जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • प्रभु बैंक लि. ले जारी गरेको डिबेञ्चर बाँडफाँड

प्रभु बैंक लि. ले जारी गरेको डिबेञ्चर बाँडफाँड

प्रभु बैंक लि. ले रु. १,०००।– अंकित दरको १० वर्षको भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने गरी जारी गरेको रु. १ अर्ब बराबरको “१०.२५% प्रभु बैंक डिबेञ्चर–२०८६” ऋणपत्र मिति २०७६÷०७÷२१ देखि सार्वजनिक निष्काशन गरिएकोमा आज मिति २०७६÷०७÷२९ मा बाँडफाँड गरिएको छ ।

न्यनुतम २५ कित्ता र अधिकतम् ४,००,००० कित्तासम्मको लागि आवेदन गर्न पाउने प्रभु बैंक लि. को ऋणपत्रलाई ICRA-NEPAL ले न्युन कर्जा जोखिम ICRA-NEPAL LBBB रेटिङ्ग प्रदान गरेको थियो ।

प्रभु बैंकले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा सार्वजनिक निष्कान को माध्यमबाट तथा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत÷व्यक्तिहरुलाई विक्रीका लागि छिटोमा मिति २०७६÷०७÷२५ र ढिलोमा मिति २०७६÷०८÷२० मा बन्द हुने गरी मिति २०७६÷०७÷२१ देखि सार्वजनिक निष्काशन गरिएकोमा विक्री अवधि समाप्त हुनु अगावै सार्वजनिक निष्कासन गरिएको बराबरको ऋणपत्र खरिद गरिदिनु भएकोमा सम्पूर्ण डिबेञ्चर धनी महानुभावहरुलाई प्रभु बैंक हार्दिक आभार प्रकट गर्दछ ।

8515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका