जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • जिम्नी रारा एडभेन्चरको ‘अ राईड विथ अ कज’ सम्पन्न

जिम्नी रारा एडभेन्चरको ‘अ राईड विथ अ कज’ सम्पन्न

नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकोर्प तथा सीजी नेस्क्टजेनले जिम्नी रारा एडभेन्चर ‘अ राइड विथ अ कज’ सम्पन्न गरेको छ ।

जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन भन्ने उद्देश्यले यो राइड गरिएको कम्पनीले जनाएको छ । वैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राइड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुँदै सुर्खेतमा सम्पन्न भएको थियो ।

बुटवलबाट सुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इंडिया लिमिटेडका डिभिजनल म्यानेजर अनिल सैनीले जिम्नीका पाँच दशकभन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्वभरी नै जिम्नी एउटा लाइफ स्टाइल एसयूभीको रूपमा निकै लोकप्रिय भएको दाबी गरे ।

९० भन्दा धेरै देशहरूमा लन्च भएको जिम्नी ३० हजार भन्दा धेरै युनिट बिक्री भइसकेको उनले जानकारी दिए । राइडमा १० वोटा जिम्नीले सहभागिता जनाएका थिए । राइडलाई अर्थपूर्ण बनाउन १३५ विद्यार्थी अध्ययनरत कालिकोटको सरस्वती आधारभूत विद्यालयलाई मुलपानी–८ का वडाध्यक्ष लालबहादुर विष्टको उपस्थितिमा दुई लाख रुपैयाँ सहयोग गरिएको थियो ।

राइडमा सहभागी एक जिम्नी ग्राहक शिव श्रेष्ठले रारा जाने इच्छाका साथै जिम्नीको राइड परीक्षण गर्न पाउँदा एकदमै खुसी लागेको बताए । कार्यक्रम बारे बोल्दै सीजी मोटोकोर्प तथा सीजी नेक्स्टजेनका महाप्रबन्धक सिरज पन्तले अफ रोडिङ जिम्नीको मुख्य विशेषता भएको भन्दै ग्राहकहरूमार्फत नै क्षमता परीक्षण गराउन पाउँदा खुसी लागेको बताए ।

280
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?