जोडिनुहोस
मङ्लबार, जेष्ठ २३, २०८०
मङ्लबार, जेष्ठ २३, २०८०
  • होमपेज
  • जनता बैंकको वार्षिक साधारण सभा सम्पन्न

जनता बैंकको वार्षिक साधारण सभा सम्पन्न

जनता बैंक नेपाल लिमिटेडको नवौं वार्षिक साधारणसभा सञ्चालक समितिका अध्यक्ष केशव बहादुर रायमाझीको अध्यक्षतामा अनुपम फुडल्याण्ड, बत्तीसपुतली, काठमाडौमा सम्पन्न भएको छ ।

नवौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४÷७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट शेयरधनीहरुलाई रु. ६८,००,६६,८०३.२५÷— (अक्षरेपी अड्साठी करोड, छैसाठी हजार आठसय तीन र पैसा पच्चीस मात्र) बराबर अर्थात चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरिएको वासलात र नाफा–नोक्सान हिसाव सहितको वित्तिय विवरणहरु स्वीकृत गरेको छ ।

सो सभाबाट सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै, सञ्चालक समितिस्तरिय लेखापरिक्षण समितिको सिफारिसमा आर्थिक बर्ष २०७५÷०७६ को लागि बाह्य लेखा परिक्षकमा SAR Associates, Chartered Accountants नियुक्त गर्ने निर्णय गरेको छ ।

सभाले सम्बन्धित निकायको स्वीकृतिमा बैक आफै वा सहायक कम्पनी मार्फत शेयर ब्रोकरेज सम्बन्धि कार्य गर्ने ब्यवस्था प्रवन्धपत्रमा थप गर्न स्वीकृत गर्नुका साथै, बैक र अन्य उपयुक्त बैक र वित्तीय संस्था एक आपसमा गाभ्न÷गाभिन (मर्जर) वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जानका लागि आवश्यक अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

नवौ वार्षिक साधारण सभाको मितिसम्म आईपुग्दा बैकको निक्षेप संकलन रु. ६८ अर्ब र कर्जा लागानीरु. ६३ अर्ब पुगेको छ । बैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म १२९ शाखा, ५० शाखा रहित बैकिग केन्द्र , ७९ एटीएम सञ्चालनमा रहेको छ । बैकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा रु. ३२ करोड (एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफल भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?