जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • भैरहवा जिल्ला अदालतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

भैरहवा जिल्ला अदालतमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको भैरहवास्थित जिल्ला अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् । यो सँगै मेगा बैंकको एक्सटेन्सन काउन्टरको संख्या १९ पुगेको छ ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख अशोक पौडेल, राष्ट्र बैंकका अधिकृत विवेक कोइराला लगायतको आतिथ्यता रहेको कार्यक्रममा मेगा बैंक प्रदेश नम्बर ५ का प्रमुख रामु पन्थी र भैरहवा शाखाका प्रमुख विप्लवी त्रिपाठीले एक्सटेन्सन काउन्टरको विस्तारपछि अदालतको राजश्व संकलनमा सहज हुने बताए ।

अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा सुविधा प्रदान गर्न मेगा बैंकको योजना रहेको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।

8035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका