जोडिनुहोस
शनिबार, जेष्ठ १२, २०८१
शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकद्धारा जेष्ठ नागरीक सम्मान तथा सामाजिक सुरक्षा भत्ता प्रदान

कामना सेवा विकास बैंकद्धारा जेष्ठ नागरीक सम्मान तथा सामाजिक सुरक्षा भत्ता प्रदान

प्रगतिको आधार, कामना सेवासंग कारोवार भन्ने मुल मन्त्र लिएर संचालित कामना सेवा विकास बैंकको कुश्मा शाखाले कुश्मा नगरपालिका ८ चुवामा जेष्ठ नागरीक सम्मान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लव अफ र्पवत चौतारीसंगको सहकार्यमा बैंकले नागरिक सम्मान तथा समाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न गरेको हो । कु.न.पा ८ चुवा का वडा अध्यक्ष राजकुमार क्षेत्रीको प्रखुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा त्यसैवडाका तिन जना जेष्ठ नागरीकहरुलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा लिला कुमारी भण्डारी, लिलावति जैशी तथा लक्ष्मी विश्वकर्मा रहनुभएको छ । जेष्ठ नागरीक सम्मान पश्चात सबैलाई गुलकोज वितरण गरी शुस्वास्थ्य एवं दिर्घायुको कामना समेत गरीएको थियो । सम्मान कार्यक्रम पश्चात बैंकले जेष्ठ नागरीक भत्ता वडाकार्यलय बाटै वितरण गरेको शाखाका प्रबन्धक टंकनाथ लामिछानेले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता लिन लामो दुरी पार गरेर जानु पर्ने वाध्यताको अन्त्य गर्दै बैंकले घरदैलो सेवा प्रदान गरेकोमा जेष्ठ नागरिकहरुले बैंकलाई धन्यवाद दिएका थिए । लामिछानेकै अध्यक्षतामा संचालित कार्यक्रमको संचालन किसोर तिमिल्सीना ले गर्नु भएको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा प्रत्यक्ष लाभ हुने खालका गतिविधि हरु संचालन गर्दै आईरहेको छ । शाखाविस्तारमा आक्रमक रुपमा लागेको बैंकको मुलुकभर ९९ शाखा तथा ४५ एटीयम काउन्टरहरु रहेका छन् । ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंकले नयाँ नयाँ योजनाहरु सार्वजनिक गर्दै आएको छ ।

9260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका