जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • तीन वाणिज्य बैंकले नयाँ ब्याजदर ?

अर्थ राजनीति

तीन वाणिज्य बैंकले नयाँ ब्याजदर ?

तीन वाणिज्य बैंकले नयाँ ब्याजदर ?

तीन वाणिज्य बैंकले नयाँ ब्याजदर प्रकाशन गरेका छन्। एभरेष्ट बैंक, नेपाल एसबिआई, नबिल बैंकले नयाँ ब्याजदर प्रकाशन गरेका हुन्।
बिहीबार पनि प्रभु, सनराइज, प्राइम कमर्सियल गरि तीन बैंकले परिमार्जित ब्याजदर सार्वजनिक गरेका थिए।

• एभरेष्ट बैंक
शुक्रबार परिमार्जित ब्याजदर प्रकाशन गरेको एभरेष्ट बैंकले अधिकांश बचत खाताको ४ प्रतिशतमा झारेको छ। बैंकले खातको प्रकार हेरि निक्षेपकर्तालाई अधिकतम ५.५० प्रतिशतसम्म ब्याजदर दिने जनाएको छ। कूल २७ प्रकारको बचत खातामध्ये १७ वटामा ४ प्रतिशत र बाँकीमा एकमा ४.२५, अर्कोमा ४.७५, चार वटामा ५, र अर्को चारवटामा ५.५० प्रतिशत ब्याजदर दिने जनाएको छ।
यस्तै मुद्दती बचततर्फ न्यूनतम ७ देखि अधिकतम ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ। संस्थागत बचतकर्तालाई ७ प्रतिशत मात्र ब्याज दिनेछ।
कर्जातर्फ बैंकले आधार ब्याजदरमा १.२५ देखि ५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गरिने जनाएको छ। चैत अन्तिममा बैंकको आधारदर ८.३४ प्रतिशत र बैंशाख अन्तिममा बैंकको स्प्रेडदर ३.८० प्रतिशत रहेको छ।
• नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार कल अकाउन्टमा २ प्रतिशत, र अन्य साधारण बचत खातामा न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।
बैंकले मुद्दती बचततर्फ संस्थागत बचतकर्तालाई ७ र साधारण बचतकर्ताहरुलाई ८ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।


यस्तै कर्जा लगानीकतर्फ आधारदरमा न्यूनतम १.२५ देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गरिने जनाएको छ। चैत अन्तिममा बैंकको आधारदर ९.८६ प्रतिशत रहेकोमा बैशाखमा ०.१८ ले घटेर ९.६८ प्रतिशतमा झरेको छ। बैंशाख अन्तिममा बैंकको स्प्रेडदर ३.७० प्रतिशत रहेको छ।
• नबिल बैंक
निजी क्षेत्रको अर्को बैंक नबिलले पनि शुक्रबार परिमार्जित ब्याजदर प्रकाशन गरेको छ। बैंकले साधारण बचतकर्ताहरुका लागि न्यूनतम ३ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने जनाएको छ।
बैंकले सार्वजनिक गरेको १८ मध्ये ९ प्रकारका खातामा ३ प्रतिशत, तीन खातामा प्रत्येकमा फरक फरक ३.२५, ३.७५ र ४ प्रतिशत तथा अन्य ६ मध्ये ३/३ खातमा क्रमश ५ र ५.५० प्रतिशत ब्याजदर दिने उल्लेख छ।
मुद्दती निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत र नवीकरणमा ७.१० प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।
यस्तै कर्जा लगानीतर्फ आधार ब्याजदरमा न्यूनतम २ देखि अधिकतम ५ प्रतिशत थप प्रिमियममा बैंकले कर्जा उपलब्ध गराउने जनाएको छ।
चैत अन्तिममा बैंकको आधारदर ७.८२ प्रतिशत र स्प्रेडदर ५.३४ प्रतिशत रहेको छ।

आफ्नो डिम्याट खाता र मेरो शेयर भएका ग्राहक महानुभावहरुको वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सकिने ?
एनआईबीएल एस क्यापिटल लिमिटेडमा आफ्नो डिम्याट खाता र मेरो शेयर भएका ग्राहक महानुभावहरुको वार्षिक नवीकरण खल्ती र कनेक्ट आईपीएसबाट गर्न सकिने भएको छ । क्यापिटलले आफ्ना ग्राहकहरुलाई सहज तरिकाले सेवा सुविधा दिने उद्देश्यले उक्त व्यवस्था गरेको हो ।
क्यापिटलले व्यवसाय एवं स्टार्ट अपहरूलाई कोभिड–१९ बाट परेको प्रभावको लेखाजोखा, सम्भाव्यताको अध्ययन, विकल्पहरूको सुझाब र पुँजी व्यवस्थापन समेतमा सहयोग प्रदान गर्ने उद्देश्यले नयाँ दुई थरी एडभाइजरी प्रडक्ट समेत सञ्चालनमा ल्याएको छ ।महामारी बीच व्यवसायलाई थप विस्तार एवं विविधीकरण गर्दै परामर्श प्रधान सेवाहरू सञ्चालनमा ल्याएको हो ।

यस अन्तर्गत बिजनेस एसेसमेन्ट एन्ड इम्प्याक्ट एनालाइसिस नामक सेवाले ग्राहकलाई उनीहरूको व्यवसायमा महामारीको प्रभावको लेखाजोखा, विश्लेषण र परामर्शको सेवा दिनेछ । यसले ग्राहकलाई व्यवसाय जोगाउन चाल्नुपर्ने कदम, विविधीकरण एवं नवप्रवर्तनका सम्भावना देखाइदिनेछ ।

साथै, व्यवसायको पुँजी जुटाउन र तत्कालीन समस्याको समाधानमा विकल्पहरूको खोजीमा समेत सहयोग गर्ने उद्देश्यले स्टार्टअप सेटअप एन्ड क्यापिटल फन्डिङ नामक सेवा ल्याएको छ । यो सेवाले ग्राहकलाई पुँजी जुटाउन, बजारको लेखाजोखा एवं वित्तीय सम्भाव्यताको अध्ययन गर्नमा सघाउ पु¥याउनेछ ।

एनआइबिएल एस क्यापिटलले अहिले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवनबिमा, निर्जीवन बिमा, माइक्रो फाइनान्स र जलविद्युत् कम्पनीहरूलाई आइपिओ, एफपिओ बिक्री प्रबन्ध तथा व्यवस्थापनको सेवाका साथै परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
क्यापिटलले हाल एनआइबिएल समृद्धि कोष–१, एनआइबिएल प्रगति फन्ड, नेपाल एनआइबिएल सहभागिता फन्ड जस्ता कोषहरूको प्रबन्ध एवं पोर्टफोलियो म्यानेजमेन्ट सेवा पनि दिइरहेको छ । एनआइबिएल एस क्यापिटल सेयरबजार तथा लगानी प्रबन्धको एउटा अग्रणी व्यावसायिक स्थापित संस्था हो ।

11645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका