जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार, राजपत्रमा शहीदहरूको नाम प्रकाशित गरिने जानकारी दिए ।

राष्ट्रिय बिमा कम्पनीका सञ्चालक समिति अध्यक्ष निर्मल ढकालले लिए शपथ

नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले राष्ट्रिय बिमा कम्पनीका संचालक समितिका अध्यक्ष निर्मल ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सोमबार प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपाल सरकारको २०८२ कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका उनलाई राष्ट्रिय बिमा कम्पनीको अध्यक्ष तोकिएको हो ।

त्यस अवसरमा बिमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत पदाधिकारी उपस्थित थिए ।

सामसङ ग्यालेक्सी एस २५ एफई नेपालमा सार्वजनिक

सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको हो, जसले एउटै डीभाईसमा परफर्मेन्स र क्रिएटिभिटी खोज्छन्।

क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस २५ एफई प्रिमियम परफर्मेन्स र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरणको साथ प्रिमियम एआई संचालित सुविधाहरू अब रु ९९ हजार ९ सय ९९ (८जीबी/२५६जीबी) मा उपलब्ध छ।

ग्यालेक्सी एआई र वन युआई ८ द्वारा संचालित ग्यालेक्सी एस २५ एफईले भोइस, टच र भिजुवल अन्तर्क्रिया मार्फत सहज र सरल अनुभव प्रदान गर्दछ।

वास्तविक-समय भर्चुअल सहायताको लागि जेमिनी लाइभ, व्यक्तिगत अपडेटहरूको लागि नाउ बार र नाउ ब्रीफ, र अन(स्क्रिन जवाफहरूको लागि सर्कल टु सर्च जस्ता सुविधाहरूको साथ, एस २५ एफईले दैनिक कार्यहरूलाई पहिलेभन्दा स्मार्ट, छिटो र अझ सहज बनाउँछ।

ग्यालेक्सी एस २५ एफईले यसको एआइ(संचालित प्रोभिजुअल इन्जिन र अपग्रेड गरिएको १२ एमपी फ्रन्ट क्यामेराको साथ क्रिएटिभिटीलाई सशक्त बनाउँछ, सुपर एचडीआर मार्फत फोटो र भिडियो हरुको स्पष्ट रंगको साथ आश्चर्यजनक सेल्फीहरू र क्ल्यारिटीका साथ शटहरू खिच्दछ।

जेनेरेटिभ एडिट, पोर्ट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो-मो, र अडियो इरेजर जस्ता फिचरहरूले फोटो र भिडियो भमष्तलाई सहज बनाउँदै, अवरोधहरू हटाउनेदेखि अडियोलाई परिष्कृत गर्ने र इमर्सिभ स्लो-मोशन क्लिपहरू सिर्जना गर्दछ। अटो ट्रिमको साथ, स्वचालित रूपमा उत्कृष्ट भिडियो क्षणहरू पनि चयन गर्दछ, जसले कन्टेन्ट क्रिएशनलाई पहिलेभन्दा स्मार्ट र सजिलो बनाउँछ।

ग्यालेक्सी एस २५ एफईले भरपर्दो परफर्मेन्सलाई परिष्कृत, आधुनिक डिजाइनसँग जोड्दछ। ४५ वाटको फास्ट चार्जिङ र एफिशियन्ट कूलिङ्गको लागि भेपर चेमबरको साथ ४,९००Amh ब्याट्रीद्वारा संचालित, यसले स्ट्रिमिङ, मल्टिटास्किङ र क्रिएटिभ कार्यको लागि सहज कार्यसम्पादन सुनिश्चित गर्दछ। १२० एचजेड रिफ्रेस दरको साथ ६.७ इन्चको डायनामिक अमेल्ड २ एक्स डिस्प्लेले आश्चर्यजनक भिजुअल्स प्रदान गर्दछ।

सामसङ नेपालका एमएक्स डाईरेक्टर, प्रणय रत्न स्थापित भन्छन् “हाम्रो लक्ष्य सधैं फ्ल्यागशिप इनोभेसन सबैका लागि उपलब्ध गराउनु हो। ग्यालेक्सी एस २५ एफईले यही भिजन लाई स्पष्ट रूप दिएको छ । जहाँ उन्नत एआइ क्षमताहरू, उत्कृष्ट क्यामेरा परफर्मेन्स र सहज ग्यालेक्सी इकोसिस्टम कनेक्टिभिटी एकैसाथ अनुभव गर्न सकिन्छ।”

सामसङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित) मार्फत अब ग्राहकहरूले ग्यालेक्सी एस २५ एफई लगायतका नयाँ सामसङ डिभाइसहरूलाई शुन्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई प्लान मा प्राप्त गर्न सक्छन्।

केल्मी शोरूम जावलाखेलमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जावलाखेल, ललितपुर स्थित केल्मी शोरूमबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ,

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ४४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

मेटलाइफद्वारा भोजपुर र जुम्लाका विद्यालयमा बीमा सचेतना कार्यक्रम आयोजना

मेटलाइफ नेपालले भोजपुर नगरपालिका–७, दादागाउँस्थित विद्योदया माध्यमिक विद्यालय र चन्दननाथ, जुम्ला स्थित कनिका निशा उच्च माविमा हालसालै बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममार्फत विद्यार्थीलाई जीवन बीमाको आवश्यकता, महत्त्व र व्यवहारिक पक्षबारे जानकारी दिइएको थियो ।

विद्यार्थीहरूले बीमा सम्बन्धी आधारभूत ज्ञानसहित भविष्यमा आर्थिक सुरक्षाबारे सचेत हुने अवसर पाएका थिए। अभिभावक र स्थानीय समुदायलाई समेत बीमा प्रवर्द्धनले दीर्घकालीन लाभ पुर्‍याउने विश्वास गरिएको छ।

नेपाल बीमा प्राधिकरणले हालै जारी गरेको निर्देशनअनुसार विद्यालय स्तरमै बीमा सचेतना फैलाउनुपर्ने भएकोले यो कार्यक्रम समयसापेक्ष बनेको छ।

स्थानीय स्तरमा आयोजित यस्तो अभियानले वित्तीय ज्ञान र सुरक्षाप्रति सकारात्मक प्रभाव सिर्जना गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो ।

यस किसिमका गतिविधिहरूले गाउँगाउँमा जीवन बीमा सम्बन्धी जागरण बढाउने र सुरक्षित भविष्य निर्माणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

एनआइसी एशिया लघुवित्तको तीन दिने समिक्षा गोष्ठी सम्पन्न

एनआईसी एशिया लघुवित्तले प्रथम त्रैमासको प्रदेश स्तरीय बजेट समिक्षा गोष्ठी सम्पन्न गरेको छ । कार्तिक १२ देखि १४ गते सम्म बाँकेको कोहलपुरमा चलेको गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा रहेका शाखा कार्यालयहरुका १२१ प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले उत्कृष्ट काम गर्र्न सफल कर्मचारीहरुको प्रशंसा गर्दै आगामी दिनमा अझै उच्च मनोबलका साथ काम गर्नका लागि हौसला प्रदान गरेका थिए ।

उक्त गोष्ठीमा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत, सहायक प्रमुख कार्यकारी अधिकृत गणेश घिमिरे, सहायक महाप्रबन्धक राजेन्द्र न्यौपाने लगायतले लक्ष्य प्राप्तिका लागि कार्यगत एकता, काम प्रति पूर्ण प्रतिबद्धतामा जोड दिँदै अगाडि बढ्नुपर्ने जानकारी दिए भने अन्य विभागिय प्रमुखहरु राकेश श्रेष्ठ, विमल चौधरी, आशिष गौतम र मुक्तिनाथ लौडारीले समिक्षा अवधिमा आफ्ना विभागले हासिल गरेका उपलब्धि बारे जानकारी दिँदै चालु त्रैमासका लागि कार्य योजना प्रस्तुत गरेका थिए ।

गोष्ठीमा पहिलो त्रैमासिक अवधिमा संस्थाले हासिल गरेका उपलब्धिहरू, देखिएका चुनौती र सुधारका सम्भावित क्षेत्रहरूबारे विस्तृत समीक्षा गरिएको थियो, साथै दोस्रो त्रैमासका लागि बजेट तर्जुमा, आगामी कार्ययोजना निर्माण, सेवा विस्तार र गुणस्तर अभिवृद्धिका रणनीतिहरूमा समेत गहन छलफल गरिएको थियो ।

गोष्ठीले संस्थाका कर्मचारीहरूलाई थप प्रेरणा, उत्साह र प्रतिबद्धताका साथ कार्य गर्न उत्प्रेरित गर्ने तथा शाखा सञ्चालन सुधार र सेवा गुणस्तर वृद्धिमा उल्लेखनीय योगदान पुराउने विश्वास व्यक्त गरिएको संस्थाले जनाएको छ ।

एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त

एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजितकुमार शाक्य नियुक्त भएका छन् । सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

ललितपुर पुल्चोकका स्थानीय शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । शाक्यले हाल नबिल बैंकमा सिनियर डेपुटी सीईओका रुपमा कार्यभार सम्हालेका छन्। बैंकिङ क्षेत्रमा उनले करिब ३ दशकको अनुभव संगालेका छन् ।

यसअघि असोजमा एनआईसी एसियाबाट रोशनकुमार न्याैपानेले कार्यकाल १३ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका थिए ।

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । ४४ करोड ५५ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने बैंकले जनाएको छ ।

घोषित लाभांशमध्ये करसहित नगद लाभांश ५.३७ प्रतिशत रहेको छ । बाँकी ५ प्रतिशत सेयर बोनस प्रदान हुने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात लाभांश प्रदान हुनेछ ।

नबिल बैंकको एसएसई फेलोसिप, सामाजिक प्रभाव पारेका उद्यमलाई आवेदन खुल्यो

नबिल बैंकको ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रमले छैटौं चरणको फेलोसिप आह्वान गरेको छ । बैंकले समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिबी निवारण र समावेशीलाई दिगो गर्ने उद्यमीहरू सहभागी गराउने गरी यो संस्करण सुरु गरेको हो । बैंकले यसभन्दा अघि ५ वटा फेलोसिप कार्यक्रममा सञ्चालन गरिसकेको छ । उक्त कार्यक्रमबाट ७६ उद्यमीले आवश्यक वित्तीय तथा प्राविधिक सहयोग पाएको बैंकले जनाएको छ ।

छैटौं संस्करणका लागि कात्तिक २८ गतेसम्मको समय प्रदान गर्दै इच्छुक उद्यमीबाट आवेदन माग गरिएको छ । बैंकले हरेक पटक २० उद्यमीलाई फेलोसिप प्रदान गर्दै आएको छ । सोही अनुसार यो पटकका लागि पनि आवेदन माग गरेको हो ।

यो कार्यक्रम नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (एनएसएस) को प्रमुख पहल हो । ‘यस कार्यक्रमले सामाजिक प्रभाव सिर्जना गरिसकेका छन् वा गर्ने सम्भावना राख्छन् जसले गरिब, बिपन्न र पिछडिएका समुदायका व्यक्तिहरूको जीवनस्तर प्रत्यक्ष रूपमा उकास्ने उद्यमलाई प्राथमिता दिन्छ’ बैंकले भनेको छ ।

फेलोसिप कार्यक्रममा नेपालका सामाजिक उद्यमीहरूले आवेदन दिन सक्छन् । ती उद्यम सामाजिक समस्या समाधान गर्न तथा गरिबी घटाउन प्रतिबद्ध भएको हुनुपर्ने छ । महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका र दुर्गम क्षेत्रका आवेदकहरूलाई प्राथमिकता दिइने पनि बैंकले जनाएको छ । साथै अन्य प्रभावकारी विचार भएका व्यक्तिले पनि आवेदन दिन सक्ने छन् ।

यो कार्यक्रम कार्य–आधारित सिकाइमा केन्द्रित हो । यसले गराइद्वारा सिकाइ विधिबाट उद्यमशील सीप, व्यापारिक बुझाइ र सामाजिक प्रभाव क्षमताको विकासमा जोड दिने बैंकको भनाइ छ । गरिबी सम्बोधन गर्ने तथा नवप्रवर्तनात्मक विचारहरूको लागि मञ्च प्रदान गर्ने उद्देश्य लिइएको बैंकले जनाएको छ । सामाजिक उद्यमीलाई नेतृत्व प्रदान गर्दै समस्या समाधानमा केन्द्रित हुने लक्ष्य लिइएको छ ।

बैंकका अनुसार यो कार्यक्रमले दिगो रोजगारी सृजना गर्ने र गरिब तथा वञ्चित समुदायलाई सशक्त बनाउने समावेशी उद्यमहरूलाई समर्थन गर्नेछ । फेलोहरूले छ महिनाको समग्र शैक्षिक अनुभवका साथ एक वर्षको व्यक्तिगत परामर्श पाउने बैंकले जनानएको छ ।

कार्यक्रममा कार्यशाला, नेटवर्किङ कार्यक्रम र व्यावहारिक सत्रहरू समावेश गरिनेछ । यसले उद्यमीहरूको विचारलाई प्रभावकारी सामाजिक उद्यममा रूपान्तरण गर्न सहयोग पुर्‍याउने बैंकको दाबी छ ।

फेलोसिप ६ महिनाको आवासीय कार्यक्रम हो । फेलोहरूले निःशुल्क बसोबास र सबै कार्यक्रम–स्रोतहरूमा पहुँच पाउने बकैंकले जनाएको छ । सहभागीले व्यवहारिक तालिम र फिल्ड भिजिट, अनुभवी सामाजिक उद्यमीहरूबाट परामर्श, विज्ञहरूको नेटवर्कमा पहुँच, सह–सिकाइको अवसर, वित्तीय पहुँचको अवसर पाउने छन्।

सत्रहरू उद्यमशीलता, वित्त, सामाजिक प्रभाव र सामुदायिक विकासका क्षेत्रमा विशेषज्ञ, विज्ञ, र शैक्षिक व्यक्तिहरूद्वारा सञ्चालन हुनेछ । हालसम्म यस कार्यक्रमले ७६ जना सामाजिक उद्यमीलाई तालिम दिएको छ, जसबाट ६२ वटा उद्यम स्थापना भएको बैंकले जनाएको छ ।

यी उद्यमहरूले एक हजार एक सय ७२ प्रत्यक्ष र १३ हजार २ सय ९५ अप्रत्यक्ष रोजगारी सृजना गरेको बैंकको दाबी छ । हाल सञ्चालनमा रहेको पाँचौ ब्याचमा २० जना उद्यमी सहभागी छन् । बैंकका अनुसार उक्त फेलोसिपमा सहभागी हुन इच्छुकले अनलाइन आवेदन दिन वा गुगल फारम डाउनलोड गरी इमेल गर्न सक्ने छन्।

यो फेलोसिप कार्यक्रम समावेशी विकासमा योगदान गर्ने विभिन्न क्षेत्रका उद्यमीहरूका लागि खुला छ । जस्तैः कृषि र भ्यालु–चेन उद्यमहरू, हस्तकला र परम्परागत उद्योग, हरित ऊर्जा र वातावरणीय समाधान, सूचना प्रविधि, डिजिटल नवप्रवर्तन र सामाजिक प्रविधि, सीप विकास र रोजगारी सृजना, सांस्कृतिक पर्यटन र स्थानीय उद्यम प्रवर्द्धन गर्ने उद्यमी सहभागी हुन सक्छन् । योग्य फेलोहरूले बैंक तथा सरकार र साझेदार संस्थाहरूले प्रदान गर्ने लगानी अवसरमार्फत वित्तीय सहयोग पाउने छन्।

‘नबिल एसएसइ फेलोसिप रणनीति लक्ष्य हासिल गर्न उपयोगी’

त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालित नबिल एसएसइ फेलोसिपको पाँचौ संस्करणमा अध्ययन गरिरहेका सचिन चापागाइँले आफ्नो संस्थाको रणनीति लक्ष्य हासिल गर्न यो निकै उपयोगी भएको बताउँछन् । उक्त फेलोसिप पाउनुभन्दा अघि संस्था स्थापना गर्ने योजना बनाएको भए पनि आइडिया मात्रै प्रस्तुत गर्दा पनि छनोट भएको उनको भनाइ छ ।

‘फेलोसिप पाएको करिब १५ देखि २० दिनमा मेरो स्टार्ट अप लन्च भएको हो,’ चापागाइँले भने,‘फेलोसिपमा कुनै पनि व्यवसायको सुरुवातका लागि नभइ नहुने आधारभूत पक्षहरूको विषयमा राम्रो ज्ञान मिल्छ ।’

उक्त कार्यक्रममा सहभागी हुनका लागि शैक्षिक सीमा नभएको हुनाले पनि सामाजिक हितमा काम गर्ने उद्यम वा उद्यम सञ्चालन गर्ने आइडिया भए छनोट हुन सकिने उनको भनाइ छ । उक्त कार्यक्रममा स्थापित सँगसँगै आइडिया मात्रै भएका उद्यमी पनि आउने भएकाले अनुभव आदान प्रदानले धेरै परिपक्क बनाउने उनको बुझाइ छ ।

यो सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम भएकाले एक वर्षमा करिब २ वटा चरण अर्थात ६ महिनाको एउटा कोर्स तयार हुन्छ । यस कार्यक्रममा छनोट भएको खण्डमा नेटवर्किङ, मार्केटिङ, रणनीति, योजना, टार्गेट लगायतका आधारभुत ज्ञान सिक्ने अवसर मिल्ने उनको भनाइ छ ।

उक्त फेलोसिपमा हेल्थ टेक स्टार्ट अप प्रस्तुत गरेर छनोट भएको चापागाइँले बताए । ‘मेरो फार्मेसी म्यानेजमेन्ट एप हो, नेपालकै पहिलो फार्मेसी म्यानेजमेन्ट यो एपमा हालसम्म एक हजार एक सय फार्मेसी आवद्ध छन्, उनीहरू यसलाई निशुल्क प्रयोग गर्छन्,’ उनले भने,‘ सुरु गर्दा रहरले गरेको भएपनि यो फेलोसिप पछि छुट्टै आत्मविश्वास आएको छ ।’

सुरुवातमा प्रयोगकर्ताको सम्भावित संख्या, प्रयोगकर्ताका लागि सहज एपको डिजाइन, एप आवश्यक छ/छैन भन्ने विषलाई ख्याल नै नगरी सञ्चालन गरेको उनले बताए । हाल भने एपलाई थप स्तरोन्नति गरेर मोनिटाइज्ड गर्ने योजनामा रहेको उनले बताए । ‘उक्त फेलोसिप पछि बल्ल थाहा पाएँ कि आफूले पहिले अपरिपक्व तरिकाले स्टार्र्टअप थालेको रहेछु’ उनले भने ।

फेलोसिप पछि विगतको भन्दा राम्रो नेटवर्किङ भएको बताउँदै चापागाइँले भने,‘ लगानीकर्तासँग सम्पर्क, स्थापित उद्योगी व्यवसायीबाट मेन्टरसिप लगायतका पक्षहरूले व्यवसायलाई अघि बढाउन निकै मद्दत भएको छ ।’

इसेवा र शिखर इन्स्योरेन्सको ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक

नेपालीको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक भएको छ। डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा र निर्जीवन बीमा प्रदायक शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा “सहारा हेल्थ इन्स्योरेन्स” सार्वजनिक भएको हाे ।

यस बीमा योजनाको मुख्य उद्देश्य देशभरका नागरिकहरूलाई सहज, भरपर्दो र डिजिटल माध्यमबाट स्वास्थ्य बीमा सेवा प्रदान गर्नु हो। यो योजना ५ वर्षदेखि ६५ वर्ष उमेर समूहका नागरिकहरूका लागि उपलब्ध हुनेछ।

सहारा हेल्थ इन्स्योरेन्स अन्तर्गत, बीमितले अस्पताल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षण देखि दुर्घटना उपचारसम्मको सेवा सुविधा प्राप्त गर्न सक्नुहुनेछ।

यो बीमा योजना २ लाख, ३ लाख र ६ लाख रुपैयाँ बीमांकका विकल्पहरूमा उपलब्ध छ, र यसको प्रारम्भिक प्रिमियम मात्र रु १,३९९ बाट सुरु हुन्छ। यस सहारा हेल्थ इन्स्योरेन्स अन्तर्गत नेपालभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर क्यास रिइम्बर्समेन्ट गर्न सकिन्छ।

त्यसैगरी, बीमित व्यक्तिले देशभरका शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालहरूमा क्यासलेस उपचार सुविधा पनि प्राप्त गर्न सक्नुहुन्छ। यसले आकस्मिक अवस्थाहरूमा आर्थिक तनाव बिना उपचार सम्भव बनाउँछ।

साथै, यस योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ सल्लाह सेवा पनि समावेश गरिएको छ। जसले बीमितलाई स्वास्थ्य सल्लाह लिन अझ सजिलो बनाउँछ।

यस योजनाको विशेष पक्ष भनेको, ग्राहकले इसेवा एपमार्फत केही मिनेटमै यो बीमा खरिद गर्न सक्नेछन् । जुन प्रक्रिया सहज, छरितो र पूर्ण रूपमा डिजिटल हुनेछ। केही सरल चरणहरू पूरा गरेपछि बीमा पोलिसी तुरुन्तै एसएमएस र इमेलमार्फत प्राप्त हुन्छ।

गण्डकी प्रदेशका उत्कृष्ट अभिकर्ता नेशनल लाइफद्वारा सम्मानित

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले पोखराको होटल वाटरफ्रण्टमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी गण्डकी प्रदेशबााट योग्य हुनु भएका २२० जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कार्यक्रममा गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सदस्यता वितरण तथा सम्मान गरेका छन् भने सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले गण्डकी प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका हुन् ।

यस्तै उनले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम राखिएको र अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए ।

कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सिईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको उनले बताए।

कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम प्रदान गरेका थिए । तालिमको क्रममा उनले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरै भन्दा धेरै व्यक्तिहरुसंग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्न सक्ने आवाश्यक ज्ञान र साहस चाहिने बताए ।

समारोहमा, चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेशालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लाने उर्जा मिलेको सहभागि अभिकर्ताहरुले बताए ।

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
चितवनको सौराहमा कार्तिक १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिबृद्धि तालिम कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले समय समयमा आयोजना गर्ने स्तरिय तालिमहरुले अभिकर्ता लिडरहरुको क्षमता अभिबृद्धिमा उल्लेख्य योगदान गर्ने र राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा अभिकर्ताहरुको पहिचान बनाउनमा महत्वपूर्ण सावित हुने बताए।

साथै उनले राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा भएका मनोरञ्जनात्मक साँझले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्ने विश्वास व्यक्त गरे । कम्पनीमा आवद्ध २ सय जना भन्दा बढि अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा बीमा विक्री कलाको क्षमता अभिबृद्धि तालिम, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो ।

द आर्ट अफ सेलिङ उपमाले परिचित अन्तराष्ट्रिय स्तरका ट्रेनर अरनिको सिंहको बीमा विक्री कलाको क्षमता अभिवृद्धि तालिमले अभिकर्ता लिडरहरुमा उत्साह जगाएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार लोकप्रीय गायक प्रमोद खरेल एवं परम्परा ब्याण्डको लाइभ सांगीतिक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।