जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • सिन्धु विकास बैंकको साउन ६ गते साधारणसभा

सिन्धु विकास बैंकको साउन ६ गते साधारणसभा

सिन्धु विकास बैंक लिमिटडले १२ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असार १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सभा साउन ६ गते शुक्रबार बोलाएको हो ।

सभा मिरावल रिसोर्ट होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १० बजे हुने कम्पनीले जानकारी दिएको छ ।

उक्त सभामा आर्थिक वर्ष २०७७÷०७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आ।व २०७८÷०७९ का लागि लेखापरिक्षण नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु निर्वाचन गर्ने र सञ्चालकको बैठक भत्ता लगायतका सुविधामा वृद्धि गर्न बैंकको नियमावलीको नियम ३२ ९१० मा संशोधन गर्ने विषयमा छलफल हुने कम्पनीले जानकारी दिएको छ ।

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?