जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विश्वका धनी सुन्दरीमा मुस्लिम महिला

विश्वका धनी सुन्दरीमा मुस्लिम महिला

विश्वकाधनी र अर्बपति सुन्दरीहरुको सूचीमा मुश्लिम महिलाहरुको नाम अगाडी आउने गरेको छ । संसारकै धनी र सुन्दर महिलाको सूचीमा मुस्लिम राजकुमारीहरुको बाहुलियत छ । सुन्दरी राजकुमारीहरु मध्ये थोरैले आफ्नो क्षमताले नै सम्पत्ती आर्जन गरेको देखिन्छ । भने कतिपयले विवाह गरेपनि अर्वपति बनेको देखिन्छ ।

साउदी अरब, जोर्डन, मकाउ, कतारका राजकुमारीहरु सबैभन्दा धनी र सुन्दर छन् । हालै फोर्ब्सले सार्वजनिक गरेको सुची अनुसार अधिकांश धनी महिलाहरु मुस्लिम देशकौ रहेका छन् ।

राजकुमारी फातिमा कुलसुम
फातिमा कुलसुम जौहर गोदाबरी साउदी अरबका राजकुमार शेख अवदी अल मोहम्मदकी पत्नी हुन् । कुलसुम विश्वकै समृद्धमध्धेको देश साउदीकी राजकुमारी हुन् । उनी अरबौं डलरकी धनी र सुन्दरी महिलाभित्र गर्दछिन् ।

राजकुमारी अमिरा
अमिराले साउदी अरबका राजकुमार अल वालिद बिन तलालसँग विहे गरेकी थिइन्, उनले २०१३ मा राजकुमारसँग सम्बन्धविच्छेद गरिसकेकी छन् । १९७० जनवरी १ मा जन्मेकी अमिरासँग करिव २०० अर्ब सम्पत्ती छ । अमिरा एनजिओ चलाउँछिन् ।

शेख हनादी
कतारकी व्यवसायी शेख हनादी सम्पति व्यवस्थापन कम्पनी चलाउँछिन् । उनी राजपरिवारभित्रैकी सदस्य हुन् । उनले सन् १९९८ मा यो कम्पनी स्थापना गरेकी थिइन् । उनले कतारमा पनि सञ्चालनमा ल्याएकी थिइन् । २०० अर्ब डलरको रियलस्टेट प्रोजेक्ट वाब सिटीकी पनि संस्थापक हुन् । उनी स्ट्यान्डर्ड चार्टर्ड ग्रुपकी विशेष सल्लाहकार पनि हुन् । उनको कम्पनीको नेटवर्थ १५ अर्ब डलरको छ ।

महारानी रानिया
अब्दुल्लाकी पत्नी रानिया जोर्डनकी महारानी हुन् । उनले स्टार ट्रेक थिम पार्क बनाउन एक सय करोड डलर खर्च गरेकी थिइन् । १९७० मा जन्मिएकी रानियासँग विहेअघि २२८ करोड डलर सम्पति थियो । उनी सन्सारभरकी शक्तिशाली महिलाको सुचीमा १०० नम्बरमा पर्छिन् ।

महारानी लला सलमा
मोरक्कोकी महारानी लला सलमा महाराज मोहम्मद(खष् की मत्नी हुन् । सलमासँग २५० करोड डलर बराबरको सम्पति छ । उनी त्यहाँका धेरै सरकारी कम्पनीकी सेयरधनी छन् ।

राजकुमारी हजाह हाफिज सुरुल बोल्किअह
राजकुमारी हजाह हाफिज सुरुल बोल्किअह ब्रुनाइका सुल्तान हसन बोल्किअहकी छोरी हुन् । बुवा बोल्किअह सन् १९९७ मा सन्सारकै सबैभन्दा धनीको सुचीमा एक नम्बरमा परेका थिए । उनीसँग सात हजार लग्जरी कार छन् । उनीसँग सन्सारकै सबैभन्दा ठूलो महल छ जसमा १७०० वटा त कोठा मात्र छन् । राजकुमारीको विहेमा मात्र २ करोड डलर खर्च भएको थियो ।

राजकुमारी हाया
हाया जोर्डनका राज हुसेनकी छोरी हुन् । उनले अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन पुरा गरेकी हुन् । उनी युएइका राजकुमार शेख मोहम्मद बिन रासिद अल मख्तुमकी कान्छी श्रीमती हुन् । उनीसँग ६०० करोड डलरको सम्पति छ ।
एजेन्सीको सहयोगमा

6770
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका