जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

पूर्वसांसद देवीप्रसाद भट्टचन रिहा

पूर्वसांसद देवीप्रसाद भट्टचन रिहा भएका छन्। प्रहरीले म्याद थप गर्नका लागि उपस्थित गराएकामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अहिले हिरासतमा राख्नु नपर्ने भन्दै म्याद थप गर्न नमानेपछि भट्टचन रिहा भएका हुन्।

भट्टचन नेकपा (एमाले) का निवर्तमान सांसद हुन्। ‘अहिले हिरासतमा राख्नु परेन। तारिखमा राख्नु भनेर छोडेका हौं,’जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्माले भने।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले कात्तिक ११ गते ललितपुरको गोदावारीबाट उनलाई नियन्त्रणमा लिएको थियो।

आइएमई लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न

आइएमई लिमिटेडले मंगलबार काठमाडौंमा २५औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका संस्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न सभाले अध्यक्ष ढकालद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ ।

सभामा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा क्षेत्रमा अग्रणी कम्पनीको रूपमा आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डका रूपमा स्थापित भएकोमा सम्बद्ध सबैमा धन्यवाद व्यक्त गरे । उनले कम्पनीले २५ वर्षको यात्रामा व्यावसायिक दायरा विस्तार गर्दै नयाँ प्रविधि र रणनीतिका साथ आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

ढकालका अनुसार आइएमईले प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवाको विस्तार र विविधीकरणमार्फत कम्पनीलाई ‘पूर्ण वित्तीय समाधान प्रदायक संस्था’को रूपमा विकास गर्ने नीति लिएको छ ।

त्यस्तै, आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमई लिमिटेडले २५ वर्षमा परिपक्वता हासिल गर्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा उल्लेखनीय योगदान दिएको बताए । उनले आइएमई आज देशकै सर्वाधिक विश्वसनीय ब्रान्डका रूपमा स्थापित हुनु गौरवको विषय भएको टिप्पणी गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिट्यान्स सेवा अझ सरल, सहज र सुरक्षित बनाउने योजना रहेको जानकारी दिए । साथै, उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई अझ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

दराजको ११.११ अभियानमा सामान खरिद गर्दा महालक्ष्मी विकास बैंकका ग्राहकलाई २००० रुपैयाँ सम्म छुट

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरि सहकार्य भएको छ।

११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ सुविधाहरुलाई अझ विस्तार गर्दै जाने नीति अनुरुप दराज नेपाल सँग सहकार्य भएको हो। सहकार्य अन्तर्गत २०८२ कार्तिक २५ गते देखी २०८२ मंसिर ५ गते सम्मको लागि लागू हुने गरि महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरुले दराज नेपालमार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँ सम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार सम्म छुट प्राप्त गर्न सक्नेछन्।

छुटको लागि ग्राहकहरुले दराजबाट भौचर संकलन गर्नु पर्नेछ। योजना अवधीभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ। यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

हालै मात्रबैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरि खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ। यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमाभुक्तानगर्न मिल्ने गरि रुपान्तरण गर्न समेत सक्नेछन्।

सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पवनकुमार आचार्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको सञ्चालक समिति बैडकले आचार्यलाई माघ १२ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

आचार्य हाल सानिमा बैंककै डेपुटी सीईओ हुन् । हालका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ देखि सकिँदैछ ।

ग्लोबल आईएमई बैंकले ल्यायो ‘गोल बेस्ड सेभिङ’, बचतको नयाँ तरिका

ग्लोबल आईएमई बैंकले ‘गोल बेस्ड सेभिङ’ योजना ल्याएको छ । लक्ष्य निर्धारण गरी सोअनुसारको रकम बचत गर्न सक्नेगरी बैंकले यो योजना ल्याएको हो । यस योजनामा ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले बचत सुरूवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

‘ग्राहकले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन्’ बैंकले भनेको छ ‘यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम ६ महिनादेखि अधिकतम २ वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।’

ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक बचत गर्नुपर्ने रकम, पाउने ब्याजदर र उक्त लक्ष्य कति समयमा पूरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।यस योजनामा मोबाइल बैंकिङ प्रयोगकर्ताले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक राख्ने विकल्प ग्राहकले छनोट गर्न सक्नेछन् । साथै ग्राहकले आफूले इच्छाइएको रकम समेत ‘गोल बेस्ड सेभिङ’ मा टप अप गर्न सक्नेछन् ।

उक्त योजनामा राउन्डअप सेभिङको सुविधा पनि छ । राउन्डअप सेभिङ अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् । यस राउन्डअप सेभिङमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्प छन् । यो सुविधा ग्राहकले आफ्नो आवश्यकता अनुरुप सक्रिय तथा निष्क्रिय गर्न सक्नेछन् ।

साथै विकल्पहरू पनि आवश्यकता अनुरुप परिवर्तन गर्न सक्नेछन् । नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनोट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणको लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।

फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा उक्त निर्धारित लक्ष्य योजनामा निश्चित रकम बचत गर्ने भन्ने हुन्छ । जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनोट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।

प्रतिशत विकल्प छनौट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तै १० प्रतिशत छनोट गरिएको छ भने २०० रुपैयाँको क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ ।

उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम् ब्याजदर प्रदान गर्नेछ । यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत् सिधै बचत गर्न सक्नेछन् ।

साथै उक्त योजनामा आवद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्नसमेत सक्नेछन् । साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाइल बैंकिङबाट सञ्चालन गर्न सकिनेछ । आफ्नो ‘गोल बेस्ड सेभिङ’ को सम्पूर्ण कारोबारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लस मार्फत् हेर्न सक्ने सुविधा छ ।

दराज ११.११ योजनामा सानिमा बैंकका ग्राहकलाई छुट

सानिमा बैंक र दराजबीच सहकार्य भएको छ । बैंकले दराजसँग दराज ११.११ योजनाका लागि ग्राहकलाई छुट प्रदान गर्ने भएको हो । योजना अवधिभर दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्ने ग्राहकले छुट पाउनेछन् । ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

छुटका लागि ग्राहकहरूले दराजमार्फत बैंक भाउचर संकलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ ।

यो योजना २०८२ कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म लागू हुने जनाएको छ । बैंकले यसअघि पनि विभिन्न छुट तथा अफरमार्फत डिजिटल भुक्तानीको प्रयोग बढाउन र ग्राहकलाई नगदरहित कारोबारतर्फ प्रोत्साहित गर्दै आएको छ ।

सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूले अब काठमाडौंको गोकर्णेश्वरमा अवस्थित माउन्ट अफ एक्सेल प्रालिमा विभिन्न सेवाहरू लिँदा छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलबीच सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले माउन्ट अफ एक्सेलमा सेवा उपयोग गर्दा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस सहकार्यले आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै नगद रहित कारोबार (डिजिटल ट्रान्जेक्सन) मा जोड दिँदै डिजिटल बैंकिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ ।

यस सम्झौता तथा सेवा सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४ घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

सिटिजन्स बैंकका ग्राहकहरूलाई एकता बुक्समा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित एकता बुक्सबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले एकता बुक्सको थापाथली, मानभवन, पोखरा र इटहरी आउटलेटमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ, फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ४८ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

अर्थमन्त्रालयमा बसेको सेबोनको बैठकले गठन गर्यो समिति

नेपाल धितोपत्र बोर्डको अर्थमन्त्रालयमा बैठक बसेर विवादका कुरा सुल्झाएको छ । सेबोन संचालक समितिको उक्त पूर्ण बैठकले विवाद समस्या समाधान भएको जनाएको छ । बैठकले कर्मचारीको सेवा–सुविधा खारेजीसम्बन्धी अर्थमन्त्रालयले गरेको निर्णय र त्यसको प्रभावबारे एक अध्ययन समिति गठन गरेको छ ।

जसमा धितोपत्र बोर्ड (सेबोन) का संचालक समिति सदस्य समेत रहेका कानुन मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराईको संयोजकत्वमा बनेको समितिमा सेबोनकै सञ्चालक आनन्द वाग्ले र कार्यकारी निर्देशक विनयदेव अधिकारी सदस्य छन्। समितिलाई तीन दिनभित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छभने समितिले सिफारीस गरेका सुझावका आधारमा बोर्डले विवादको समाधानका लागि निर्णय गरी अर्थ मन्त्रालयमा पठाउने भएको छ । सेबोन संचालक समितिको यस बैठकसँगै लगातार ४७ दिनदेखि आन्दोलनरत बोर्डका कर्मचारीहरू नियमित काममा फर्किने सहमति भएको छ ।

प्रहरीकाे ३३ औँ आईजीपीमा दानबहादुर कार्की नियुक्त

प्रहरीको ३३ औँ महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको हो । वर्तमान आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पुरा गरेर कार्तिक २६ मा अवकाशमा जाँदै छन् । खापुङले भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका थिए ।

आईजीपी हुने प्रतिस्पर्धामा कार्कीसँगै उनका व्याचमेट एआईजीद्वय राजन अधिकारी र डा. मनोज कुमार केसी थिए । एआईजी शिद्धी बिक्रम शाह पनि आईजीपीको दाबेदार थिए ।

२०८२ वैशाखमा चन्द्र कुवेर खापुङसँगै एआईजीमा बढुवा भएका कार्की वरीयता सूचीमा पहिलो नम्बरमा थिए । कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

जेनजी प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलेपछि भोलिपल्ट उनलाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको थियो । चुनौतीपूर्ण अवस्थामा प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग छाडेर उनी भदौ २४ मा उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए ।

२०८० मा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान हुँदा कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । एआईजीको मेरिट लिस्टमा ३ नम्बरमा रहेका डा. केसीले सुरु गरेको शरणार्थी प्रकरणको अनुसन्धानलाई कार्कीले साथ दिए । मुद्दाको अनुसन्धान प्रतिवेदन तयार गर्ने र अभियोजनमा सरकारी वकिल कार्यालयसँग कार्कीको टोलीले समन्वय गरेर काम गरेको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पटाउँछौँ भनेर ठग्ने गिरोहसँग कनेक्सन देखिएपछि २०८० वैशाख २७ मा पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परे ।

चर्चित शरणार्थी प्रकरणमा संलग्न आरोपमा पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुत्र प्रतीक थापा र गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे र बिचौलिया बेचन झा पुर्पक्षको लागी थुनामा छन् ।

शरणार्थी प्रकरणमा संलग्न केशव प्रसाद दुलाल र सानु भण्डारी पनि अहिले कारागारमा छन् । सो अनुसन्धान र अभियोजनले नेपालको राजनीतिमा तरङ्ग ल्याएको थियो ।

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका किर्तिमानी पर्वतारोहीकामी रिता शेर्पाले ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुग्न सफल भएकोमा विकास बैंकले आइतबार सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले उनको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गरेको छ । किर्तिमानी पर्वतारोहीकामी रिता शेर्पा बिगत दुई दशक देखि लुम्बिनी विकास बैंकमा “निरन्तर सहयात्री” बनी आबद्घ थिए ।

उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१ औं पटक आरोहण गरेको जानकारी दिए । उनको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लि.सहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ ।

हिरासतबाट भागेका जिबी राईका जेठान ज्ञानबहादुर बम्जन : पक्राउ

जेनजी आन्दोलनमा हिरासतबाट भागेका कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीका आरोपी ज्ञानबहादुर बम्जन पुनः पक्राउ परेका छन्। उनी जेन्जी आन्दोलनका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट भागेका थिए ।

भद‍ौ दोस्रो साता पक्राउ परेका उनीमाथि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको थियो। सिन्धुली दुधौली नगरपालिका ७ घर भएका बम्जन गोर्खा मिडियाका सञ्चालक जिबी राईका जेठान हुन्।