जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • अर्थमन्त्रालयमा बसेको सेबोनको बैठकले गठन गर्यो समिति

अर्थमन्त्रालयमा बसेको सेबोनको बैठकले गठन गर्यो समिति

नेपाल धितोपत्र बोर्डको अर्थमन्त्रालयमा बैठक बसेर विवादका कुरा सुल्झाएको छ । सेबोन संचालक समितिको उक्त पूर्ण बैठकले विवाद समस्या समाधान भएको जनाएको छ । बैठकले कर्मचारीको सेवा–सुविधा खारेजीसम्बन्धी अर्थमन्त्रालयले गरेको निर्णय र त्यसको प्रभावबारे एक अध्ययन समिति गठन गरेको छ ।

जसमा धितोपत्र बोर्ड (सेबोन) का संचालक समिति सदस्य समेत रहेका कानुन मन्त्रालयका सहसचिव विनोद कुमार भट्टराईको संयोजकत्वमा बनेको समितिमा सेबोनकै सञ्चालक आनन्द वाग्ले र कार्यकारी निर्देशक विनयदेव अधिकारी सदस्य छन्। समितिलाई तीन दिनभित्र अध्ययन सम्पन्न गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छभने समितिले सिफारीस गरेका सुझावका आधारमा बोर्डले विवादको समाधानका लागि निर्णय गरी अर्थ मन्त्रालयमा पठाउने भएको छ । सेबोन संचालक समितिको यस बैठकसँगै लगातार ४७ दिनदेखि आन्दोलनरत बोर्डका कर्मचारीहरू नियमित काममा फर्किने सहमति भएको छ ।

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?