जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • पेमेन्ट सेवा प्रदायकले व्यावसायिक रणनीति फेर्नुपर्छ: गभर्नर अधिकारी

पेमेन्ट सेवा प्रदायकले व्यावसायिक रणनीति फेर्नुपर्छ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अधिकांश पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) र पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) ले व्यावसायिक रणनीति फेर्नुपर्ने बताएका छन्।

गभर्नर अधिकारीले पीएसपी र पीएसओले सधैं घाटाको व्यवसाय गर्न नसक्ने भन्दै अवसर खोज्नुपर्ने बताएका हुन्।

‘सधैं लसमा बसेर बिजनेस नगर्नुस्। कि मर्जरमा जानूस कि अरू बिजनेस खोजेर सस्टेन गर्नुस्’, शुक्रबार फिनटेकसँगको छलफल कार्यक्रममा उनले भने।

अधिकारीले यातायात, पेट्रोल पम्पलगायतका क्षेत्रमा डिजिटलाइज हुन नसकेको बताए।

‘फिजिबिलिटीमा कहाँ चुक्यौं। त्यो फेर्नुपर्ने हो कि? अहिलेसम्म हामीले बल गरेर पनि नभएको यातायात, पेट्रोल पम्पलगायतका ठाउँ छन्’, उनले भने, ‘यस्ता ठाउँमा केही मानिसको स्वार्थमा काम हुँदैन। त्यो हामीले चिर्नुपर्छ। त्यो गर्न सकिरहेका छैनौं।’

नेपाल सरकारले ल्याएको डिजिटल फ्रेमवर्कलाई दिशानिर्देश गर्न फिनटेक अलायन्सको मुख्य भूमिका रहेको उनले बताए। फिनटेक इनोभेसनमा लागेका र लाग्न चाहनेहरूका लागि सहकार्य गर्न राष्ट्र बैंक खुला रहेको उनले स्पष्ट पारे।

डिजिटल भुक्तानी र डिजिटलाइजेसनमा जान राष्ट्र बैंक डिजिटल मुद्रा र डिजिटल बैंकका लागि काम गरिरहेको उनले बताए।

640
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका