जोडिनुहोस
आइतवार, असार २, २०८१
आइतवार, असार २, २०८१
  • होमपेज
  • नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा, यस्ता छन् अन्य सूचक

नेपाल पुनर्बीमा कम्पनी ४७.५६ करोड घाटामा, यस्ता छन् अन्य सूचक

नेपाल पुनर्बीमा कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासको अपरिस्कृत वित्तीय विवरण बुधबार सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा ४७ करोड ५६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा भने कम्पनीले १८ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कम्पनीको समीक्षा अवधिसम्ममा खुद बीमाशुल्क आर्जन पनि घटेको छ । कम्पनीले यो अवधिसम्ममा त्रैमाससम्म १ अर्ब २८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.९५ प्रतिशतले कमी हो ।

कम्पनीको प्रिमियम आम्दानी घट्नु, दावी भुक्तानी, कमिसनसहितका खर्च बढ्दा नोक्सानी देखिएको हो ।

चालू आवको प्रथम त्रैमाससम्ममा स्पेसल रिजर्भमा ३ अर्ब ८३ करोड ८० लाख रुपैयाँ,महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १९ करोड ६९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७१ करोड २४ लाख रुपैयाँ छ।

कम्पनीले लगानी तथा कर्जाबाट ४० करोड ९७ लाख र ३ लाख १९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । कम्पनीको कुल आम्दानी पनि १५.८१ प्रतिशतले घटेर १ अर्ब ७३ करोड रुपैयाँमा झरेको छ । 

कम्पनीले  समीक्षा अवधिसम्ममा १ अर्ब ४३ करोड रुपैयाँबराबर दाबी भुक्तानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ७४ करोड ४५ लाख रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको थियो । 

कम्पनीको कुल खर्च २३.४२ प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीको कुल खर्च १ अर्ब ७९ करोड रुपैयाँ मात्र थियो ।  

समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.७१ रुपैयाँ ऋणात्मक छ । त्यसैगरी कम्पनीको प्रतिशेयर कुल सम्पत्तिको मूल्य २२५.८० रुपैयाँ र पीई अनुपात १६६.७४ गुणा छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३९.१४ रुपैयाँ छ।

215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका