जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूले अब काठमाडौंको गोकर्णेश्वरमा अवस्थित माउन्ट अफ एक्सेल प्रालिमा विभिन्न सेवाहरू लिँदा छुट सुविधा पाउने भएका छन् । यस सम्बन्धमा सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेलबीच सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको बैंकले जनाएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले माउन्ट अफ एक्सेलमा सेवा उपयोग गर्दा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले यस सहकार्यले आफ्ना ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नुका साथै नगद रहित कारोबार (डिजिटल ट्रान्जेक्सन) मा जोड दिँदै डिजिटल बैंकिङ संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ ।

यस सम्झौता तथा सेवा सम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४ घण्टा सञ्चालनमा रहने ‘सिद्धार्थ केयर’ ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

1620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका