जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • कनेक्ट आईपीएसको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक

कनेक्ट आईपीएसको लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानीमा आकर्षक अफर सार्वजनिक

 कनेक्ट आईपीएसले जेठ ६ गतेदेखि साउन ३२ गतेसम्म लागू हुने गरी ‘कनेक्ट आईपीएसबाट भुक्तानी गर्दा लाईफ इन्स्योरेन्स प्रिमियम भुक्तानीको पूरा रकम फिर्ता (रु. ४०,००० सम्म)’ अफर सार्वजनिक गरेको छ ।  

यस अफरअन्तर्गत कनेक्ट आईपीएसबाट लाईफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले रु १ हजार क्यासब्याक प्राप्त गर्न सक्नेछन् । साथै, हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (रु ४०,००० सम्म) फिर्ता पाउन सक्नेछन् ।  

लक्की ड्रमार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली विजेताको जानकारी महिना सकिएपछी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिने छ । 

कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवेमार्फत गरिएको लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।  

310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका