जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • दुई बीमा कम्पनीको शेयर कारोबार रोक्का

दुई बीमा कम्पनीको शेयर कारोबार रोक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अजोड इन्स्योरेन्स लिमिटेड र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले जेठ १४ गतेदेखि लागू हुने गरी मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का राख्ने निर्णय गरेको हो ।

मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिकामा भएको व्यवस्था बमोजिम एकिकृत कारोबार सुरु भएको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ । यी दुई कम्पनीले मर्जर प्रक्रिया पूरा गरी जेठ १४ गतेदेखि एकिकृत कारोबार सुरू गर्दैछन् ।

गत चैत १६ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीबीच गत पुस २६ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । अन्तिम सम्झौताअनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ ।

शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२.५० हुने सहमति भएको छ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ९५ लाख ६८ हजार र अजोड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब रहेको छ ।

1110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका