जोडिनुहोस
मङ्लबार, जेष्ठ २३, २०८०
मङ्लबार, जेष्ठ २३, २०८०
  • होमपेज
  • सिटि एक्सप्रेस फाइनान्स पनि अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा

सिटि एक्सप्रेस फाइनान्स पनि अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा

बैंक वित्तीय संस्थाहरुलाई अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आजबाट कारोवार शुरु गर्ने गरि सिटि एक्सप्रेस फाइनान्स लिमिटेडलाई उक्त प्रणालीमा आवद्ध गराएको छ ।

यस प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ ।

हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणाली, Direct debit/ Direct credit को लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत सर्वसाधारणले सजिलैसँग विद्युतीय भुक्तानी गर्न सकिने connectIPS e-Payment प्रणाली लागु गरी सञ्चालन गर्दै आएको छ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्झौतासँगै कम्पनीले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा ७५ बैंक तथा वित्तीय संस्थाहरुसँग Direct member र अन्य ३ कम्पनीसँग क्ष्लIndirect/Technical member को रुपमा सम्झौता गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका