जोडिनुहोस
शुक्रबार, असार १९, २०८३
शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • कर तिर्ने समय थप गरिदिन सरकारसँग नेपाल विज्ञापन संघको अनुरोध

कर तिर्ने समय थप गरिदिन सरकारसँग नेपाल विज्ञापन संघको अनुरोध

नेपाल विज्ञापन संघले कर तिर्ने समय थप गरिदिन सरकारसँग नेपाल विज्ञापन संघले अनुरोध गरेको छ । कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि मुलुकको झन्डै ७५ भागमा निषेधाज्ञा जारी रहेकाले सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको हो ।

संघका अध्यक्ष सोमप्रसाद धितालले आज एक विज्ञप्ती जारी गर्दै अहिलेको विषम परिस्थितिलाई मनन् गरी मूल्य अभिवृद्धि कर, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेका हुन् ।

कोरोना महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएको, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न आग्रह गरेको आनले जारी गरेको विज्ञप्तीमा जनाएको छ ।
9660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका