जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • ग्लोबल मनी विकमा हिमालयन बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी विकमा हिमालयन बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

हिमालयन बैंक लिमिटेडले नेपाल राष्ट्र बंैकबाट जारी सूचनाअन्तर्गत यही चैत ६ गतेदेखि चैत १२ गतेसम्म ‘ग्लोबल मनी विक–२०७९’ का रुपमा देशको सातै वटा प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

वित्तीय साक्षरता कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका बैंकका २४ वटा शाखा कार्यालयहरुले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरेको हो। बैंकको यस कार्यक्रममा विभिन्न कलेजका विद्यार्थी, अविभावक, शिक्षक, सामाजिक कार्यकर्ता, व्यवसायी, बैंकका ग्राहकलगायत सो स्थानका बासिन्दालाई बैंकिङबारे ज्ञानबर्द्धक विषयहरुमा छलफल गर्दै सम्पन्न गरिएको थियो।

कार्यक्रमका सहभागीहरुलाई बैंक के हो ? बैंकले प्रदान गर्ने विभिन्न सेवा–सुविधा, बैंकिङबारे आधारभूत ज्ञान, वित्तीय साक्षरताको महत्व, वित्त व्यवस्थाका लागि व्यक्तिगत तथा परिवारिक बजेट तयार गर्ने तरिका, बचत गर्ने बानी सुधार गर्ने तरिका, बैंकले प्रवाह गर्ने विभिन्न कर्जालगायत सहुलियत पूर्ण कर्जा र त्यसमा प्राप्त गर्न सकिने अनुदान, कानुनी रुपमा गरिने रेमिट्यान्सको प्रक्रिया, कानुनविपरीतको हुन्डी र त्यसका नकरात्मक असर, सफा नोट नीति र नोटलाई जतन गर्ने तरिकालगायतका विषयमा विस्तृत ज्ञान दिइएको थियो।

बैंकले आयोजना गरेको ती कार्यक्रमले कार्यक्रममा सहभागी जनाउने सम्पूर्णलाई भोलिका दिनमा बैंकमा गएर कुनै पनि बैंकिङ कार्य गर्न परेमा सहज हुने र सो ज्ञानले उनीहरुका व्यक्तिगतलगायत व्यवसायमा पनि उत्तिकै मद्दत पुग्नेछ भन्ने विश्वास राखेको छ।

1670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका