जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • गभर्नरवाट सनराइज बैंकको अध्यक्ष मोतीलालको सपथ ग्रहण

गभर्नरवाट सनराइज बैंकको अध्यक्ष मोतीलालको सपथ ग्रहण

नेपाल राष्ट्र बैंकका गभर्नर श्रीमान् डा. चिरंजीबि नेपालले सन्राइज बैंकको संचालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई आफ्नो कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

मोतीलाल दुगड गत पौष २९ मा भएको बैंकको साधारण सभावाट पुनः संचालकमा निर्वाचित भई सर्वसम्मतवाट अध्यक्ष चुनिएका हुन् ।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कार्यकारी निर्देशक तथा प्रवक्ता नारायण प्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका अन्य पदाधिकारीहरु लगायत सन्राइज बैंकका नवनिर्वाचित संचालक श्रीमती शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महाप्रबन्धकद्धय अपछकुमार यादव र रविन नेपाल तथा कम्पनी सचिव ईश्वरकुमार पाठक उपस्थिती रहेको थियो ।

6580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका