जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंकलाई राष्ट्र बैंकले सम्मान

धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंकलाई राष्ट्र बैंकले सम्मान

राष्ट्र बैंकले नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंकलाई राष्ट्र बैंकले सम्मान गरेको हो ।

केन्द्रिय बैंकले आफ्नाे ६९औं वार्षिकोत्सवको अवसर पारेर गत वर्ष सर्वाधिक रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । बैंकको हिस्सा २१.१ प्रतिशत छ ।

राष्ट्र बैंकले आइएमई, इसेवा मनी ट्रान्सफर सिटि एक्सप्रेस मनी ट्रान्सफरलाई पनि सर्वाधिक रेमिट्यान्स भित्र्याएको भन्दै सम्मान गरेको छ ।

रेमिट्यान्स कम्पनी तर्फ भने आइएमई लिमिटेडको सर्वाधिक रहेको छ । आइएमईको हिस्सा २७.५ प्रतिशत छ । यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत २१.१ प्रतिशत र सिटि मनी ट्रान्सफर मार्फत १४.९ प्रतिशत रेमिट्यान्स भित्रिएको थियो ।

605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका