जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादशैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् ।

बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा उनले टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

दशैंमा डिजिटल दक्षिणा

दशैं, नेपालीहरूको महान् पर्व, जहाँ परिवार, माया र उत्सवको मेल हुन्छ । दशैंको अवसरमा जमारा र टिका जति महत्वपूर्ण छन्, त्यति नै महत्वपू्र्ण हुन्छ दक्षिणा । विगतमा दक्षिणा दिने प्रचलन नगदमा सीमित थियो । तर, आजको डिजिटल युगले यस चलनमा पनि नयाँ मोड दिएको छ ।
डिजिटल प्रविधिको तीव्र विकासले नेपाली समाजमा समय, ऊर्जा र खर्च दुवै बचाउन सहयोग पुर्‍याएको छ ।

पहिले घरबाट बैंक पुगेर नयाँ नोट छुट्याएर दक्षिणा दिने प्रचलन व्यापक थियो । यसका लागि घन्टौं समय खर्चिन्थ्यो । अहिले भने मोबाइल बैंकिङ, डिजिटल वालेट र एपहरूको प्रयोगले घरमै बसेर एक क्लिकको आधारमा दक्षिणा उपलब्ध गराउन (पठाउन) सकिन्छ ।

कोभिडले डिजिटल दक्षिणालाई दियो गति
विश्वव्यापी कोभिड–१९ महामारीले अनलाइन भुक्तानी प्रणालीको प्रयोगलाई थप तीव्रता दियो । अहिले मानिसहरू बजारमा धमाधम डिजिटल भुक्तानीबाट आवश्यक सामान खरिद गर्न थाले । यही प्रवृत्तिले दशैंमा दक्षिणा दिने चलन पनि डिजिटल बनाउन सहयोग पुर्‍यायो । अब, नगद ल्याएर दक्षिणा दिनु अनिवार्य छैन, र डिजिटल कारोबार सुरक्षित, छिटो र सहज भएको छ ।

डिजिटल दक्षिणाका फाइदा
डिजिटल दक्षिणाले केवल सुविधाजनक भुक्तानी मात्र होइन, आर्थिक सुरक्षा र वित्तीय अनुशासन पनि सुनिश्चित गर्दछ । समय र खर्च बचत: घरमै बसेर दक्षिणा पठाउन सकिन्छ । पहिले पहिले जस्तो बजार र बैंक धाउन समय खर्च हुँदैन । नगद प्रयोग न्यूनीकरण: नोट छपाइ र सञ्चयमा सरकारको बोझ घट्छ । सुरक्षा: डिजिटल भुक्तानीले चोरी वा गुमाउने जोखिम कम गर्छ । वित्तीय अनुशासन: नियमित डिजिटल लेनदेनले वित्तीय योजना र बचतको अभ्यास बढाउँछ ।

चुनौतीहरू पनि छन्
यद्यपि, डिजिटल दक्षिणालाई पूर्ण रूपमा अपनाउन सजिलो छैन । दशैंमा नयाँ नोट प्राप्त गर्ने चलन धेरै पुरानो छ । जमारा, टिका र दक्षिणा अनिवार्य जस्ता लाग्ने भएकाले पुरानो बानी परिवर्तन गर्न समय लाग्छ । विशेषगरी जेष्ठ नागरिक र प्रविधिमा कम परिचित व्यक्तिहरूले डिजिटल भुक्तानी अपनाउन ढिलाइ गर्ने गर्दछन् ।

विशेषज्ञहरूले भन्छन्,‘कुनै पनि परिवर्तन असम्भव छैन । डिजिटल दक्षिणा अपनाउन समय, धैर्य र सचेत प्रयास आवश्यक पर्छ । बच्चादेखि बुढेसम्म सबैमा डिजिटल भुक्तानीबारे जानकारी र प्रशिक्षण दिनुपर्छ ।’

भविष्यतर्फ कदम
राष्ट्र बैंकले पनि नगदको सटही घटाउँदै डिजिटल कारोबारलाई प्रोत्साहित गरिरहेको छ । यसबाट भविष्यमा नेपाली चाडपर्वमा डिजिटल दक्षिणा नै प्राथमिक विकल्प बन्ने अपेक्षा गरिएको छ । यसले केवल दक्षिणालाई सजिलो बनाउँदैन, वित्तीय प्रणालीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउँछ ।

डिजिटल दक्षिणा अपनाउने क्रममा बैंक र वित्तीय संस्थाले प्रोत्साहनात्मक योजनाहरू ल्याउनुको अर्थ मात्र लाभदायक अफर होइन । यसले डिजिटल अर्थव्यवस्था विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । ग्राहकहरू डिजिटल कारोबारमा अभ्यस्त भए साना तथा ठूला व्यापारमा पनि नगदरहित भुक्तानी प्रवृत्ति बढ्छ ।

डिजिटल दक्षिणा अब केबल प्रविधिको प्रयोग मात्र नभई सांस्कृतिक परम्परा र आधुनिक वित्तीय अभ्यासको संयोजन हो । यो दशैंमा नयाँ सोच र व्यवहारको विकासको प्रतीक पनि बन्न सक्छ ।

विशेषज्ञहरूका अनुसार केही वर्षभित्र नगद प्रयोग घटेर डिजिटल दक्षिणा नै मुख्य विकल्प बन्ने अपेक्षा गरिएको छ । चुनौती र पुरानो बानीले केही बाधा पुर्‍याए पनि डिजिटल दक्षिणा अपनाउनु केवल समयको आवश्यकता मात्र होइन, सुरक्षा, सुविधा र वित्तीय अनुशासनको आवश्यकता पनि हो ।

अब दशैंमा तपाई जमारा र टिका जति महत्वपूर्ण डिजिटल दक्षिणालाई प्राथमिकता दिन सक्नुहुन्छ । सुरक्षित, छिटो र आधुनिक तरिकाले दक्षिणा पठाएर तपाईं आफ्नो परम्परा जोगाउने र वित्तीय सुरक्षा सुनिश्चित गर्ने दुवै काम गर्न सक्नुहुन्छ ।

सुनसान काठमाडौं

हाल काठमाडौंका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आ-आफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ ।

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्ष भरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आ-आफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।

सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।

उनले भने, ‘दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।’

गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घर आँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन् । परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनः भेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् ।

दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौंबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म ८ दिनको अवधिमा मात्रै ५ लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौं घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर नीलो टेन्टमुनी उपचार गर्न बाध्य हुनुपरेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) का अनुसार मङ्गलबार साँझ ९:५९ बजे (१३:५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै केन्द्रविन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो । यस सहरमा करिब ९० हजार मानिस बसोबास गर्छन् ।

भूकम्पपछि लगातार सयौँ पटक परकम्प आएका कारण स्थानीय बासिन्दा रातभर बाहिरै बस्न बाध्य भए । अस्पताल परिसरमा घाइते बालबालिकाहरू रोइरहेका र वयस्कहरू चिच्याइरहेका दृश्य देखिएको थियो । त्यहीँ कर्मचारीहरूले स्ट्रेचरमा कालो शरीरका झोलाहरू राखी शवगृहतर्फ लैजाने कार्य जारी राखेका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदका अनुसार केन्द्रीय टापुहरूमा १४७ जना घाइते भएको र कम्तीमा २२ भवन क्षतिग्रस्त भएको पुष्टि गरिएको छ ।

नागरिक सुरक्षा उप-प्रशासक राफेलिटो अलेजान्ड्रोले पत्रकारहरूसँग भने, ‘हामीलाई थप हताहतको विवरण प्राप्त भइरहेको छ, परिस्थिति अत्यन्त संवेदनशील र परिवर्तनशील छ ।’ स्थानीय उद्धारकर्ता टेडी फन्टिलासका अनुसार बोगोको अस्पताल भरिसकेपछि घाइतेहरूलाई करिब १०० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी सेबु शहरका अस्पतालतर्फ सार्नुपरेको छ । सेबु प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले आफ्नो आधिकारिक फेसबुकमार्फत गम्भीर घाइतेहरूको उपचारका लागि अस्पताल बाहिर समेत आपत्कालीन उपचार गर्नुपरेको जानकारी दिए ।

भूकम्पका कारण ऐतिहासिक संरचना र सार्वजनिक भवनहरूमा समेत क्षति पुगेको छ । सेबु नजिकैको बान्टायन टापुको पुरानो क्याथोलिक चर्चको बेल्फ्री खस्दा भाग्यवश कसैलाई चोट नलागेको प्रत्यक्षदर्शीहरूले बताए । त्यस्तै, स्थानीय टेलिभिजनले सेबु पुल हल्लिँदा मोटरसाइकल यात्रीहरू रेलिङ समातेर ज्यान जोगाइरहेको दृश्य देखाएको छ ।

अनलाइन व्यापारी जेफोर्ड मारङ्गा (२१) ले भने, ‘हामी फुड कोर्टमा थियौँ, अचानक सबैतिर थरथर हल्लियो । मलको छत खस्न सक्छ भन्ने डरले हामी टेबलमुनि लुक्यौँ ।’ सेबु प्रान्तीय सरकारले उद्धारमा सहयोग गर्न चिकित्सक र स्वयंसेवकलाई आह्वान गरेको छ । प्रान्तीय उद्धार अधिकारी विल्सन रामोसका अनुसार अँध्यारो र निरन्तर परकम्पले उद्धार कार्यमा थप कठिनाइ ल्याएको छ ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार हालसम्म ३७९ पटक परकम्प आइसकेका छन् । भूकम्पपछि सेबु र वरपरका टापुहरूमा विद्युत् आपूर्ति अवरुद्ध भए पनि मध्यरातपछि पुनः सञ्चालनमा ल्याइएको छ ।
बान्टायनमा एक व्यावसायिक भवन र विद्यालय ढलेका छन् भने बोगोस्थित फास्टफुड रेस्टुरेन्टमा ठूलो क्षति पुगेको छ । स्थानीय बासिन्दा एग्नेस मेर्जाले आफ्नो घरको भान्साको टाइल भत्किएको र छिमेकीहरू घरबाट भागेको अनुभव सुनाउँदै भने, ‘यो मेरो जीवनकै पहिलो ठूलो अनुभव हो । यस्तो लाग्यो कि हामी सबै तलै खस्नेछौँ ।’

त्यस्तै, टाबोगन सहरका सडकहरूमा करिब पाँच सेन्टिमिटर दरार देखिएको छ । सुरुमा युएसजिएसले ७ म्याग्निच्युडको भूकम्प भएको बताए पनि पछि ६.९ मा परिमार्जन गरिएको हो । प्यासिफिक सुनामी चेतावनी केन्द्रले भने यस भूकम्पबाट सुनामीको कुनै खतरा नभएको स्पष्ट पारेको छ ।

फिलिपिन्स प्रशान्त महासागरको ‘रिङ अफ फायर’ मा अवस्थित भएकाले यहाँ दैनिकजसो हल्का भूकम्प अनुभव हुने गर्दछ । यद्यपि यसपटकको जस्तो शक्तिशाली र विनाशकारी भूकम्प कहिले र कहाँ आउँछ भन्ने भविष्यवाणी गर्ने प्रविधि अझै उपलब्ध छैन ।

दसैँमा वर्षेनी महङ्गो भाडाको मारमा हवाई यात्रु

दसैँमा गाउँघर पुगेर आफन्त र साथी भाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला ! तर, दसैँका बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरूको जवाफ हुन्छ ।

एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले अनलाइनबाट टिकट पाउन मुस्किल छ । सहुलियत दरका टिकट त परैको कुरा महँगो टिकट पनि पाउन सकस छ ।

काठमाडौंदेखि सबैभन्दा लामो गन्तव्य धनगढीका लागि १७ हजार रुपैयाँभन्दा बढी हवाई भाडा पर्छ । काठमाडौं-विराटनगरमा ९ हजार ७ सय रुपैयाँ छ । धनगढीकी निशा पाण्डे महंँगै भए पनि हवाई टिकटको खोजीमा निकै दिन भौतारिन् । मुस्किलले महँगो दरमा हवाई टिकट पाइन् । उनलाई धनगढीबाट कसरी फर्किने भन्ने अर्को चिन्ता छ । बझाङका वसन्तराज जोशीलाई विगतका वर्षझैँ यसवर्ष पनि दसैँमा टिकट पाउन निकै सास्ती बेहोर्नुपर्यो । मोरङकी सङ्गीता सापकोटाले विराटनगरका लागि हवाई टिकट नपाएपछि गाडीबाटै गन्तव्यतर्फ लागिन् ।

हवाई भाडा महँगो भएको गुनासो बढेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई भाडादर सस्तो बनाउन पटक–पटक वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । दसैँमा यात्रुको चापलाई मध्यनजर गरी उडान सहजीकरण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले, क्यानका पदाधिकारी, वायुसेवा कम्पनीका प्रतिनिधिसँग हालै छलफल पनि गरेको थियो ।

किन हरेक वर्ष दसैँमा हवाई भाडा महँगो हुन्छ भन्ने जिज्ञासामा क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, ‘अहिले सबै मानिसले हवाई भाडा महँगो भयो भनिरहेका छन् । हामीले हवाई भाडा सस्तो गर्नु निरन्तर वायुसेवा कम्पनीलाई निर्देशन दिइरहेका छौँ । सोही निर्देशन बमोजिम बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले धनगढीका लागि उच्चतम भाडा १७ हजार रुपैयाँ रहेकामा १२ हजार ५०० रुपैयाँसम्ममा टिकट बिक्री गरेको सिस्टममा देखाएको छ ।’

सूचना अधिकारी भूलले यो समस्या हरेक पटक दोहोरिरहेकाले हवाई भाडा प्रणालीबारे स्पष्ट हुन जरुरी रहेको उल्लेख गरे । नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ का अनुसार नेपालको हवाई यातायातमा यदि यात्रु वा कार्गोको भाडा दर तोक्नु परेमा क्यानले सिफारिस गर्ने, नेपाल सरकारले निर्धारण गर्ने र त्यो लागू भए/नभएको क्यानले अनुगमन गर्ने र कार्यान्वयन नभएमा क्यानको महानिर्देशकले सम्बन्धित एयरलाइन्सलाई कारबाही गर्ने व्यवस्था छ ।

सूचना अधिकारी भूलका अनुसार प्राधिकरण ऐन अन्तर्गत बनेको दुई वटा नियमावली छन् । सेवा प्रदायक र नियामक । जसमा विमानस्थल सेवा शुल्क नियमावली २०७८ र नागरिक उड्डयन नियमावली २०५८ । नागरिक उड्डयन नियमावलीमा अन्तर्राष्ट्रिय हवाई भाडा चाहिँ जुन देशसँग हवाई सम्झौता हुन्छ त्यो सम्झौताका आधारमा निर्धारण हुन्छ । अहिले नेपालले ४२ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । अधिकतम मुलुकसँग ‘ओपन फेयर पोलिसी’ (फ्रि प्राइसिङ) माग र आपूर्तिका आधारमा हवाई भाडा निर्धारण गरिन्छ ।

सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा अधिकतम र न्यूनतम् हवाई भाडा तोक्ने हुनाले तोकिएको भन्दा बढी भाडा एयरलाइन्सले लिन नपाउने सूचना अधिकारी भूलले बताए । उनका अनुसार आन्तरिक तर्फ दुई प्रकारले भाडा निर्धारण हुन्छ । नियमित र चार्टर्ड उडान । यी दुवै उडानको भाडा दर क्यानबाट स्वीकृत हुनुपर्छ ।

उनले भने, ‘नियमित उडानमा यदि ५ हजार ७०० केजीभन्दा सानो जहाज अर्थात् १९ सिट क्षमता भन्दा सानो जहाज छ भने ‘सिङ्गल फेयर सिस्टम’ हुन्छ ।’ उदाहरणका रुपमा काठमाडौंबाट लुक्ला उड्ने ट्वीनअटर जहाजको भाडा दर एउटै हुन्छ । तर, १९ सिट क्षमताभन्दा माथिका एटीआर जहाजमा सरकारले वायुसेवा कम्पनीको लागतका आधारमा न्यूनतम् र अधिकतम भाडा दर तोक्ने र एयरलाइन्सले न्यूनतम्, अधिकतमको भाडा निर्धारण गर्न पाउँछन् ।

हाल विराटनगरको हवाई भाडा ५ हजार १ सय रुपैयाँबाट ९ हजार ७ सय रुपैयाँ कायम छ । एयरलाइन्सले ५ हजार १ सय रुपैयाँदेखि ९ हजार ७ सय रुपैयाँसम्मका प्रत्येक टिकट बिक्री गर्न पाउँछ । तर, ५ हजार १ सय रुपैयाँ भन्दा कम र ९ हजार ७ सय रुपैयाँभन्दा बढी लिएमा गैरकानुनी हुन्छ ।

उनले काठमाडौंबाट विराटनगरको भाडा दर निर्धारण वायुसेवा कम्पनीको लागत दरका आधारमा हुने जानकारी दिए । सरकारले विसं २०७३ मा निर्धारण गरेको हवाई भाडा नै हालसम्म कायम छ । लागत दरमा हवाई इन्धनको मूल्य, जहाजको प्रकृतिको आधार, यात्रु सेवा शुल्क र १३ प्रतिशत कर यी चार कुराको आधारमा हवाई भाडा निर्धारण हुने क्यानले उल्लेख गरेको छ । पहिला साना जहाजको आधारमा भाडा निर्धारण गरिएको थियो ।

अहिले बजारमा एटीआर-७२ र सिआजे जहाज सञ्चालन भइरहेको छ यसले पनि हवाई भाडा बढेको बताइन्छ । नेपालमा हाल दक्षिण एसियाकै महँगो हवाई इन्धन रहेको अधिकारीहरू बताउँछन् । एयरलाइन्सले हवाई इन्धन, विमानस्थल शुल्क र १३ प्रतिशत करका कारण भाडा महङ्गो भएको जनाउँदै आएका छन् ।

राज्यकातर्फबाट इन्धन, विमानस्थल शुल्क र करमा सहुलियत दिएमा मात्रै भाडा घटाउन सकिने विमान सेवा कम्पनीहरू बताउँछन् ।

कसरी बढ्छ हवाई भाडा ?
यसैपनि काठमाडौंबाट एकतर्फी खाली सिट जहाज चलाउनुपर्ने भएकाले सञ्चालन खर्च व्यवस्थापनका लागि भाडा महँगो हुने विमान सञ्चालक कम्पनीहरू बताउँछन् । रुस र युक्रेनको युद्धले जहाजका पार्ट पुर्जा महँगो भएको छ । हवाई इन्धनको मूल्य चुलिएको छ । यिनै लगायत कारण हवाई भाडा महँगो भएको कम्पनीहरूको भनाइ छ । सरकारी स्वामित्वको नेपाल वायुसेवाको आन्तरिक बजारमा उपस्थिति कमजोर छ । करिब ९० प्रतिशत आन्तरिक हिस्सा निजी वायुसेवा कम्पनीको छ ।

‘प्रत्येक वर्षको दुई महिना यस्तो समस्या आउँछ । सुगम गन्तव्यमा उड्ने जहाज ३० वटा छन् । दुर्गममा उड्ने जहाज १० वटा छन् । सिट क्षमता निश्चित छ । दैनिक १० हजार यात्रु उड्छन् । अहिले आन्तरिकमा वार्षिक ४५ लाख र अन्तर्राष्ट्रियमा ५० लाख यात्रुले हवाई यात्रा गर्छन् । अब, दुई महिनाका लागि मात्रै जहाज थप्ने कुरा भएन । यसकारण उडान चापले हवाई भाडा सस्तो गराउन समस्या हुन्छ,’ क्यानका सूचना अधिकारी भूल भन्छन् ।

उनले कानुनी रुपमा पनि एयरलाइन्सलाई कम मूल्यमा हवाई टिकट बिक्री गराउन नसकिएको उल्लेख गरे । हवाई भाडा दर कम गर्न कि एकल भाडा दरमा जानुपर्छ कि, इन्धनमा सहुलियत र करमा छुट दिनुपर्छ । तब मात्रै समस्याको समाधान हुने उनी बताउँछन् । नभए एयरलाइन्सलाई भाडा कम गर भनेर मात्रै विमान कम्पनी सञ्चालन गर्न समस्या हुने उनको जिकिर छ ।

वायुयान कोष सञ्चालन गरेर दसैँलगायत चाडपर्वको अवसरमा सम्बन्धित एयरलाइन्सलाई सहयोग गर्ने गरेको खण्डमा भाडा दर सस्तो हुने उनको भनाइ छ । नीतिगत सुधार गरेर वायुसेवा कम्पनी र यात्रु दुवै मर्कामा नपर्ने गरी हवाई भाडा समायोजन गर्नुपर्ने देखिन्छ ।

वायुसेवा सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले दसैँमा हवाई कम्पनीले तोकिएको उच्चतम भाडा दर भन्दा बढी भाडा नलिएको बताउँछन् । काठमाडौंबाट बाहिरका जिल्ला जाने यात्रुको अत्यधिक चाप रहेको र फर्किने यात्रु नभएकाले भाडा केही महङ्गो भएको उनले बताए ।

वायु सेवा प्रदायक कम्पनीले दसैँ आउन एक महिनाअघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा महङ्गो भाडा असुल्ने गरेको गुनासो सुनिन्छ । दसैँका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फको उडानमा चाप रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार घटस्थापनाको दिनदेखि आन्तरिक विजयादशमीसम्म उडानमा चाप छ । आन्तरिकमा एकतर्फी दैनिक १६० हाराहारी उडान भइरहेका छन् । अन्तर्राष्ट्रियमा दैनिक १२० हाराहारी उडान भइरहेका छन् ।

निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले तोकिएको भन्दा बढी भाडा दर नलिएको दाबी गरेका छन् । दसैँमा यात्रुको चाप रहेकाले केही गन्तव्यमा हवाई टिकट पाउन समस्या रहेको उनीहरुको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फ गरी दैनिक ३५० हाराहारी उडान हुने गरेकामा हाल दैनिक ४५० भन्दा बढी उडान भइरहेका छन् । आन्तरिक तर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् ।

६ वर्षपछि सटडाउन भयाे अमेरिकी सरकार

अमेरिकाकाे संघीय सरकार औपचारिक रूपमा बन्द ‘सटडाउन’ भएको छ। सरकार सञ्चालनका लागि बजेट प्रस्ताव पारित गर्न असफल भएपछि ट्रम सरकार सटडाउन भएकाे हाे । लामाे समयदेखि रिपब्लिकन र डेमोक्र्याटबीच ओबामाकेयर (अफाेडेबल केयर एक्ट) का लागि थपिएको अनुदानमा विवाद चलिरहेको थियो, जसले गर्दा २०१९ पछि पहिलोपटक अमेरिकी सरकार बन्द भएको हो।

दुबै पार्टीका नेताहरू सार्वजनिक र निजी रूपमा यो संकटको जिम्मा अर्को पार्टीमाथि हालिरहेका छन्। सटडाउन कति लामो चल्न सक्छ भन्ने कसैलाई थाहा नभएपछि मंगलबार राति सिनेट सदस्यहरू पूर्ण अनिश्चिततासहित घर फर्किएकाे सिएनएनले उल्लृख गरेकाे छ ।

बुधबार रिपब्लिकनहरूले पुनः त्यही प्रस्ताव अघि ल्याउने तयारी गरेका छन् भने जसलाई पारित गराउन उनीहरू डेमोक्र्याटहरूलाई बारम्बार दबाब दिँदैछन्। तर धेरै डेमोक्र्याटहरूले स्पष्ट रूपमा आफुहरू नझुक्ने बताएका छन् ।

यसअघि पनि ट्रम्प राष्ट्रपति हुँदा अमेरिकामा सटडाउन भएको थियो। ट्रम्पको पहिलो कार्यकालको दुई महिनापछि सन् २०१८ को डिसेम्बरमा संघीय कोषमा कंग्रेसले सहमति जुटाउन नसक्दा ३५ दिनको आंशिक सटडाउन भएको थियो।

साढे ७ लाख सरकारी कर्मचारी बिदामा
सरकार बन्द हुँदा यसको प्रभाव संघीय कर्मचारीहरू र जनसाधारणको सेवामा गम्भीर रूपमा पर्नेछ। करिब ७५०,००० संघीय कर्मचारीहरूलाई बिदा मा पठाइनेछ, जसले गर्दा उनीहरूले दैनिक झन्डै ४० करोड अमेरिकी डलर बराबरको तलब गुमाउनेछन्।

अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरू भने काममा जानुपर्नेछ, तर उनीहरूले तलब संकट अन्त्य नहुन्जेल पाउने छैनन्। केही सेवाहरू भने अघिल्लो वर्षको बजेटबाट जारी रहनेछन्।

यस सटडाउनका कारण धेरै संघीय सेवाहरूमा अवरोध आउनेछ। केही राष्ट्रिय पार्कहरू बन्द हुने वा सीमित सेवा मात्र प्रदान गर्नेछन्। यदि सम्बन्धित राज्य एजेन्सीहरूसँग प्रशासकीय कोष पर्याप्त छ भने सामाजिक सुरक्षा, बेरोजगारी भत्ता, मेडिकेयर र मेडिकेडजस्ता सेवा भने निरन्तर चल्नेछन् ।

भूतपूर्व सैनिकहरूका लागि आत्महत्या रोकथाम, बेघर सहायता कार्यक्रम, भत्ता र राष्ट्रिय समाधिस्थलमा गाड्ने कामजस्ता अत्यावश्यक सेवाहरू जारी रहनेछन्।

तर जीआई बिल हेल्पलाइन, सिभिलियन जीवनमा रूपान्तरण सहायता कार्यक्रम, समाधिस्थलको हेरचाह तथा टाउकोपत्थर स्थापनाजस्ता कार्य भने सरकार खुला नभएसम्म स्थगित हुनेछन्।

ओबामाकेयर अनुदान के हो?
२०२१ मा बाइडेन प्रशासनले कोभिड राहत योजनाअन्तर्गत ओबामाकेयरमा बीमा प्रिमियम अनुदान थपेको थियो।

यसले मध्यम वर्गका लागि बीमा किन्न सजिलो बनाएको थियो भने २४ मिलियन अमेरिकी नागरिकहरूलाई बीमा योजनामा दर्ता हुन प्रेरित गरेकाे छ।

यदि अनुदान समयमै नविकरण भएन भने, २०२६ मा औसत प्रिमियम ७५ प्रतिशतले बढ्नेछ भन्ने अनुमान गरिएको छ।

दशैं मनाउँनका लागि ७ लाख बढीले काठमाडौं छाडे

सहरको चिल्ला सडकहरू सुनसान हुँदैछन् । चोकहरूमा भीड पातलिँदै छ । बसपार्कहरू यात्रुहरूको हतारो व्यापाक छ । वर्षको सबैभन्दा ठूलो चाड दशैं मनाउन काठमाडौं उपत्यका छाड्नेहरूको लहर दिनप्रतिदिन बढ्दो छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भदौ ३१ गतेदेखि असोज १४ गते बिहानसम्म १ लाख ३५ हजार ३१६ सवारी साधनमार्फत ७ लाख ६९ हजार ५३ जना काठमाडौं छाडेका छन्।

नागढुङ्गा, भक्तपुर, साँखु, थानकोट–चित्लाङ, फर्पिङ, भिमढुङ्गा, चापागाउँ (भट्टेडाँडा) लगायत नाकाहरूबाट यात्रुहरू घर फर्किरहेका छन् ।

यात्रुको चापमा सबैभन्दा बढी भीड शनिबार र आइतबार देखिएको छ । शनिबार १८ हजार ९८१ सवारीबाट ८८ हजार ८९७ जना र आइतबार १८ हजार ६१३ सवारीबाट १ लाख ११ हजार ६३९ जना उपत्यका बाहिरिएका थिए ।

असोज १३ गते बिहान ६ बजेदेखि असोज १४ गते बिहान ६ बजेसम्मको तथ्यांक हेर्दा मात्रै पनि करिब १ लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

नागढुङ्गा नाका मार्फत २८ हजार ५७८ जना भक्तपुर नाका मार्फत ३० हजार ६४ जना, फर्पिङ नाका मार्फत २० हजार ५७८ जना र बाँकी नाकाहरू (साँखु, थानकोट–चित्लाङ, तिनपिप्ले, भिमढुङ्गा, चापागाउँ) हुँदै पनि हजारौं यात्रु बाहिरिएका छन् ।

नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्य बनाउन आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ल्यायो नयाँ बीमालेख

नेपालमा आउने विदेशी पर्यटकको सुरक्षा र विश्वासलाई प्राथमिकता दिँदै आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले हिमालयन गार्डियन नेपाल (एचजीएन) ट्रेकिङ तथा सुरक्षा उपकरण व्यवस्थापन कम्पनीसँगको सहकार्यमा विदेशी पर्यटकलाई लक्षित गरी नयाँ बीमा योजना ल्याएको छ।

खास गरेर नेपालको विभिन्न भागमा घुम्नका लागि, पदयात्राका लागि र हिमाल आरोहणका लागि आउने विदेशी पर्यटकले अब नेपालमा अवतरण गर्नासाथ सुरक्षित बीमालेख प्राप्त गर्नेछन्। उक्त बीमालेखको बारेमा जानकारी दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेशभक्त बादे श्रेष्ठले नेपाललाई अझै सुरक्षित पर्यटन गन्तव्य बनाउनका लागि नयाँ बीमालेखको सुरुआत गरिएको जानकारी दिए।

यो बीमालेखअन्तर्गत कम्पनीले तीन तहको सुरक्षा प्रदान गर्नेछ। जसमा पहिलो साँस्कृतिक भ्रमण, शैक्षिक भ्रमण तथा अवकाश यात्राका लागि, दोस्रो पदयात्राका लागि र तेस्रो हिमाल आरोहणका लागि फोकस गरेर उक्त बीमालेखको सुरुआत गरिएको कम्पनीले स्पष्ट पारेको छ। जसबाट पर्यटक सुरक्षित र ढुक्क भएर यात्रा गर्न सक्नेछन्।

यात्राका क्रममा केही त्यस्तो दुर्घटना हुन गएमा सहज र नगदरहित औषधोपचारसमेत यस बीमालेखमा व्यवस्था गरिएको सीईओ श्रेष्ठले जानकारी गराए। यस बीमालेख खरिद गर्ने प्रत्येक पर्यटकसँग सेटेलाइटजडित विशेष उपकरण उपलब्ध रहेको हुनेछ। जसबाट आपतकालीन अवस्थामा यात्रुले सिधै बटन थिचेर तुरुन्तै उद्धारका लागि सेवाप्रदायक र चिकित्सकहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्। जसले गर्दा घाइते पर्यटकको अवस्था हेरी तुरुन्त सहज रुपमा स्थलमार्ग तथा हेलिकप्टर सेवासहित अस्पतालहरुमा औषधोपचार गराउन सकिनेछ।

अन्ततः ढुक्क भएर सुरक्षित साथ हरेक पर्यटकले नेपालको हरेक क्षेत्रमा घुम्न, दृश्यावलोकन, पदयात्रा अथवा हिमाल आरोहण गर्न सक्ने कम्पनीले जनाएको छ।

बीमालेखअन्तर्गत हुने कभरेजहरु
आपतकालीन उद्धार खर्चः हेलिकप्टर वा स्थलमार्गद्वारा गर्ने उद्धार सेवाको खर्च समावेश।
चिकित्सा खर्चः अस्पताल उपचार, शल्यक्रिया, औषधि र अन्य स्वास्थ्य सेवामा हुने खर्च।
उच्च जोखिम क्षेत्र वा उचाइजन्य सुरक्षाः विभिन्न उचाइमा हुने स्वास्थ्य समस्या वा जोखिमलाई कभरेज।
अपांगता वा मृत्यु लाभः दुर्घटनाबाट स्थायी अपांगता वा मृत्यु भएमा प्रदान गरिने बीमा रकम।
चौबीसै घन्टा आपतकालीन सहायता सेवाः बहुभाषिक हेल्पलाइन र अन्तर्राष्ट्रिय उद्धार संस्थामार्फत निरन्तर सहायता।
कम्पनीले यस बीमालेखका माध्यमबाट नेपालको पर्यटकको संख्या र पर्यटकको बसाइ अवधि लम्ब्याउन मद्दत पुग्ने विश्वास लिएको छ। जसले गर्दा पर्यटनको क्षेत्रमा नेपालले अझै प्रगति हासिल गर्ने र नेपाल एक सुरक्षित पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु परिचित हुने विश्वास पनि कम्पनीले लिएको छ।

सीईओ श्रेष्ठले उक्त बीमालेख नेपालमा दर्ता भएका ट्रेकिङ तथा पर्यटन एजेन्सीहरुमार्फत सहजै खरिद गर्न सक्ने व्यवस्था रहेकोसमेत जानकारी दिए। ‘हाम्रो लक्ष्य केवल बीमा बेच्नुमात्र नभएर नेपालमा आउने सम्पूर्ण पर्यटकलाई सुरक्षित महसुस गराउनु र संकटमा पर्यटकको जीवन रक्षामा तत्काल सहायता गर्नु पनि हो’, उनले भने।

दशैंमा पनि खुला छन् यी बैंकका शाखाहरु

दशैंको लामो बिदामा पनि वाणिज्य बैंकहरूले विभिन्न शाखा सञ्चालन गर्ने भएका छन्। दशैंका मुख्य दिनमा समेत आवश्यक वित्तीय कारोबार सहज होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा शाखा कार्यालयहरू खुला रहने बैंकहरूले जनाएका छन्।

बैंकहरूको सूचनाअनुसार दशैं बिदामा खुल्ने शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्राप्त गर्न सकिनेछ। यस अवधिमा नगद भुक्तानी तथा निक्षेप, चेक भुक्तानी, विदेशी मुद्रा विनिमय, एटिएम मर्मतजस्ता आधारभूत सेवा सहज हुने वाणिज्य बैंकहरूको संघले जनाएको छ।

यसअघि दशैंमा अधिकांश बैंकहरू पूर्ण रूपमा बन्द हुँदा व्यावसायिक तथा व्यक्तिगत कारोबारमा असुविधा हुने गरेको थियो। तर यस वर्ष ग्राहक सुविधालाई ध्यानमा राख्दै बैंकहरूले छुट्टै कार्ययोजना बनाएर शाखा तोकेका छन्।

कुन बैंकका शाखा खुल्छन् ?

एभरेष्ट बैंक – न्यूरोड, पुल्चोक, ठिमी

नेपाल बैंक – काकरभिट्टा, कृष्णनगर, न्यूरोड

राष्ट्रिय वाणिज्य बैंक – विराटनगर, इटहरी, वसन्तपुर, धनगढी, त्रिभुवन विमानस्थल

ग्लोबल आईएमई बैंक – विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड, मुग्लिन, भरतपुर, हेटौंडा, पर्सा, चरिकोटलगायत

नबिल बैंक – विराटनगर, इटहरी, धरान, दमक, जनकपुर, ललितपुर, कलंकी, ठिमी, महाराजगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत

सानिमा बैंक – काठमाडौं उपत्यकाका विभिन्न शाखा (कलंकी, नयाँ बानेश्वर, चाबहिल, गोंगबु, महाराजगञ्ज आदि) र इटहरी, दमक, जनकपुर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढी, महेन्द्रनगरलगायत

हिमालयन बैंक – हिटी दरबार, त्रिपुरेश्वर, न्यूरोड, भक्तपुर, बनेपा, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर आदि

कुमारी बैंक – इटहरी, उर्लाबारी, पुतलीसडक, कुमारीपाटी, नयाँ बानेश्वर, नारायणगढ, बुटवल, नेपालगञ्ज, सुर्खेतलगायत

प्रभु बैंक – बबरमहल, कमलादी, जावलाखेल, भक्तपुर, विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, बुटवल, धनगढी आदि

प्राइम कमर्सियल बैंक – कमलपोखरी, पुल्चोक, ठिमी, भरतपुर, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढीलगायत

सिद्धार्थ बैंक – हात्तीसार, न्यूरोड, विराटनगर, बिर्तामोड, जनकपुर, पोखरा, नेपालगञ्ज, बुटवल, धनगढी, महेन्द्रनगर आदि

स्ट्यान्डर्ड चार्टर्ड बैंक – ललितपुर, नक्साल, नयाँ बानेश्वर, पोखरा, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर, धनगढी

एनआइसी एसिया बैंक – विराटनगर, बिर्तामोड, दमक, वीरगञ्ज, जनकपुर, भक्तपुर, पुल्चोक, न्यूरोड, बुटवल, सुर्खेत, धनगढी आदि

कृषि विकास बैंक – देशभरका प्रमुख शाखा (विराटनगर, धरान, बिर्तामोड, राजविराज, वीरगञ्ज, पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर आदि)

लक्ष्मी सनराइज बैंक – काठमाडौं उपत्यका (गैरीधारा, पुल्चोक, भृकुटीमण्डप आदि) र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज

माछापुच्छ्रे बैंक – काठमाडौं, इटहरी, जनकपुर, पोखरा, नारायणगढ, बुटवल, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर आदि

एनएमबी बैंक – धरान, बिर्तामोड, विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत, महेन्द्रनगर आदि

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – दरबारमार्ग, बत्तीसपुतली, कालिमाटी, पुल्चोक, न्यूरोड, ठमेल, पोखरा आदि

नेपाल एसबिआई बैंक – विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी आदि

बैंकहरूले तोकिएका शाखाबाट दशैं बिदामा आधारभूत सेवा सहज हुने जनाएका छन्। यसबाट रकम जम्मा–निकासीदेखि चेक भुक्तानी, एटिएम मर्मत र आवश्यक वित्तीय कारोबारमा ग्राहकलाई सुविधा हुने अपेक्षा गरिएको छ।

दशैं बिदामा समेत सरकारले भुक्तानी नरोक्ने

दशैंको बिदामा समेत सरकारले भुक्तानी नरोक्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्र लेख्दै सो व्यवस्था गर्न भनेको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दशैं बिदामा समेत राहत, उद्धार, क्षतिपूर्ति लगायत शीर्षकमा निकासा दिनुपर्ने हुन सक्ने भएको भन्दै महालेखाले सम्बन्धित निकायबाट भुक्तानी आदेश प्राप्त भएमा निकासा दिने गरी वैकल्पिक व्यवस्था गर्न भनेको छ ।

रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु : ब्याजदर घटाइयो

सरकारले दुई वर्ष रोकिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः सुरु गरेको छ । सो कार्यक्रमलाई नयाँ कार्यविधिसहित लागू गर्नका लागि सरकारले बक्यौता करिब १० अर्ब रुपैयाँ बराबरको ब्याज भुक्तानी पनि गरेको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले भने, ‘सहुलियतपूर्ण कर्जा पुनः सुरु गर्न आवश्यक प्रक्रिया पूरा भएको छ। अब नेपाल राष्ट्र बैंकले आफू मातहत बैंक तथा वित्तीय संस्थालाई कार्यान्वयनका लागि निर्देशन दिनेछ ।’ गत दुई वर्षमा बैंकहरूले सहुलियतपूर्ण कर्जा वितरण रोकेको थियो। ब्याज अनुदान नदिएकाले बैंकहरूले अनौपचारिक रूपमा कर्जा दिन रोकेका थिए। अब सरकारले बक्यौता ब्याज भुक्तानी गरेकोले बैंकहरूले नयाँ कर्जा जारी गर्न तयार हुने अपेक्षा गरिएको छ।

नयाँ कार्यविधिअनुसार, सहुलियतपूर्ण कर्जा दुरुपयोग रोक्न प्रणाली परिष्कृत गरिएको छ। कार्यविधिमा कृषि तथा पशुपन्छी कर्जा ५ करोड रुपैयाँसम्म, महिला उद्यमशीलता कर्जा २५ लाख, वैदेशिक रोजगारबाट फर्केका युवा स्वरोजगार कर्जा २० लाख, शिक्षित युवा परियोजना कर्जा २० लाख, दलित समुदाय उद्यम विकास कर्जा २० लाख, स्टार्टअप उद्यम कर्जा २५ लाख, उद्योगमा बोइलर प्रतिस्थापन कर्जा ५० लाख र प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा ५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने व्यवस्था गरिएको छ।

कार्यविधिअनुसार ब्याजदरमा पनि समायोजन गरिएको छ। यसअघि ५ प्रतिशतसम्मको ब्याज अनुदान उपलब्ध थियो भने अब कर्जा ब्याजको ३ प्रतिशत अनुदान दिइनेछ। कर्जा अवधि ५ वर्षको रहने व्यवस्था छ। सरकारको नयाँ पहलसँगै राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र ऋणीबीच कर्तव्य र अधिकार स्पष्ट हुने गरी जिम्मेवारी छुट्याइएको छ। यसले सहुलियतपूर्ण कर्जा वितरणमा पारदर्शिता र दुरुपयोग न्यून गर्ने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष साउनसम्म बैंक तथा वित्तीय संस्थाहरूले ७६ अर्ब ५२ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा वितरण गर्न बाँकी छ। पुरानो कर्जामा सरकारले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको ब्याज भुक्तानी असोज पहिलो साता प्रदान गरेको छ। बाँकी करिब ३ अर्ब रुपैयाँको बक्यौता भुक्तानी छिट्टै सम्पन्न गर्ने तयारी रहेको जानकारी राष्ट्र बैंकका अधिकारीहरूले दिएका छन्।

तुइन खोलाको पहिरो हटाइयो, ७ घण्टादेखि फसेकाहरु गन्तव्य तिर लागे

नारायणगण मुग्लिन सडकखण्डमा यातायात संचालन फेरि सुरु भएको छ। आज बिहान तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध भएको थियो। करिब ११ बजेदेखि सडक खुलाउने प्रयास भए पनि करिब ७ घण्टापछि मात्र सडक खुलेको हो।

तुइन खोलामाथिको पहराबाट निरन्तर पहिरो झरेका कारण सवारी चल्न सकेको थिएन। सो सडक अझै अवरुद्ध हुन सक्ने अवस्था रहेकोले सतर्कता अपनाउन भनिएको छ।