जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

डिजिटल भुक्तानीमा राष्ट्र बैंकको नयाँ व्यवस्थाः अब २० लाखसम्म कारोबार गर्न सकिने

मोबाइल बैंकिङबाट एप वा क्यूआर कोडबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढेको छ । अब सेवाग्राहीले मोबाइल एप वा क्यूआर भुक्तानीमार्फत दैनिक तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् भने इन्टरनेट बैंकिङबाट २० लाखसम्म कारोबार गर्न सक्नेछन् ।

राष्ट्र बैंकले जारी गरेको ‘विद्युतीय भुक्तानीसम्बन्धी जानकारीमूलक सूचना’ अनुसार अब मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट–आईपीएस र क्यूआर कोडमार्फत हुने कारोबारमा निश्चित सीमा तोकिएको हो ।

मोबाइल बैंकिङ एप, कनेक्ट–आईपीएस एप वा क्यूआर कोड प्रयोग गरी हुने कारोबारको दैनिक सीमा रु. ३ लाख र मासिक सीमा रु. १० लाख रहनेछ।

इन्टरनेट बैंकिङमार्फत हुने कारोबारको दैनिक सीमा रु. २० लाख तोकिएको छ भने बैंक खाताबाट प्रत्यक्ष भुक्तानी गर्दा रु. ५० लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

वालेटमार्फत हुने कारोबारमा भने अन्य वालेटमा पठाउँदा दैनिक रु. २५ हजार र मासिक रु. १० लाखसम्मको सीमा कायम गरिएको छ।

कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्दा पनि कुनै सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

त्यस्तै, सरकारी राजस्व, कर, बिमा प्रिमियम, बिजुली–पानी महसुल, दूरसञ्चार शुल्क, विद्यालय शुल्क जस्ता नियमित भुक्तानीमा पनि सीमा नलाग्ने व्यवस्था गरिएको छ।

एनआईसी एशिया बैंकका ग्राहकलाई वीरगञ्जको किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा ओपिडी, डाइगनष्टिक, सर्जरी, ब्राण्डेड अप्टिकल र नन-ब्राण्डेड अप्टिकल सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबर अर्थात ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ अर्थात ५.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ। बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

सहकारी नियमनमा कडाई : सय ठुला बचतकर्ताको विवरण तुरुन्त पेश गर्न निर्देशन !

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सयजना ठुला बचतकर्ता, सदस्य र ऋणको विवरण माग गरेको छ । सहकारीमा बढ्दो वेतिथिलाई मध्यनजर गर्दै प्राधिकरणले सयजना ठुला बचतकर्ता, सदस्य र ऋणिको पूर्ण विवरण पठाउन निर्देशन गरेको हो । अव हरेक सहकारी संस्थाहरुले आफूसँग भएका ठुला बचतकर्ता, ऋणी र सदस्यको पूर्ण विवरण बुझाउनुपर्ने भएको छ ।

पछिल्लो समय कालो धनको विषयमा तिब्र बहस भइरहेकै बेला प्राधिकरणले यस्तो निर्देशन गरेको हो । बैंकवित्तमा रकम जम्मा गर्दा स्रोत खुलाउनुपर्ने हुँदा कतिपयले सहकारीमा रकम राखेको हुनसक्ने आँकलन गरिएको छ । साथै प्राधिकरणले सम्पूर्ण बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुलाई अनिवार्य दर्ताका लागि सर्कुलर समेत जारी गरेको छ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ को प्रथम संशोधन जारी गर्दै प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । यससँगै अव सबै बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु प्राधिकरण मातहतमा आउनुपर्ने छ ।

कांग्रेसी गभर्नर पौडेललाई २४ आनाको सुविधा सम्पन्न घरः शिक्षा मन्त्री पुनलाई मन्त्रालयकै एउटा कोठा नै काफी !

शिक्षा मन्त्री महाविर पुनले शिक्षा मन्त्रालयमै एउटा कोठामा बास बसेर शिक्षा मन्त्रालय चलाएका छन् । तर, राष्ट्र बैंकका कांग्रेसी कार्यकर्ता एवं गभर्नर विश्वनाथ पौडेललाई २४ आनामा बनेको सुविधा सम्पन्न घर त्यसमा पनि ६ वटा गाडी राख्ने पाङ्गिक भएको, सडक कालोपत्रे भएको, घरको खोजीमा राष्ट्र बैंककै सम्पत्ती तथा सेवा व्यवस्थापन विभाग लागी परेको छ भन्दा अब फरक पर्दैन ।

जसले पौडेललाई गभर्नर बनायो उसकै घर जेनजी आन्दोलनकारीले ध्वस्त बनाएका छन् । यति मात्रै होइन गभर्नर पौडेलकै भैसेपाटीको घर समेत जनजी आन्दोलनकारीले आगो लगाई दिएपछि मासिक ३/४ लाख भाडाको घर यति बेला राष्ट्र बैंकले खोजी रहेको सूचना नै प्रकाशन गरेको भेटिएको छ । आन्दोलनबाट आएको नयाँ सरकारलाई सहयोग गर्दै राजीनामा दिनुको साटो चर्को सुविधा लिएर जेनजी आन्दोलनको मर्म विपरितमा बसि रहेका गभर्नर पौडेल माथी पनि छानवीन हुनुपर्ने माग उठेको छ । भन्दा अब फरक पर्दैन ।

सानिमा बैंकमा करोडौंको शेयर किनेका र विगतमा बैंकको संचालक समेत रहेका चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेस पार्टीको टिकटबाट चुनाव लडेर हारेका कांग्रेस पार्टीका कार्यकर्ता पौडेल विरुद्ध राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहँदा करोडौं भ्रष्ट्राचार गरेको उजुरी यति बेला अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा छ भने गभर्नर पौडैलको योग्यता विवादको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ भन्दा फरक पर्दैन ।

गभर्नर पौडेलले आफ्‌नो घर जेनजी आन्दोलनकारीबाट जलाइएको भन्दै सामाजिक सञ्जालमा आफ्‌नो फोटो राखेर रोइकराई रहेको भेटिएको छ । घर नभएपछि डेरा राष्ट्र बैंकले खोजी गरिरहेको त छ तर, २४ आनामा बनेको, गार्डरुम छुट्टै भएको, ६ वटा गाडी पाकिङ्ग भएको, सुरक्षित कम्पाउड भएको, अर्को अचम्मको कुरा त पिच बाटोले छोएको हुनुपर्ने, मन्त्रीहरु मन्त्रालयमै सुतेका छन् तर, एउटा गभर्नरलाई २४ आनाको सुविधा सम्पन्न घर ? यो अधिकार जेनजी आन्दोलनबाट बनेको सरकारले दिनु हुन्छ कि हुँदैन ? खोजीकै विषय बनेको छ । हेक्का होस् । कांग्रेस, एमालेको संयुक्त सरकार भएको बेला कांग्रेस सभापति शेर बहादुर देउवा र देउवा पत्नी एवं तत्कालीन परराष्ट्र मन्त्री आजु राणा (देउवा) ठुलो धनराशी बुझाएर गभर्नर पद पड्काउन सफल पौडेल यति बेला राज्य कोषको दुरुपयोग गर्दै २४ आनाको घर त्यो पनि भैसेपाटीमै खोजी रहेको देखिन्छ भन्दा अब चाहि फरक पर्दैन । जेनजी आन्दोलनमा ७५ जना भन्दा बढिको आन्दोलनकारीहरुको हत्या भएको छ । खर्बै खर्बको सम्पत्ती खरानी भएको छ ।

गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंक भित्र सुशासन कायम गर्ने र तालिमको नाममा भएको लुट अन्त्य गर्ने, बैंक र वित्तिय संस्थामा स्थलगत निरिक्षणमा जाने कर्मचारीहरुले लिने ठुलो घुस र महंगो गिफ्टको अन्त्य गर्ने, राजनितिक संरक्षणमा रहेका केही ठुला वाणिज्य बैंक भित्रको वेथितिको अन्त्य गर्ने बारे केही सुधारको थालनी नै गरेका छैनन् ।

तर, गभर्नर पौडेल राष्ट्र बैंकको तलब/भत्ता देखी २४ आनाको घरको बास लिएर राज्यकोषबाट मासिक १० लाख भन्दा बढि लुट मच्चाई रहेका छन् भन्दा अब फरक पर्दैन । यस्तो जटिल परिस्थितिमा राष्ट्र बैंक भित्र नै भएका २/३ वटा कोठा बस्नु पर्ने गभर्नर पौडेलले सुविधा सम्पन्न घर खोज्नु जेनजीको मर्म विपरित हो भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् । गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंक भित्र सुशासन कायम गर्ने र तालिमको नाममा भएको लुट अन्त्य गर्ने, बैंक र वित्तिय संस्थामा स्थलगत निरिक्षणमा जाने कर्मचारीहरुले लिने ठुलो घुस र महंगो गिफ्टको अन्त्य गर्ने, राजनितिक संरक्षणमा रहेका केही ठुला वाणिज्य बैंक भित्रको वेथितिको अन्त्य गर्ने बारे केही सुधारको थालनी नै गरेका छैनन् । भन्दा फरक पर्दैन ।

नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजीमा एउटा सूचना प्रकाशन गरेको छ । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते गभर्नर पौडेलको भैंसेपाटीस्थित घर आगजनीमा परेपछि राष्ट्र बैंकले उनका लागि भाडाको घर खोजीमा लागेको हो । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले भाडाको घर खोजी गर्ने क्रममा गत आइतबार सार्वजनिक सूचना निकालेको भेटिएको छ । अर्थमन्त्रीज्यू हेक्का होस् ।

घर कम्तिमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र २.५ देखि ३ तलासम्मको हुनुपर्नेछ । ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल र स्टोर रुम भएको, कम्तिमा ६ वटा कार वा जीप पार्क गर्न मिल्ने ठाउँ भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग जोडिएको हुनुपर्ने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।

सूचना अनुसार राष्ट्र बैंकले गभर्नरका लागि कम्तिमा १६ आनादेखि अधिकतम २४ आनासम्मको क्षेत्रफलसहितको घर भाडामा लिन लागेको देखिन्छ । घर कम्तिमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र २.५ देखि ३ तलासम्मको हुनुपर्नेछ । ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल र स्टोर रुम भएको, कम्तिमा ६ वटा कार वा जीप पार्क गर्न मिल्ने ठाउँ भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग जोडिएको हुनुपर्ने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ । भन्दा फरक पर्दैन । घर बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रभित्र हुनुपर्नेछ । इच्छुक व्यक्ति, फर्म वा कम्पनीलाई घर भाडा सम्बन्धी प्रस्ताव पेस गर्न असोज २७ गतेसम्मको समय दिइएको देखिन्छ । यो लुट नभए के हो अर्थमन्त्रीज्यू ? सचेत भया । (राजतिलक साप्ताहिकबाट साभार गरिएको)

सिद्धार्थ बैंकका ग्राहकलाई इजी डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकले इजी डेन्टल क्लिनिक प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका हुन् ।

बैंक र इजी डेन्टल क्लिनिकबीच ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार चाबहिल स्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उप्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

जेनजी आन्दोलनपछि २१ अर्बको बिमा दाबी

जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीपछि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १ हजार ९ सय ८४ वटा बीमा दाबी परेको हो ।

तीमध्ये सबैभन्दा बढी दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँबराबरको ४० वटा बीमा दाबी परेको हो । ठूलो क्षति भएको हिल्टन होटलको बिमा पनि यसै कम्पनीमा परेको थियो ।
दोस्रो धेरै दाबी सिद्धार्थ प्रिमियर र तेस्रो धेरै शिखर इन्स्योरेन्समा परेको थियो ।
सबैभन्दा बढी बिमा दाबी शिखरमा ३ सय ६६ वटा परेको छ ।

जेनजी आन्दोलन र त्यसपछि कयौं भौतिक संरचनामा क्षति पुगेको थियो भने हजारौंको संख्यामा सवारसाधन पनि तोडफोड र आगजनी भएको थियो ।

कुन इन्स्योरेन्स कम्पनीमा कतिको पर्‍यो दाबी ?

मुक्तिनाथ क्यापिटलको १६औं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ क्यापिटलको १६औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ।

साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षण गर्न एनबीएसएम एण्ड एसोसियट्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्ति गरेको छ।

सानिमा बैंकले लाभांश पारित गर्न बोलायो साधारण सभा

सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले कात्तिक २ गते २१औं वार्षिक साधारण सभा बोलाएको हो। बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव यसअघि नै सार्वजनिक गरिसकेको छ।

साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्। साधारण सभामादुई अर्ब रुपैयाँ बराबरको अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पनि पेस गरिंदैछ। साधारण सभा प्रयोजनार्थ बैंकले असोज २७ गते बुक क्लोज गर्ने मिति तोकेको छ।

राष्ट्र बैंकको खुकुलो नीति र न्यून ब्याजदरले बढ्यो घर कर्जा

राष्ट्र बैंकको लचिलो नीतिपछि बैंक तथा वित्तीय संस्थाबाट जाने घर कर्जा बढ्न थालेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले होम लोनको हकमा लोन टू भ्यालु रेसियो र कर्जाको सीमा बढाएसँगै यस क्षेत्रमा जाने कर्जा बढ्न थालेको हो। चालु आर्थिक वर्ष साउनमा बैंक तथा वित्तीय संस्थाहरुले ६ अर्ब ३१ करोड १५ लाख रुपैयाँ घर कर्जा लगानी गरेका छन्। पोहोर सोही अवधिमा यस्तो लगानी ६९ करोड ३३ लाख रुपैयाँमा सीमित थियो। घट्दो ब्याजदरसँगै राष्ट्र बैंकको नीतिले घर कर्जा बढ्न थालेको बैंकरहरु बताउँछन्।

अहिले ब्याजदर एकल अंकमा छ भने बैंकहरूसँग लगानीयोग्य रकम ८ खर्बभन्दा धेरै छ। साउनमा समग्र कर्जा ०.३ प्रतिशत अर्थात १७ अर्ब ४६ करोड रुपैयाँले खुम्चिंदा घर कर्जा भने बढेको हो।

२०८२ साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले कूल ५५ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमध्ये ७.६० प्रतिशत अर्थात ४ खर्ब २३ अर्ब रुपैयाँ घर कर्जा हो।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) तिलकराज पाण्डेय आवासीय घर कर्जामा केन्द्रीय बैंकले लिएको खुकुलो नीतिका कारण बैंकहरुलाई व्यवसाय बढाउन सहज भएको बताउँछन्।

‘केन्द्रीय बैंकले आवासीय कर्जामा २ करोडको सीमा ३ करोड पुऱ्याएका कारण हामीलाई व्यवसाय बढाउन सहयोग पुगेको हो। यसमा सस्तो ब्याजदरले पनि ठूलो काम गरेको छ,’ उनले भने।

नेपाल बैंकले अहिले ५.९९ प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेको छ। यो ब्याजदर स्थिर होइन, परिवर्तित हो। बैंकको बेसरेट बढ्दा ब्याजदर पनि बढ्छ।

घरजग्गाका साथै निर्माण क्षेत्रको कर्जामा खुकुलो नीति लिएको राष्ट्र बैंक आगामी दिनमा अझै लचिलो हुने तयारीमा छ।

डेढ वर्षदेखि घर बनाउन तथा किन्नका लागि ऋण नपाएका मध्यम वर्गलाई लक्षित गर्दै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ‘लोन टु भ्यालु रेसियो’ बढाइसकेको छ। यसलाई अरू हिसाबले पनि सहजीकरण गर्न सकिन्छ कि भनेर राष्ट्र बैंकले हेरिरहेको छ।

राष्ट्र बैंकको नीति अनुसार, ३ करोडसम्मको घरजग्गा ऋण लिएर किन्न सकिन्छ। यसअघि २ करोडको सीमा थियो। साथै, पहिलो पटक ३ करोडसम्मको घर खरिद वा निर्माण गर्ने प्रयोजनको कर्जामा लोन टू भ्यालु रेसियो ८० प्रतिशत पुगेको छ। यसअघि यस्तो रेसियो ७० प्रतिशत थियो।

आवासीय घरजग्गा कर्जामा जोखिम कम भएकाले बैंकलाई लगानी गर्न पनि सजिलो हुन्छ। अन्य क्षेत्रमा माग नहुँदा सुरुमा बैंकहरुले प्रोत्साहित गर्दै आएको क्षेत्र पनि घरजग्गा हो।

अहिले वाणिज्य बैंकहरुले घरजग्गा कर्जा ६ प्रतिशत हाराहारी ब्याजदरमा दिइरहेका छन्। वाणिज्य बैंकहरुको कर्जाको ‌औसत ब्याजदर अहिले ७.७६ प्रतिशत छ। कतिपय बैंकहरुले घर र गाडी कर्जा ६ प्रतिशतसम्म दिइरहेका छन्।

राष्ट्रिय वाणिज्य बैंकले ६.३० प्रतिशत ब्याजदरमा घर कर्जा दिइरहेको छ। एभरेष्ट बैंकले ७.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिइरहेको छ। नबिल र ग्लोबल आइएमई बैंकबाट घर कर्जा लिन चाहनेले ८.९९ प्रतिशत स्थिर ब्याजदर तिर्नुपर्छ।

अधिकांश बैंकले एकल अंकको स्थिर ब्याजदरमा घर कर्जा दिइरहेका छन्। परिवर्तितको हकमा भने सबैजस्तो बैंकले ६/७ प्रतिशत ब्याजदरमा कर्जा घर कर्जा दिन थालेका छन्।

प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेल भने केन्द्रीय बैंकले सहजीकरण गरे पनि घर कर्जा अपेक्षितरुपमा नगएको बताए।
‘घरजग्गाको कारोबार नै निकै सुस्त छ। अनि कसरी ऋणको माग बढ्छ?,’ उनले भने, ‘सस्तो ब्याजदरसहितको स्किम ल्याए पनि ऋणको माग सुस्त नै छ।’

तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति तर्जुमा

सरकारले आर्थिक अनुशासन कायम राख्ने र सार्वजनिक सेवा प्रवाह प्रवर्धन गर्ने लक्ष्यसहित तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति तर्जुमा गरेको छ।

अर्थ मन्त्रालयले २०८२ देखि २०८७ सम्मका लागि पाँच वर्षे रणनीति बनाएको हो। रणनीतिमा स्रोत विनियोजनमा प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ। रणनीति कार्यान्वयनले संघीय संरचनाको दिगोपनालाई टेवा दिने अर्थ मन्त्रालयले बताएको छ।

संघीय शासन प्रणाली कार्यान्वयनपछि ल्याइएको पहिलो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिमा विश्वसनीय, प्रमाणमा आधारित बजेट तथा दिगो आर्थिक अनुशासन, कार्यसम्पादनमा आधारित बजेट प्रणालीको माध्यमबाट नतिजातर्फ उन्मुख, राजस्व संकलन तथा प्रतिवेदनका लागि आधुनिक, सरल र प्रभावकारी प्रणाली संचालन, प्रभावकारी खरिद प्रक्रिया तथा स्थिर परियोजना प्रशासन संयन्त्र लगायत उद्देश्य लिइएको छ।

रणनीतिले वित्त नीति, राजस्व परिचालन, बजेट निर्माण, खर्च, आन्तरिक नियन्त्रण, सम्पत्ति, लेखापालन र लेखापरीक्षणलगायत क्षेत्रहरूको सुधारलाई मार्गनिर्देशित गर्ने मन्त्रालयले जनाएको छ।

पारदर्शिता, सुशासन र तीनवटै तहका सरकारबीच समन्वयित प्रयासलाई प्रवर्धन गर्ने सशक्त सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई संस्थागत गर्ने लक्ष्य राखेको रणनीतिमा उल्लेख छ।

सेबोनका कर्मचारीले दसैं बिदापछि पनि काम गर्न मानेनन्, आन्दोलन चर्काउने चेतावनी

सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीले दसैं बिदा पछि पनि विरोधलाई निरन्तरता दिएका छन्।
सेवासुविधा कटौती गर्ने अर्थ मन्त्रालयको पत्रपछि विरोधमा उत्रिएका कर्मचारीले मंगलबार पनि धर्ना बसेर काम ठप्प पारेका छन्। सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र मन्त्रालयले १५ दिनसम्म पनि आफूहरुको कुरा नसुनेको भन्दै कर्मचारीले आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले सोमबार सेबोनका अध्यक्ष सन्तोषनारायण र कार्यकारी निर्देशकलाई बोलाएका थिए। आचार्यले अख्तियार दुरुपयोग आयोगको निर्देशन अनुसार नै मन्त्रालयले निर्देशन दिएको भन्दै कर्मचारीलाई आन्दोलन रोकेर काममा लगाउन भनेको मन्त्रालयको छलफलमा सहभागी सेबोनका एक अधिकृतले बताए।

तत्कालीन राजस्व सचिव दिनेशकुमार घिमिरेले भदौ ३१ गते सेबोनको कर्मचारी कल्याणकोष कार्यविधि, २०७१ र कर्मचारी सुरक्षण कोष (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ तत्काल खारेज गर्ने निर्णय गरेका थिए।

त्यो पत्र मन्त्रालयले असोज २ गते सेबोनमा पठाएको थियो। पत्रमा कानुनविपरीत हुने गरी कार्यविधि बनाएर दिइएको सेवा सुविधा कर्मचारीबाट असुल गर्न निर्देशन दिइएको छ। मन्त्रालयको पत्रपछि सेबोनका कर्मचारी विरोधमा उत्रिएका हुन्।