जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • कर्जा लगानीमा बैंकहरु आक्रमकः करिब ५१ अर्ब कर्जा प्रवाहः ६१ खर्ब ६४ अर्ब निक्षेप संङ्कलन

कर्जा लगानीमा बैंकहरु आक्रमकः करिब ५१ अर्ब कर्जा प्रवाहः ६१ खर्ब ६४ अर्ब निक्षेप संङ्कलन

नेपालका २० वाणिज्य बैंकहरुले चैत्त महिनामा ६१ खर्ब ६४ अर्ब रकम निक्षेप संङ्कलन गर्दै करिब ५१ अर्ब पैसा कर्जा प्रवाह गरेको भेटिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो चैत महिनामा आक्रामक लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको रिपोर्ट अनुसार बैंकहरूले चैतमा मात्र ५० अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको भेटिएको छ भन्दा अब फरक पर्दैन । २०८० चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ५१ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो महिना फागुन मसान्तसम्म बैंकहरूले ५० खर्ब ९१ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा कूल निक्षेपको स्थिति ११४.५४ प्रतिशत रहेको छ भने कर्जाको स्थिति ९५.२७ प्रतिशत रहेको छ ।

तर यता समीक्षा अवधिमा निक्षेप भने २४ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकले जनाएको छ । फागुन मसान्तसम्म ६१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५० खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले चैत मसान्तसम्ममा ६१ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५१ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेको भेटिएको छ । कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा कूल निक्षेपको स्थिति ११४.५४ प्रतिशत रहेको छ भने कर्जाको स्थिति ९५.२७ प्रतिशत रहेको छ । केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ को जीडीपीको आकार ५३ अर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ बराबर हुने प्रक्षेपण गरेको देखिन्छ । सचेत भया ।

270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका