जोडिनुहोस
मङ्लबार, असार ९, २०८३
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिनामा सीआइबीले थाल्यो अनुसन्धान

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिनामा सीआइबीले थाल्यो अनुसन्धान

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीइआबी)ले मुख्य तीन जनालाई केन्द्रमा राखेर अनुसन्धान थालेको छ। राष्ट्र बैंकले प्रारम्भिक छानबिन गरेर जाहेरी दिएपछि सीआइबीले कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रवीर राय, प्रमुख कार्यकारी अधिकृत (सीइओ) नीरज विक्रम शाह र प्रमुख वित्त अधिकृतलाई केन्द्रमा राखेर अनुसन्धान थालेको हो। बैंकका पूर्वसीइओ दिनेश कुमार रावत पनि अनुसन्धानको घेराभित्र छन्।

राष्ट्र बैंकले तीन सदस्य टोलीमार्फत गरेको छानबिनमा ऋण प्रवाहदेखि निक्षेपमा अपचलन गरेको देखिएपछि थप अनुसन्धानका लागि सीइआबीमा जाहेरी दिएको थियो। सीआइबीले राष्ट्र बैंकको सहयोगमा अनुसन्धान थालेको हो। ‘राष्ट्र बैंकको प्रारम्भिक रिपोर्टले अपचलन भएको देखाएको छ। यसमा हाम्रो छुट्टै टोलीले अनुसन्धान थालेको छ,’ सीआइबी प्रमुख एआइजी दीपक थापाले भने।

राष्ट्र बैंकको रिपोर्ट अनुसार बैंकबाट १ अर्ब ३३ करोड रुपैयाँ गायब भएको देखिएको छ। रकम कहाँ गयो भन्ने विषयमा प्रहरीको अनुसन्धान केन्द्रित छ। रकम बाहिर ल्याउन बैंकका सञ्चालकदेखि कर्मचारीको संलग्नता आशंका गरिएको छ। ‘अहिले हामी प्रारम्भिक अनुसन्धानको चरणमा छौं। अपचलनमा जोडिने सबैलाई अनुसन्धानको दायरामा ल्याउँछौं,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने। निक्षेपकर्तालाई पैसा फिर्ता गर्न सक्ने अवस्था नदेखिएपछि राष्ट्र बैंकले एक महिनाअघि कर्णालीलाई समस्याग्रस्त घोषणा गरी व्यवस्थापन टेक ओभर गरेको थियो।

बैंकमा सेवाग्राहीको ४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप रहेका लगभग ३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ। प्रारम्भिक अनुसन्धानमा धितोविनै समेत ऋण दिइएको देखिएको छ। ‘कर्जामध्ये आधा प्रक्रिया पूरा गरेर दिइएको र बाँकीमा कैफियत छ भन्ने छ,’ एआइजी थापाले भने, ‘१ अर्ब ३३ करोड रुपैयाँ गायब भएको भन्ने छ। त्यसैमा केन्द्रित भएर हामीले अनुसन्धान गरिरहेका छौं।’

2050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका