल इन्स्योरेन्सको १७.४४ प्रतिशतले र राष्ट्रिय बीमा कम्पनीको ७९.७४ प्रतिशतले खुद बीमाशुल्क घटेको छ।

खल्ती ट्रान्स्फर लिग – खल्तीबाट फन्ड ट्रान्स्फर गर्दा दैनिक, साप्ताहिक र बम्परमा बाइक पुरष्कार जित्ने मौका

आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा. लि. गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले “खल्ती ट्रान्स्फर लिग ” नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

अहिले चलिरहेको नेपाल प्रिमियर लिगको दोश्रो संस्करणमा अझै उत्साह थप्दै यहि मङ्सिर २ गते देखि मङ्सिर २९ गते सम्म १ महिनाको अवधी रहेको र क्रिकेटको खेल सरह यस अफरको विषयवस्तु रहेको कम्पनीले जानकारी गराएको छ । खल्तीबाट विभिन्न फन्ड ट्रान्स्फर कारोवार गरी सेवाग्राहीहरुले रन बनाउन सक्नेछन् र रन जम्मा गरेर दैनिक , साप्तहिक र बम्पर पुरष्कार जित्नेछन् ।

खल्तीबाट खल्तीमा ट्रान्स्फर गर्दा १ रन , खल्ती एस्क्रो प्रयोग गर्दा २ रन , खल्तीबाट बैंक खातामा ट्रान्स्फर गर्दा ४ रन , र विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ६ रन बनाउन मिल्ने, र यि रनहरु जम्मा गरी ६ रनमा दैनिक ६ एनपिएल को टिकट , ५० रनमा हरेक हप्ता सि एम एफ फोन १ र १०० रनमा बम्पर पुरष्कार स्वरुप बजाजको पल्सर एन१६० डुअल एबिएस जित्ने मौका प्राप्त गर्न सकिन्छ ।


ज्योति विकास बैंकको​​​​​​​ मोबाईल बैंकिङबाट हवाई टिकट किन्दा ५ सय ​​​​​​​क्यासब्याक पाइने

ज्योति विकास बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट हवाई टिकट खरिद गर्न प्रोत्साहन दिने उद्देश्यले आफ्नो मोबाईल बैंकिङ एप ‘ज्योति स्मार्ट’मार्फत ५०० रुपैयाँ क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार देशभरका जुनसुकै घरेलु एयरलाइन्सको हवाई टिकट एपमार्फत खरिद गर्दा ‘फ्लाई५००’ प्रोमो कोड प्रयोग गरेपछि ५०० रुपैयाँसम्म क्यासब्याक प्राप्त हुनेछ । यो सुविधा पहिलो ३०० जना ग्राहकका लागि मात्र उपलब्ध रहनेछ ।

मंसिर ३ गतेदेखि लागू गरिएको यो सीमित अवधिको अफर अन्तर्गत ज्योति स्मार्ट एप प्रयोग गरी गरिएको पहिलो हवाई टिकट खरिदमा मात्र क्यासब्याक पाउन सकिने बैंकले स्पष्ट पारेको छ ।

ज्योति विकास बैंकले डिजिटल कारोबार विस्तार तथा ग्राहकलाई किफायती, सहज र सुरक्षित सेवामा पहुँच दिलाउने उद्देश्यले निरन्तर विभिन्न आकर्षक योजना सञ्चालन गर्दै आएको छ । बैंकका अनुसार डिजिटल बैंकिङ प्लेटफर्मलाई अझ आधुनिक, सुरक्षित र प्रयोगमैत्री बनाउन पनि निरन्तर सुधार भइरहेका छन् ।

आईपीओ निष्काशन गर्दै आयु इन्टरटेन्मेन्ट, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल नियुक्त

आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १०० मा आइपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ३०,००,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

मङ्सिर ३ गते बुधवार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष कदम केसी तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे ।

सारथी ग्रुप सहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीहरुको लगानी रहेको छ । करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्क सबै उमेर समुहको लागि मनोरञ्जन लिने रमणिय पार्क हो ।

उक्त फिस्टेल ड्रिम पार्कमा वाटर पार्क, वेब पुल तथा साहसिक खेलहरु सहितको आनन्द लिन सकिने नेपालको हालसम्मकै सबैभन्दा ठुलो मनोरञ्जन पार्कको रुपमा रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।

एनआइसी एसिया बैंकले सेयर धितो कर्जामा ल्यायो नयाँ योजना

एनआइसी एसिया बैंकले सेयर धितो कर्जामा नयाँ योजना ल्याएको छ। बैंकले प्रिमियमविनै प्रतिस्पर्धी दरमा सेयर धितो कर्जा दिने योजना ल्याएको हो।

यस योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताले अधिकतम २५ करोड र संस्थागत लगानीकर्ताले अधिकतम ५० करोडसम्म कर्जा पाउने बैंकले बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ।

एनएमबि बैंकले सुरु गर्‍यो सफ्टपोस सेवा

एनएमबि बैंकले सफ्टपोस सेवा सुरु गरेको छ। डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाउँदै बैंकले कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइललाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने जनाएको छ।

यो सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरू लगायत अन्य व्यवसायीहरुले मोबाइलमै भुक्तानी स्वीकार गर्न सकिनेछन्। यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झट बिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिने बैंकले जनाएको छ।

सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवालगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले भने ‘सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन। यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो। हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ र व्यवसाय संचालन थप सजिलो र सुरक्षित हुनेछ।’

सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ।

बीमा कम्पनीका लागि बीमा प्राधिकरणको परिपत्रः इजाजतपत्र रद्ददेखि ५ करोडसम्मको जरिवाना

काठमाडौं नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुका लागि सम्पत्ति शुद्धिकरणमा अझै चनाखो हुनुपर्नेगरी निर्देशन जारी गरेको छ ।बीमा प्राधिकरणले सबै प्रकारका बीमा कम्पनीहरुका लागि पनि एकिकृत परिपत्र जारी गर्दै जोखिममा आधारिक नीतिहरुको उल्लेख्य प्रवद्र्धन गर्नुपर्ने, सम्पत्ति शुद्धिकरण तथा अवैध लेनदेन तथा कारोबारमा पूर्ण रुपमा कडाई गर्नुपर्नेलगायतका निर्देशनहरु दिएको हो ।

बीमकको यस नियममा उल्लेख गरिए अनुसार पालना नभएको खण्डमा चेतावनीदेखि इजाजतपत्र रद्द गर्नेसम्मको व्यवस्था रहेको छ।साथै बीमा कम्पनीहरुलई १० लाख देखि ५ करोड रुपैयाँ सम्मको आर्थिक जरिवानामा समेत तोकिएकोछ ।

बीमा प्राधिकरणले बीमकका लागि जारी गरेको निर्देशिका बमोजिम बीमाकताले लक्षित वित्तिय प्रतिवन्ध सम्बन्धी दायित्व हरु बुझनको लागि यो निर्देशिकाले सपष्ट पार्ने जनाएको छ ।उक्त निर्देशिकमान अनतर्गत सम्पत्ति फ्रिजिङमा तोकिएको व्यक्तिको स्वामित्वमा वा नियन्त्रणमा रहेका कुनै पनि कोष वा अन्य सम्पत्तिहरू जारी गर्न, स्थानान्तरण गर्न, रूपान्तरण गर्न, दावी तय गर्न, बीमा सेवा वा सार्न निषेध हो। यसमा समावेश यी निम्न बिषयहरु समावेश भएका हुन्छन्,

(क) कोष र अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोतहरू फ्रिजिङ गर्ने, र तिनीहरूको प्रयोग, परिवर्तन, आवागमन, स्थानान्तरण वा पहुँच रोक्ने समावेश छ।

(ख) आर्थिक स्रोतहरू फ्रिजिङमा कुनै पनि तरिकाले कोष, सामान वा सेवाहरू प्राप्त गर्न तिनीहरूको प्रयोग रोक्ने समावेश छ, जसमा तिनीहरूलाई बेच्ने, भाडामा लिने वा धितो राखेर समावेश छ, तर सीमित छैन।

बीमा नीति, कोष र सेवाहरू प्रदान गर्न निषेधः यसको अर्थ कुनै पनि तोकिएको व्यक्तिलाई कोष प्रदान गर्न, वा वित्तीय सेवाहरू वा अन्य सेवाहरू प्रदान गर्न निषेध हो। उदाहरणको रूपमाः

बीमकहरूका लागिः फ्रिजिङ उपायमा बीमा सेवाहरूको पहुँच निलम्बन गर्ने, लेनदेनहरू रोक्ने, स्वामित्व/मनोनीत व्यक्तिको हस्तान्तरणको सहजीकरण रोक्ने र निर्दिष्ट व्यक्तिलाई कुनै पनि प्रकारको बीमा सेवाहरू प्रदान गर्न र प्रस्ताव गर्न निषेध गर्ने समावेश हुन सक्छ।

यस निर्देशिका अन्तर्गत बीमाकर्ताहरूले निम्न डाटाबेसहरूमा निरन्तर र दैनिक जाँचहरू (म्यानुअल रूपमा वा प्राथमिकतामा स्वचालित संयन्त्र मार्फत) गर्नेछन् ताकिनिषेध सूचीमा रहेका नामहरूसँग सम्भावित मेलहरू पहिचान गर्न सकियोस् भन्ने कारण,

(क) कुनै पनि लेनदेन गर्नु अघि वा व्यवसायमा प्रवेश गर्नु अघि ग्राहकहरू, कुनै पनि व्यक्तिसँग सम्बन्ध
(ख) अवस्थित ग्राहक÷बीमित डाटाबेस
(ग) कुनै पनि लेनदेनमा पक्षहरूको नाम
(घ) सम्भावित ग्राहकहरू
(ङ) लाभदायक मालिकहरू
(च) उनीहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध भएका व्यक्ति वा संस्थाहरूको नाम
(छ) ग्राहकहरूको तर्फबाट काम गर्ने निर्देशक/प्रमोटर/यरधारक वा एजेन्टहरू
(पावर अफ अटर्नी भएका व्यक्तिहरू सहित)
(ज) एजेन्टहरू/सर्वेक्षक÷दलालहरू/र अन्य सेवा प्रदायकहरू बुझन समेत निर्देशित गरिएको छ ।

राष्ट्र बैंकको खुद संचालन आम्दानी साढे ८८ अर्ब, ४२ अर्ब रुपैयाँ सरकारलाई

नेपाल राष्ट्र बैंकको खुद संचालन आम्दानी १०.२५ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्ष ८८ अर्ब ४६ करोड ७४ लाख ८० हजार रुपैयाँ खुद संचालन आम्दानी गरेको छ।

यसमा खुद ब्याज आम्दानीको अंश ९८.६९ प्रतिशत, अन्य संचालन आम्दानीको अंश १.४१ प्रतिशत र विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ०.१० प्रतिशत ऋणात्मक रहेको छ।

खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १०.०८ प्रतिशतले वृद्धि भई ८७ अर्ब ३० करोड ९७ लाख ८ हजार रुपैयाँ पुगेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी, राष्ट्र बै्कले अन्य आम्दानी शीर्षकमा १ अर्ब २४ करोड ६८ लाख २९ हजार रुपैयाँ आर्जन गरेको छ। विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी भने ८ करोड ९० लाख ५७ हजार रुपैयाँ ऋणात्मक भएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिवेदन अनुसार गत आर्थिक वर्ष विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ/ हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ। यस्तो खुद आय आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ थियो।

राष्ट्र बैंकको सञ्चालक समितिले खुद मुनाफामध्ये विभिन्न कोषमा छुट्टयाउनु पर्ने रकम विनियोजन गरी बाँकी ४२ अर्ब सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ।

तीन करोड लगानीमा दरबारमार्गमा खुल्यो स्टारबोस कफी

काठमाडौंको दरबारमार्गमा टक्सार ग्रुप अफ कम्पनीले स्टारबोस कफीको आउटलेट खोलेको छ।

आउटलेटको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, पूर्व मिस नेपाल नम्रता श्रेष्ठ र कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उदघाटन गरे। कम्पनीले पूर्व मिस नेपाल श्रेष्ठलाई ब्राण्ड एम्बेस्डर समेत नियुक्त गरेको छ।

कम्पनीका अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने उदेश्यले तीन करोड लगानी गरेर आउटलेट तयार पारेको दाबी गरे। उनले एग्रेसिभ रुपमा आउटलेट विस्तार गर्ने बताउँदै तीनकुने र इमाडोलमा आउटलेट निर्माण भइरहेको जानकारी दिए।

‘हामीले यो ब्राण्डलाई एग्रेसिभ रुपमा विस्तार गर्न खोजेका छौं। त्यही भएर तीनकुने र इमाडोलमा आउटलेट निर्माणलाई तीब्रता दिएका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘सम्भाब्यता हेरेर काठमाडौं उपत्यकावाहिर पनि आउटलेट विस्तार हुनेछ।’ कार्यक्रममा नबिल बैंकका सीइओ ज्ञवालीले अत्यन्तै कठिन अवस्थामा पनि ठूलो लगानीमा कफी ब्राण्ड खोल्नु सकारात्मक रहेको बताए।

शिखर इन्स्योरेन्स बन्यो नेपालको पहिलो ‘नेपाल वित्तीय प्रतिवेदन मापदण्ड १७’ लागू गर्ने बीमा कम्पनी

शिखर इन्स्योरेन्सले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड १७, बीमा सम्झौता (एनएफआरएस १७ )अनुसार आर्थिक वर्ष २०८२।०८३ को प्रथम त्रैमासिक वित्तीय विवरण तयार गरी सार्वजनिक गरेको छ। नेपाल लेखामान बोर्डबाट चालु आर्थिक वर्ष २०८२।८३ बाट लागु हुने गरि जारि गरिएको यस वित्तीय प्रतिवेदन लागु गर्ने नेपालको पहिलो कम्पनीका रुपमा शिखर इन्स्योरेन्स बनेको हो ।

कम्पनीबाट नेपाल बीमा प्राधिकरणबाट जारी गरिएको वित्तीय विवरण सम्बन्धि निर्देशिका बमोजिमको त्रैमासिक वित्तीय विवरणसंगै एनएफआरएस १७ बमोजिमको संक्षिप्त वित्तीय विवरण समेत प्रकासित गरिएको हो ।

शिखर इन्स्योरेन्सले यो उपलब्धिलाई नेपाली बीमा क्षेत्रमा ऐतिहासिक कदमको रूपमा व्याख्या गरेको छ। कम्पनीले भनेको छ, ‘यस उपलब्धी पारदर्शिता, सुशासन र विश्वव्यापी वित्तीय प्रतिवेदनमान तथा मापदण्डको परिपालनतर्फ अघि बढिरहेको सम्पूर्ण नेपाली बीमा क्षेत्रका लागि एक ऐतिहासिक कदमका रुपमा रहेको छ।’

कम्पनीले यस उपलब्धीले प्रचलित व्यवस्थाहरुको अनुपालन प्रति शिखर इन्स्योरेन्सको प्रतिवद्धता र निरन्तर सुधारप्रतिको समर्पणलई प्रतिविम्वित गरेको छ । यसले विश्वव्यापी उत्कृष्ट अभ्यासहरु आत्मसात गर्न तथा बीमा क्षेत्रलाई आधुनिकिरण, विश्वसनीयता र पेशागत उत्कृष्टताको नयाँ युगतर्फ नेपाली बीमा कम्पनीहरुको तत्परतालाई समेत पुष्टि गर्ने कम्पनीको दाबी छ ।

८० प्रतिशत कर्जा दिँदा पनि सवारी साधन किन्नेहरु आएनन् !

जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा क्षति भएका सवारी तथा ढुवानीका साधन पुन आबश्यक परेर खरीद गर्नका लागि कर्जाको मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्नेगरी केन्द्रीय बैंकले केहीसमय अघि परिपत्र जारी गरेको थियो । हाल गाडि खरीद कर्जामा अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था छ । तथापि उक्त परिपत्रलाई आधार मानेर क्षति भएका सवारी साधन पुन खरीद गर्ने मागहरु खासै भएका छैनन् । क्षति भएका गाडिको संख्या तुलनामा २० प्रतिशत मात्रै माग गरिएको छ ।

मोटर गाडिको एकिन क्षेति विवरण कुनै संस्थाले उल्लेख गरेको छैन । तथापि बीमा दावी हेर्ने हो भने बिमातर्फ एक हजार सात सय ७८ वटा मोटर गाडिको बीमा दावी पेश गरिएको जनाइएको छ । तथापी ती गाडि खरीदका लागि कर्जा अनुपात धेरै भएपनि माग भने सो अनुरुप हुन सकेको छैन । गत भदौ २३ र २४ को घटनाक्रममा व्यावसायिक रुपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन खरीदमा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने उल्लेख गरिए पनि सवारी साधन खरीद भएका छैनन् । जुन समयमा अधिकाँस आगजनिका ठाउँमा गाडिहरु तार्गेट बनेका थिए ।