जोडिनुहोस
बुधबार, पुस २, २०८२
बुधबार, पुस २, २०८२

भाइटीकाको दिन बाहेक अन्य दिन बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ।

केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणालीलाई निरन्तर सञ्चालनमा राख्न बैंकिङ सेवा सञ्चालनमा राख्न निर्देशन दिएको हो।

त्यसैगरी, राष्ट्र बैंकले आज शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (RTGS) प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने जनाएको छ।

राष्ट्र बैंकका अनुसार, व्यापारिक कारोबार, भुक्तानी प्रक्रिया र भन्सार जाँचपासमा सहजता ल्याउनका लागि यो व्यवस्था गरिएको हो।

नेप्सेका सीइओ चापागाइँमाथि प्रिआइपीओ कारोबारमा संलग्न रहेको आरोप

नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीइओ) चुडामणि चापागाइँमाथि प्रिआइपीओको कारोबारमा संलग्न रहेको आरोप लागेको छ।

नेप्सेकै कर्मचारीले चापागाइँमाथि प्रिआइपीओको कारोबारमा संलग्न रहेको आरोप लगाएका हुन्। सीइओ चापागाइँ प्रिआइपीओ नाम दिई सर्वसाधारणलाई अनधिकृतरुपमा सेयर बिक्री गर्ने कार्यमा संलग्न रहेको कर्मचारीको आरोप छ।

कर्मचारीले चापागाइँ र सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्यालमाथि छानबिनको माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई पत्र लेखेका छन्।

नेप्से कर्मचारी संघले शुक्रबार अर्थ मन्त्री खनालको नाममा पत्र लेखेर सीइओ र अध्यक्षको नियुक्ति प्रक्रिया तथा उनीहरुको कामकारबाहीबारे छानबिनको माग गरेका हुन्।

डिशहोम र ‘डल्लेबीच साझेदारीः सम्पूर्ण आउटलेटमा विशेष छुट

अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा अग्रसर कम्पनी डिशहोम ले नेपालको चर्चित र अत्यधिक लोकप्रिय रेस्टुरेन्ट ब्राण्ड ‘डल्ले’ सँग नयाँ साझेदारीको घोषणा गरेको छ।

यस सहकार्य अन्तर्गत, डिशहोमले हालै सुरू गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम मार्फत ग्राहकहरूले अब डल्लेका काठमाडौ उपत्यकका भित्रका सम्पूर्ण आउटलेटहरूमा विशेष छुट पाउनेछन्।

विशेष सुविधाः
यस साझेदारीको माध्यमबाट डिशहोमका सक्रिय ग्राहकहरूले निम्नलिखित सुविधा प्राप्त गर्न सक्नेछन्ः
डल्ले रेस्टुरेन्टका उपत्यकका भित्रका सबै आउटलेटहरूमा १० प्रतिशत छुट
यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाउनुपर्नेछ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिकाः
दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी एपमा लगइन गर्नुहोस्।
होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको प्रिभिलेज कार्ड आइकन मा क्लिक गर्नुहोस्।
डल्लेमा कार्ड देखाएर छुट प्राप्त गर्नुहोस्।

यस साझेदारीलाई औपचारिकता दिने क्रममा डल्लेका मानेगिङ डिरेक्तर आलोक योन्जोन,डिशहोमका देपुटी चिफ प्रोडक्ट अफिसर, आदित्य भट्टराई बीच एमओयूमा हस्ताक्षर गरिएको छ।

‘डल्ले’ नेपाली स्वादको आधुनिक व्याख्या
‘डल्ले’ नेपाली खानाको क्षेत्रमा एउटा स्थापित नाम हो, जसले परम्परागत स्वादलाई आधुनिक प्रस्तुतीसहित ग्राहकहरूमाझ पुर्‍याइरहेको छ। शान्त वातावरण, समर्पित सेवा, र स्वादिष्ट भोजनका लागि परिचित डल्लेले हाल देशभरि थुप्रै शाखा विस्तार गरिसकेको छ।

डिशहोमको जीवनशैली सेवातर्फको यात्रा
यो साझेदारी केवल इन्टरनेट वा टेलिभिजन सेवा सीमित नभई, डिशहोमको ग्राहकलाई अतिरिक्त मूल्य, जीवनशैलीमा सुविधा, र थप बचत प्रदान गर्ने प्रतिबद्धताको भाग हो। डिशहोमले भविष्यमा पनि यस प्रकारका सहकार्यहरू गर्दै आफ्ना ग्राहकहरूलाई लाभान्वित गर्न निरन्तर प्रयास गर्दै जानेछ।

डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२ घोषणा,  प्रथम पुरस्कार २ लाख रुपैयाँ

बाह्रखरी मिडियाले ‘डिशहोम सातौं बाह्रखरी कथा प्रतियोगिता, २०८२’ का लागि कथा आह्वान गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता घोषणा गरेको हो । यस वर्ष बाह्रखरी मिडियाले पुरस्कार राशिमा बृद्धि गरेको छ । प्रतियोगितामा उत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।

साथै संग्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ सम्मानस्वरूप दिइनेछ । बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि कथा लेखनको सम्वर्धन र प्रवर्द्धनका लागि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यस प्रतियोगिताले नयाँ प्रतिभाहरूलाई उजागर गर्न र नेपाली कथालेखनलाई थप प्रोत्साहन दिन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

बैंकहरूले कात्तिकका लागि थप घटाए ब्याजदर

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा असोजको तुलनामा कात्तिकमा ब्याजदर घटेको हो । असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूको अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२७५५ प्रतिशत विन्दुले घटेको छ । असोज महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.३७६ प्रतिशत रहेकोमा कात्तिक महिनाका लागि ५.१००५ प्रतिशत कायम भएको छ ।

व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर ६ प्रतिशतमा कायम भएको छ । ग्लोबल आईएमईले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ब्याजदर ६ प्रतिशत कायम राखेको छ । बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त ब्याजदर तोकेको हो ।

असोजको तुलनामा कात्तिकमा १५ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाएका बैंकमा कृषि विकास, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे एनआईसी एसिया, प्रभु, स्टान्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सानिमा, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स छन् ।

५ बैंकले व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर स्थिर राखेका छन् । स्थिर राखेका बैंकमा नेपाल, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ र कुमारी छन् । कुनै पनि वाणिज्य बैंकले ब्याजदर असोजको तुलनामा कात्तिकका बढाएका छैनन्।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा कर्जाको ब्याज पनि स्वतः घट्न जान्छ ।

बैंकहरुका लगानीयोग्य रकम पर्याप्त रहेको अवस्थामा कर्जा प्रवाहको वृद्धि पनि सुस्त रहेपछि बैंकहरुले ब्याजदर घटाउँदै लगेका हुन् । राष्ट्र बैंकले छोटो अवधिका लागि निक्षेप बोलकबोलमार्फत तरलता खिचिरहेको छ ।

हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

स्ट्यान्डर्ड चार्टर्ड बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । प्रतिकित्ता १९ रुपैयाँका दरले सेयरधनीले लाभांश पाउने छन् ।

यद्यपि यसमा कर कटौती हुनेछ । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपश्चात तथा राष्ट्र बैंकबाट स्वीकृत भएपछि प्रदान हुनेछ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६१३ रुपैयाँ छ ।

एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति कात्तिक १५ देखि लागू हुने एनसेलले जनाएको छ ।

नयाँ सीईओ नियुक्तिसँगै कार्यबाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को भूमिकालाई निरन्तरता दिनेछन् ।

दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्व गरिसकेका छन् ।

एनसेलमा आवद्ध हुनु अघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी बहन गरेका थिए । त्यसअघि उनले टेलिनोर पाकिस्तान (टीपी)को सीईओका रूपमा कार्य गर्दै कठिन व्यवसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाएर नाफा वृद्धिसहित उल्लेख्य प्रगति देखिएको थियो ।

उनका अघिल्ला नेतृत्वदायी भूमिकाहरुमा, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)मा सीईओको पदसमेत समावेश छन्, जहाँ उनले उल्लेखनीय व्यवसायिक परिवर्तनको नेतृत्व गर्दै ग्राहक संख्या ७ करोडभन्दा माथि पुर्‍याए ।

फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजी पैसा, पाकिस्तान)का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन् । हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गतको वाटु डीआरसी एसएका अध्यक्षका रूपमा कार्यरत छन् ।

नियुक्तिपछि फोलेले भने, ‘काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म खुसी र सम्मानित महसुस गरिरहेको छु ।’

सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र जर्मन होम्स् प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्समा बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने बैंकको भनाइ छ ।

प्रभु बैंकले आरम्भ चौतारी लघुवित्तका कर्मचारीलाई विशेष बैंकिङ सेवा दिने

प्रभु बैंकले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका कर्मचारीलाई सुविधासम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने भएको छ । बैंक रलघुवित्तबीच यस सम्बन्धी एक सम्झौता भएको छ ।

सम्झौतामा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली र बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुनले हस्ताक्षर गरे । यो सम्झौतापछि लघुवित्तका कर्मचारीले सुविधासम्पन्न बैंकिङ सेवा पाउने बैंकले जनाएको छ ।

बैंक अफ द इयर २०२३, प्रभु बैंक फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डको साथै हालसालै युरो मनी अवार्ड– नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई २०२५ बाट बैंक सम्मानित भइसकेको छ ।

सिटिजन्स बैंकका ग्राहकले काठमाडौं मेडिकल कलेजका सेवामा छुट पाउने

सिटिजन्स बैंक र सिनामगंलस्थित काठमाडौं मेडिकल कलेजबीच ग्राहकलाई छुट दिने सम्बन्धमा एक सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले काठमाडांै मेडिकल कलेजमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकलाई लाभ मात्रै नभई नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने बैंकको भनाइ छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमबाट भुक्तानी गर्न तथा प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स् बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि पाउन सफल यस बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । त्यस्तै बैंकले ‘फ्रिलान्सर सेभिङ्ज अकाउन्ट’ नामक नयाँ खाना सञ्चालन गरेको छ ।

साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा ल्याएको छ ।

एससीटी-युनियनपे कार्ड अबदेखि सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि जारी हुने

स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी)ले संचालन गर्दै आएको एससीटी-युनियनपे कार्ड अब सांग्रिला डेभलपमेन्ट बैंकबाट पनि जारी हुने भएको छ।

उक्त बैंकका ग्राहकले सजिलै एससीटी-युनियनपे कार्ड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यसबाट ग्राहकलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास कम्पनीले लिएको छ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युनियनपे कार्ड जारी गर्दै आइरहेको छ। एससीटीले आफ्नै कार्ड स्विचिङ संरचना स्मार्ट स्विच मार्फत एससीटी-युनियनपे कार्ड र भिजा कार्ड जारी गर्दै आएको छ।

त्यस्तै कम्पनीले भिजा, रुपे, मास्टरकार्ड तथा डिस्कभर कार्ड स्वीकार गरी कार्डमार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ। विगत दुई दशकदेखि नेपालभर सुरक्षित सरल र भरपर्दो भुक्तानी सेवा दिँदै आएको एससीटी नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम हो।

सुनको मूल्य तोलाकै २ लाख ५० हजार नाघ्यो

नेपाली बजारमा बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो ।

अघिल्लो दिन बुधबार सुन तोलाको २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलाको ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर ३ हजार २७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख १५ हजार १०५ रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ८०८ रुपैयाँमा कारोबार भईरहेको छ ।