जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • वित्तीय संस्था पैसा कमाउनका लागि मात्रै होइन: अध्यक्ष गोल्यान

वित्तीय संस्था पैसा कमाउनका लागि मात्रै होइन: अध्यक्ष गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले बैंक तथा वित्तीय संस्था पैसा कमाउनका लागि मात्रै नभएको स्पष्ट पारेका छन् । बिहीबार अध्ययन प्रतिवेदन सार्वजनिकसहित आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले यस्तो बताएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष गोल्यानले भने, ‘बैंक तथा वित्तीय संस्था पैसा कमाउनका लागि मात्रै होइन । देशको आर्थिक सुधार तथा देशलाई के आवश्यक छ त्यही अनुसार लगानी गर्नु पर्छ । त्यसका लागि सरकार, बैंक तथा वित्तीय संस्था मिलेर काम गर्नु पर्ने हुन्छ ।’  साथै बैंकका ब्याज सिंगल डिजिटमै हुनुपर्ने उनको भनाई रहेको छ ।

त्यस्तै, नेपालमा उत्पादन क्षेत्रमा लगानी गर्न धेरैले ध्यान नदिएको उनले बताए । साथै उत्पादनशील क्षेत्रमा लगानी गर्न बैंकहरुले अठोटका साथ प्रण लिनु पर्ने उनको भनाई रहेको छ । ‘अनुत्पादन वा कम उत्पादक क्षेत्रमा प्रवाह हुने ऋणभन्दा उत्पादनजन्य उद्योगहरूमा प्रवाह हुने ऋणको ब्याजदरमा ४ प्रतिशत कम गरी उपलब्ध गराउनु पर्छ’, उनले भने ।

ठूला उत्पादनजन्य कम्पनीहरूलाई अन्तर्राष्ट्रिय कम्पनीहरूको उत्पादन सञ्जालसँग जोड्नका लागि आवश्यक ऋण प्रवाहको व्यवस्था मिलाउनु पर्ने उनको माग रहेको छ । साथै, उत्पादनजन्य उद्योगहरूमा बढी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई सम्मान र पुरस्कारको व्यवस्था गर्नु पर्ने अध्यक्ष गोल्यानको भनाई छ ।

त्यसैगरि, उनले पछिल्लो समय शेयर बजारमा आएको गिरावटका कारण साना लगानीकर्ता सबैभन्दा बढी मार्कामा परेको समेत बताए । उनले कार्यक्रममा बोल्दै भने, ‘अहिले सबैको चासोको विषय बनेको छ शेयर बजार । पछिल्लो समय शेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । विशेषगरि ४ १२ को नीतिका कारण सबैभन्दा बढी साना लगानीकर्ता मार्कामा परेका छन् ।’

3740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका