ज्योति विकास बैंकले देशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरूको महत्त्वलाई दृष्टिगत गर्दै, सुदुरपश्चिम प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्य चौकीहरुमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि आवश्यक हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको छ। सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ। यो प्रयास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित एउटा महत्त्वपूर्ण पहल हो।
ज्योति विकास बैंकको पहलमा बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नं. ०२ स्थित मष्टा स्वास्थ्य चौकी र खप्तडछान्ना गाउँपालिका वडा नं. ०५ स्थित कालुखेती स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको हो। साथै, बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ०३ स्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र र अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नं. ०६ स्थित भाटाकाटियाँ स्वास्थ्य चौकीमा बेबी वार्मर जडान गरिएको हो। उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य चौकीका पदाधिकारीहरू तथा सम्बन्धित क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै, सोही अवसरमा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई विज्ञ मार्फत बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गरिएको थियो।
स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले बैंकले विभिन्न चरणहरु मार्फत देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरहरुमा यस अघि प्रदान गरेका ६२ वटा बेबी वार्मर उपकरणहरु मार्फत हरेक वर्ष करिब २२९४ भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई वहाँहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। साथै हालसम्मको योगदानले करिब ११४७० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन्। यस्ता जीवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक पहलकदमीलाई निरन्तरता प्रदान गरेको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । संस्थागत सुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिबद्ध रहेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा रु. ४१ करोड करमा योगदान पुर्याएको छ।
एनआईसी एशिया बैंकको सूचना अधिकारीमा रावल
एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल नियुक्त भएका छन्। बैंकले आजैदेखि लागू हुनेगरी उनलाई प्रमुख सूचना अधिकारीमा नियुक्त गरेकाे हाे।
उनलाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१-५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सक्नेछन्।
यस्तै, बैंककाे प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत/कम्पनी सचिव कमल खड्कालाई नियुक्त गरिएकाे छ। यस बैंकको बैंकिंङ सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी खड्काको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१-५९७०१०१ मा सम्पर्क गर्न वा [email protected] इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएकाे छ।
मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णय सार्वजनिक
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका २५ वटा निर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् ,निर्णयहरु
१.मङ्सिर २९ देखि पुस ४ गतेसम्म कतारको राजधानी दोहामा आयोजना हुने United Nations Convention Against Corruption -UNCAC_ को ११ !! Session of the Conference of the State Parties – मा सहभागी हुन सचिव श्री गोविन्दबहादुर कार्कीलाई स्वीकृति प्रदान गर्ने।
२.संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
३.प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने करिव २.१ मिलियन अमेरिकी डलर थप अनुदान सहायता स्वीकार गर्ने।
४.नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी पेस गर्न प्रकाशजङ्ग थापा, काठमाडौंको संयोजकत्वमा नेपाल स्टक एक्सचेञ्ज सुझाव लिमिटेडको पुनर्सरचना सम्बन्धी सुझाव समिति, २०८२ गठन गर्ने।
५..विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फवाट विद्य बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने।
६.२०८२ मङ्सिर ६ गते साउदी अरेवियाको रियादमा आयोजना हुने Eleventh Ministerial Conference of the Least Developed Countries -LDCMC! मा सहभागी हुन सचिव (उद्योग) श्री कृष्ण बहादुर राउतलाई स्वीकृति प्रदान गर्ने।
७.जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिदान्त स्वीकृत गर्ने ।
८.२०८२ मङ्सिर ८ मा भारतको नयाँदिल्ली स्थित राष्ट्रपति भवनमा नवनियुक्त प्रधानन्यायाधीशको शपथ ग्रहण कार्यक्रम र २०८२ मङ्सिर १० मा भारतको नयाँदिल्ली स्थित सर्वोच्च अदालतमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अनिल कुमार सिन्हालाई स्वीकृति प्रदान गर्ने।
९..नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।
१०.नेपालमा भिसा नियमित नगरी बसोबास गर्दै आएका ४ जना मलेसियन नागरिकहरूले प्रचलित कानूनअनुसार नेपालबाट प्रस्थान हुने मितिसम्म बुझाउनुपर्ने विलम्ब शुल्क र जरिवाना वापतको सबै दस्तुर मिनाहा गरी नेपालबाट प्रस्थान गराउने।
११.जापानका लागि नेपालका पूर्वराजदूत डा. मदन कुमार भट्टराईलाई जापान सरकारले प्रदान गर्ने Order of Japan -The Order of the Rising Sun, Gold and Silver Star_ तथा काठमाडौंस्थित जापानी दूताबासको पूर्वकर्मचारी श्रीमती रमा सुन्दरी जोशीलाई जापान सरकारले प्रदान गर्ने । Onder of Japan -The Order of the Sacred Treasure, Gold and Silver Ray_विभूषण ग्रहण गर्न स्वीकृति प्रदान गर्ने।
१२.शसस्त्र प्रहरी (चौैथो संशोधन)नियमावली,२०८२ स्वीकृत गर्ने ।
१३.२०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा घाइते भएका २४२९ जनालाई जनही रू.१५,०००÷– तत्काल राहत रकम उपलब्ध गराउने।
१४.माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकको लागि पदयात्रा अनुमति बस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुनेगरी अध्यागमन नियमावली, २०५१ को बनुसूची १२ मा हेरफेर गर्ने।
१५..सशस्त्र प्रहरी बल, नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने।
१६.२०२५ डिसेम्बर २ देखि ४ सम्म दोहामा आयोजना हुने Forging Ambitious Global Partnership for Sustainable and Resilient Graduation of Least Developed Countries विषयक उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव श्री अमृतबहादुर राईलाई स्वीकृति दिने।
१७.दार्चुला जिल्ला साविक धाप गा.वि.स. वडा नं. ४ को सार्वजनिक पर्ति जग्गामध्ये १५–१३–३–२ रोपनी जग्गा दार्चुला भन्सार कार्यालयलाई प्रयोग गर्न स्वीकृति दिने।
१८.ईन्धन प्रणालीमा बातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा तीन वर्षसम्मको लागि ईन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने।
१९.२०८२ मङ्सिर १५ देखि १७ गतेसम्म दक्षिण कोरियाको सोलमा आयोजना हुने Building Care Movement–Technical Assistance Facility Transforming Care Systems in the Context of Demographic Shifts कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव श्री लक्ष्मी कुमारी बस्नेतलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
२०.नेपाली सेनाका दुई जा महासेनानीहरुलाई सहायक रथी दर्जामा बढुवा गर्ने ।
२१ Land Forces Talks -LFT_ को चैटौ बैठक २०८२ मङ्सिर ३ देखि ५ गतेसम्म काठमाडौँमा आयोजना गर्न स्वीकृति दिने।
२२.वन तथा वातावरण मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण (अबकय गर्न पूर्वस्वीकृति प्रदान गर्ने।
२३.हाल भईरहेको छनोट प्रक्रियावाट नेपाल वायुसेवा निगमको महत्प्रबन्धक नियुक्ति नभएसम्मका लागि सञ्चालक समिति सदस्य श्री अमृतमान श्रेष्ठलाई महाप्रबन्धकको काम, कर्तव्यसमेत गर्ने गरी कार्यकारी संचालकको रूपमा नियुक्त गर्ने।
२४.मर्चवारी गाउँपालिका रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका र केन्द्र बडा न. ३ रायपुरवाट परिवर्तन गरी बंडा नं. ४ खैरा कायम गर्ने।
२५.शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. पना कुमारी चेष्ठ, नवलपरासीलाई तोक्ने।
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वर खनालले अहिले चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ आफूले ध्यान केन्द्रित नगरेको बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघ (सिएनआई) ले आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार, सार्वजनिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार निर्वाचन गराउन गठन भएको कारण करका दरहरू हेरफेर गर्दा विरोधहरू आउने भएकाले त्यसतर्फ आफ्नो ध्यान नगएको बताएका हुन् ।
उनले भने,‘सकेसम्म संयमित भएर काम गर्नुपर्ने आलोचनाबाट बच्नुपनि पर्ने कानुन संवत पनि हुनुपर्ने सन्दर्भमा अहिले करको दर चलाउँदा सरकारको ध्यान निर्वाचनतिर छ । सत्ता हस्तान्तरण गर्नुपर्ने छ । त्यसैले त्यसैमा विरोध आउन थाल्यो भने, राम्रो नहोला भनेर करका दरहरू हेरफेरतर्फ मैले त्यति ध्यान पुर्याउन सकेको छैन् ।’
त्यस्तै उनले फुल अडिटले उल्टै व्यवसायीहरुको लागत बढाउने र अनावश्यक लेनदेन र कर प्रशासनमा दुराचारलाई बढवा दिने भएकाले रिभ्युमा राखेर सेलेक्टीभ र रिस्क बेस मात्र गर्ने जानकारी दिए । दीर्घकानलिन रुपमा पनि फुल अडिट रिस्क बेसमा मात्रै नै गर्ने सोचकासाथ आईटी क्षेत्रमा सुधार गरिरहेको उनको भनाई छ ।
उनले भने,‘कर अडिटको कुरामा फुल अडिटले उल्टै व्यवसायीहरुको लागत बढाउँछ । र अनावश्यक लेनदेन र कर प्रशासनमा एउटा दुराचारलाई बढवा दिन्छ भनेर अहिले त्यसलाई रिभ्युमा राखेर सेलेक्टीभ र रिस्क बेस मात्र गर्ने हो । दीर्घकालिन रुपमा पनि फुल अडिट रिस्क बेसमा मात्रै नै गर्ने हो भनेर आईटी क्षेत्रमा सुधार गर्दै छौं । अन्तराष्ट्रिय अभ्यासको अध्ययनन गरेर अब क्रमिक रुपमा फेसलेस अनलाइन प्रणालीको आधारमा अनलाइन नै अडिट गर्ने व्यवस्था गर्दा हुनसक्ने लेनदेन कम हुन्छ भनेर लागिरहेको छौं ।’
मन्त्री खनालले कच्चापदार्थमा लाग्दै आएको भन्सार शुल्क पनि घटाउन जरुरी रहेको बताए। यद्यपि, सरकारले निर्वाचनबाहेकका अध्यादेश सकभर नल्याउने भन्ने नीति लिएको र व्यवसायीहरूले यो म्यान्डेट बुझिदिन आग्रह गरे ।
राजस्वको प्रणाली सुधारमा सरकार लागिपरेको बताउँदै अर्थमन्त्री खनालले यसका लागि प्रविधिको प्रयोग बढाइएको र थप सुधारका कार्यक्रमहरू तयारीमा रहेको जानकारी दिए । कर प्रशासनमा आमूल परिवर्तन गर्नका लागि आफू निरन्तर लागिपरेको उनले सुनाए ।
अब आलु खेतीको पनि बीमा
अब आलु खेती पनि इन्स्योरेन्सको दायरामा आएको छ। नेपाल बीमा प्राधिकरणले तरकारी खेती बीमालेखको अनुसूचीमा आलु खेतीलाई पनि थपेको छ।
प्राधिकरणले तरकारी खेती बीमालेखमा आलु खेती छुट्न गएको भन्दै थपेको हो। प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई बीमा लेख अनुसार आलु खेतीको बिमाङक निर्धारण गर्न भनेको छ।
‘प्राधिकरणबाट जारी भएको तरकारी खेती बीमालेख (उत्पादनमा आधारित) को अनुसूची १ मा तरकारी बाली सम्बन्धी व्यवस्था छ। उल्लेखित बीमालेखको अनुसूची १ मा आलु खेती बीमालेखको विवरण छुट हुन गएकोले अनुसूचीमा तपसिलमा उल्लेख भए बमोजिम क्र.सं. १० देखि १०.६ बमोजिमको आलुको विवरण समावेश गरिएको हुँदा सोही बमोजिम आलु खेती बीमालेखको बीमाङक निर्धारण गर्न, गराउन हुन निर्णयानुसार जानकारी गराइन्छ,’ प्राधिकरणले भनेको छ।

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा बिस्तार
नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ । हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र डिजिटल रुपमा अगाडि बढाउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गर्न लागिएको बैंकले जनाएको छ । व्यस्त पेशाकर्मी, व्यवसायी तथा समयको अभाव हुने ग्राहकलाई सहज रुपमा छिटो सेवा दिने उद्देश्यले सेवा विस्तार गर्न लागिएको बैंकको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उक्त सेवा विस्तारसँगै ग्राहक र बैंकबीचको सम्बन्ध अझ सुमधुर हुनेमा विश्वास व्यक्त गरे । ‘नबिल बैंक ग्राहकलाई सहज रुपमा नविनतम सेवा प्रदान गर्न प्रतिबद्ध छ, अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तारले ग्राहकलाई आफ्नो अनुकुल समयमा सहज सेवा लिन सहयोग पुग्नेछ,’ उनले भने ।
बैंकका अनुसार हाल यो सेवा कौशलटार, बौद्ध, नयाँ बानेश्वर, मैतिदेवी, काँडाघारी, बिजुली बजार, तीनधारा, ललितपुर, घण्टाघर, कुमारीपाटी, महाराजगञ्ज, न्यूरोड र त्रिपुरेश्वरस्थित बैंकका शाखा कार्यालयमा उपलब्ध हुनेछ ।
यस सेवामार्फत ग्राहकले नगद तथा चेकको कारोबार लाईनमा नबसि छिटो र छरितो रुपमा गर्न पाउनेछन् । डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै बैंकिङे अभ्यासलाई छिटो र छरितो बनाउन अपोइन्टमेन्ट बैंकिङ सेवाले सहयोग गर्ने बैंकको भनाइ छ। ग्राहकले नबिल बैंकको वेबसाइट वा एनबैंक एपमार्फत सहजै अपोन्टमेन्ट लिन सक्नेछन् ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
शिखर इन्स्योरेन्सद्वारा २१ औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरी बढ्दो रगतको माग रहेको परीपेक्षमा कम्पनीले सातवटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरुको अगुवाईमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशी प्रदेशबाट ५३ युनिट, मधेश प्रदेशबाट १६७ युनिट, बागमती प्रदेशबाट ६३९ युनिट, गण्डकी प्रदेशबाट ७९ युनिट, लुम्बिनी प्रदेशबाट ४३५ युनिट, कर्णाली प्रदेशबाट ४४ युनिट र सुदुरपश्चिम प्रदेशबाट २२ युनिट गरी कुल १४३९ युनिट रगत जम्मा भएको छ ।
यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मार्गदर्शन, व्यवस्थापन तथा योगदान प्रदान गर्ने कम्पनीको सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापक समिति, आयोजक कार्यालयहरु, नेपाल रेडक्रस परिवार, रक्तदाता तथा सम्पूर्ण सहयोगीप्रति कम्पनीले आभार प्रकट गरेको छ ।
आईजीआई प्रुडेन्सियल र अल्का अस्पतालबीच सेवा आदान-प्रदान गर्ने सम्झौता
नारायणचौर, नक्शालमा प्रधान कार्यालय रहेको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र जावलाखेल, ललितपुरमा रहेको अल्का अस्पताल प्रालिबिच सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र अल्का अस्पताल प्रालिका वित्त अधिकृत मुकुन्द भुसालले हस्ताक्षर गरे।
यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म अल्का अस्पताल प्रालिबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।
साथै सोही अवसरमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले अल्का अस्पताल प्रालिले आफना ग्राहकहरुलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे।
सोही अवसरमा वित्त अधिकृत मुकुन्द भुसालले अस्पतालसँग सन्तुष्ट ग्राहकहरुको संख्यामा वृद्धि हुँदै गएको, कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट लिने बीमा सेवाहरु छिटो छरितो प्राप्त हुने र क्रमशः सेवाको लागि कम्पनीसँग हातेमालो गर्दै जाने जानकारी गराए ।
मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण
समकालीन समयको चुनौती र सार्वजनिक सुरक्षामा देखिएको बढ्दो जिम्मेवारीलाई मध्यनजर गर्दै, मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल प्रहरीवृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
एक कार्यक्रम बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बर्जाचार्यले नेपाल प्रहरी वृत महराजगञ्जका कार्यालय प्रमुख निरंजन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेका हुन्।
यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ती सुरक्षाको प्रत्याभुति दिलाउन, संवेदनशील स्थानहरुको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा शुसासन कायम राख्ने कार्यमा विशेष योगदान पुराउने अपेक्षा लिएको छ ।
सुरक्षित समाज निर्माण हाम्रो साझा दायित्व हो । बैंकले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै नेपाल प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने संस्थान भएकाले , यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन साहयोग पुग्ने बैंकले विश्वास लिएकोे छ।
मेटलाइफ २०२५ मा फर्च्युन वल्र्डको उत्कृष्ट २५ कार्यस्थलको रूपमा सम्मानित
लगातार दोस्रो वर्ष, मेटलाइफ, इंकले फच्र्यून वल्र्डको २५ उत्कृष्ट कार्यस्थलहरूमा प्रतिष्ठित स्थान हासिल गरेको छ। यस वर्षको प्रतिष्ठित सूचीमा १० नम्बरमा रहेको छ । विश्वभरका २५ कम्पनीहरूलाई मात्र प्रदान गरिएको यो मान्यताले कम्पनीको आफ्ना मानिसहरू, ग्राहकहरू र यसले सेवा गर्ने समुदायहरूप्रतिको अटल प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
“फच्र्यून वल्र्डको २५ उत्कृष्ट कार्यस्थल सूचीमा मेटलाइफको निरन्तर मान्यता हाम्रा कर्मचारीहरूको जोश र समर्पणको प्रमाण हो, जसले हरेक दिन हाम्रो उद्देश्य पूरा गर्छन्,” मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफले भने । “हामीले हाम्रो नयाँ सीमान्त वृद्धि रणनीतिलाई अगाडि बढाउँदै जाँदा, यो मान्यताले प्रत्येक कर्मचारीले फस्टाउन सक्ने र हाम्रा सबै सरोकारवालाहरूको भविष्यलाई आकार दिन मद्दत गर्ने बलियो कार्यस्थल संस्कृतिलाई बढावा दिने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।”
फच्र्यूनको अनुसन्धान साझेदार ग्रेट प्लेस टु वर्कद्वारा संकलित, २०२५ विश्वका २५ उत्कृष्ट कार्यस्थलहरू ग्रेट प्लेस टु वर्क प्रमाणित संस्थाहरूमा २ करोड ५० लाख कर्मचारीहरूको अनुभव प्रतिनिधित्व गर्ने नौ मिलियन सर्वेक्षण प्रतिक्रियाहरूमा आधारित छ । कम्पनीहरूलाई उत्कृष्ट कार्यस्थलहरू सिर्जना गर्न र विश्वभरका धेरै देशहरूमा मानिसहरू र समुदायहरूलाई सकारात्मक प्रभाव पार्ने उनीहरूको प्रयासको आधारमा मूल्याङ्कन गरिन्छ ।
फच्र्यून वल्र्डको २५ उत्कृष्ट कार्यस्थल सूचीमा मेटलाइफको मान्यता अमेरिकामा काम गर्नका लागि फच्र्यून १०० उत्कृष्ट कम्पनीहरूका सूचीमा लगातार तेस्रो वर्ष र एशिया, युरोप, ल्याटिन अमेरिका र मध्य पूर्वमा उत्कृष्ट कार्यस्थलको रूपमा क्षेत्रीय मान्यता पछि आएको छ । २०२५ मा, मेटलाइफलाई ३३ मार्केटमा काम गर्नको लागि उत्कृष्ट स्थानको रूपमा प्रमाणित गरिएको थियो र ब्राजिल, चिली, चीन, साइप्रस, भारत, इटाली, मेक्सिको, पोल्याण्ड, पोर्चुगल, दक्षिण कोरिया, स्पेन, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य र उरुग्वेमा उत्कृष्ट कार्यस्थल सम्मान प्राप्त गरेको थियो ।
“मेटलाइफमा हामीले हासिल गरेका सबै कुराको पछाडि हाम्रा मानिसहरू नै प्रेरक शक्ति हुन्,” मेटलाइफका प्रमुख मानव संसाधन अधिकृत शुराउल सिब्लिसले भने । “यो मान्यता हाम्रो कम्पनी भित्र र हामीले सेवा गर्ने समुदायहरूमा भिन्नता ल्याउने उनीहरूको प्रतिबद्धताको प्रत्यक्ष परिणाम हो । हाम्रो साझा उद्देश्यबाट प्रेरित भएर, हामी एउटा कार्यस्थल सिर्जना गर्दैछौं जहाँ सबैलाई सम्मान, मान्यता र उनीहरूको पूर्ण क्षमतामा पुग्न सशक्त बनाइन्छ ।”
फच्र्यून वल्र्डको २५ उत्कृष्ट कार्यस्थलमा समावेश गर्न, कम्पनीहरूसँग ५,००० वा सोभन्दा बढी विश्वव्यापी कर्मचारीहरू हुनुपर्छ र २०२४ वा २०२५ को सुरुमा एशिया, युरोप, ल्याटिन अमेरिका, अफ्रिका, उत्तरी अमेरिका, वा अष्ट्रेलियामा कम्तिमा पाँच उत्कृष्ट कार्यस्थल सूचीमा मान्यता प्राप्त उत्कृष्ट विश्वव्यापी रोजगारदाताको रूपमा पहिचान गरिएको हुनुपर्छ । कम्पनीहरूलाई उनीहरूको राष्ट्रिय बजार र विश्वभरका अन्य कम्पनीहरूलाई उछिन्ने क्षमताको आधारमा उच्च स्थानमा राखिएको छ ।
हाम्रो पछिल्लो सस्टेनेबिलिटी रिपोर्ट हेरेर वा लिंकडिनमा हामीलाई फलो गरेर मेटलाइफलाई विश्वको उत्कृष्ट कार्यस्थल किन बनाउँछ भनेर पत्ता लगाउनुहोस् ।
२०२५ फच्र्यून वल्र्डको २५ उत्कृष्ट कार्यस्थल बारे थप विवरणहरू फच्र्यून वेबसाइटमा यहाँ उपलब्ध छन् । ग्रेट प्लेस टु वर्कको कार्यप्रणालीको बारेमा थप विवरणहरू यहाँ उपलब्ध छन् ।
आईएमई सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा सम्मानित
रेमिट्यान्स तथा मनी ट्रान्स्फर कारोबार गर्ने कम्पनीमध्ये आईएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर खनालले आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गरे ।
सम्मान ग्रहणपछि सीईओ पौडेलले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आईएमईका लागि गौरवको विषय रहेको बताए ।
साथै, विभिन्न देशमा १ सयभन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेको आईएमईले रेमिट्यान्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता समेत पौडेलले व्यक्त गरे ।
कर दिवस समारोहमा आईएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले करदाता सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए ।
सन् २००१ मा स्थापना भएको आईएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
यस योगदानका आधारमा आईएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिरहेको छ। यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा आईएमई सम्मानित हुँदै आएको छ।
ग्लोबल आइएमई बैंकको एनपीएल लक्षित अफरः स्यामसङ टिभी किन्दा शून्य प्रतिशत इएमआई सुविधा
ग्लोबल आइएमई बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) लक्षित नयाँ अफर सार्वजनिक गरेको छ।
बैंकका अनुसार स्यामसङ प्लाजाबाट कुनै पनि स्यामसङ टिभी खरिद गर्ने ग्राहकले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फत शून्य प्रतिशत किस्ता (इएमआई) सुविधाको लाभ लिन सक्नेछन्।
एनपीएलको प्रसारण घरमै बसेर उच्च गुणस्तरमा हेर्न चाहने दर्शकलाई लक्षित गरी ल्याइिएको यो अफरबाट ग्राहकले आर्थिक दबाब बिना सुविधाजनक रुपमा टेलिभिजन खरिद गर्न सक्ने बैंकले जनाएको छ।
बैंककाे यस योजनाले खेलकुदप्रेमी ग्राहकलाई थप सहज र आकर्षक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।












