जोडिनुहोस
आइतवार, असार २८, २०८३
आइतवार, असार २८, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबर अर्थात ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ अर्थात ५.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ। बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

1740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्