जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • कृषि विकास बैंकको खराब कर्जा डरलाग्दो

कृषि विकास बैंकको खराब कर्जा डरलाग्दो

भूपेन्द्र आचार्य । नेपालका ८ अर्ब चुक्ता पुँजी भएका २८ वाणिज्य बैंकहरु मध्ये ४.५० प्रतिशत खराब कर्जा भएके सरकारी बैंक कृषि विकास बैंक लगायत १२ बैंकको खराब कर्जा बढेको छ ।

नेपाल राष्ट्र बैंकले खराब कर्जा ५ प्रतिशत भन्दा बढि भएको बैंक र वित्तीय संस्थामा हस्तक्षेप गर्न सक्दछ । ४ प्रतिशत खराब कर्जा भएकालाई निगरानी बढाउने र कारवाही गर्न सक्दछ । गतवर्ष उच्च खराब कर्जा रहेको प्रभु बैंकले यो आर्थिक वर्षमा घटाएर २.४७ प्रतिशत कायम गर्न सफल भएको भेटिएको छ । भने यो आर्थिक वर्षमा सरकारी बैंक कृषि विकास बैंकको सबैभन्दा बढि ४.५० प्रतिशत खराब कर्जा बढेको देखिन्छ ।

१४ वटा वाणिज्य बैंकहरुको खराब कर्जा घटेको छ भने १२ वटा बैंकको खराब कर्जा बढेर गएको देखिन्छ । यो बैंक र वित्तिय संस्थाको क्यान्सर नै हो ।

अधिकाशं बैंकका अध्यक्ष र संचालकहरुको सिफारिसमा कर्जा पाएका ऋणीहरुले कर्जाको साँवा ब्याज नबुझाएपछि कर्जा ९० दिनपछि खराब कर्जामा गणना हुन्छ । यस्तै भएको छ १२ वटा वाणिज्य बैंकमा यसलाई समयमै राष्ट्र बैंकले निगरानी, निरीक्षण नगरे जनताको पैसा डुब्ने देखिन्छ ।

वित्तिय विवरण प्रकाशित गरेका बैंक मध्ये खराब कर्जामा सबैभन्दा बढी सुधार प्रभु बैंकले गरेको छ । प्रभु बैंकका सीइओ अशोक सेरचन हुन् । बैकिङ ज्ञानलाई प्रयोग गर्दै खराब कर्जा मात्रै घटाएका छैनन् । बैंकको कर्पोरेट सुशासनलाई पनि उच्च र दरिलो बनाएका छन् । गत आर्थिक वर्षको पुष मसान्तमा ४.१३ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर समिक्षा अवधिमा २.४७ प्रतिशतमा झरेको छ । त्यस्तै प्रतिशतका आधारमा खराब कर्जा सबैभन्दा बढी बृद्धि कृषि विकास बैंक र नेपाल बङ्गलादेश बैंकको देखिएको छ । आक्रमक रुपमा कर्जा बिस्तार गरिरहेका बैंकहरुको खराब कर्जा बढ्न सक्ने सम्भावना उच्च थियो । तर बैंकहरुले कर्जामा देखिएको सावधानीका कारण अधिकाशं बैंकको खराब कर्जा बढेको देखिन्छ ।
यो अवधिमा १४ वटा बैंकको खराब कर्जा घटेको छ भने १२ वटा बैंकको खराब कर्जा बढेको छ । हालसम्म वित्तीय विवरण प्रकाशित गरेका २६ वटा बैंक मध्ये ९ वटा बैंकको खराब कर्जा १ प्रतिशत भन्दा कम हरेको छ । १० वटा बैंकको खराब कर्जा १ देखि २ प्रतिशतको बीचमा रहेको छ । २ देखि ३ प्रतिशतको विचमा ४ वटा बैंकको छ भने ३ देखि ४ प्रतिशतको विचमा ४ वटा बैंक रहेको छ । कृषि विकास बैंकको खराब कर्जा ४ प्रतिशत भन्दा माथि देखिएको छ ।

नेपाल राष्ट्र बैंकले ४ प्रतिशत भन्दा माथीका खराब कर्जा भएका बैंकहरुलाई निगरानीमा राख्ने गर्छ । पुष मसान्त सम्मको विवरण हेर्दा बैंकहरुले खराब कर्जालाई नियन्त्रणमा राखेको देखिन्छ । तर १२ बैंकले भने खराब कर्जा नियन्त्रण गर्न असफल भएका छन् । लगानीको होडबाजी र कमाउधन्दाका कारण खराब कर्जा बढेको खुलेको छ ।

सबैभन्दा थोरै खराब कर्जा एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको ०.१९ प्रतिशत रहेको छ । भारतीय बैंक नेपाल एसविआई बैंकको बढेको छ । नयाँँ सीइओ आएपछि कमाउधन्दा शुरु भएकाले खराब कर्जा बढेको एक सञ्चालकले बताए ।
०.३ प्रतिशत खराब कर्जा रहेको सानिमा बैंकको अहिले बढेर ०.२४ प्रतिशत पुगेको छ । यो अत्यन्तै सकारात्मक कुरा हो । युवा सीइओ भुवन दाहालको अनुभवलाई मान्नै पर्छ ।

पुष मसान्तमा सबैभन्दा धेरै खराब कर्जा कृषि विकास बैंकको रहेको छ । बैंकको खराब कर्जा ४.५० प्रतिशत रहेको भेटिएको छ । यो अत्यन्तै नराम्रो संकेत हो ।

समयमै बैंक र वित्तिय संस्थाहरुको नियमन निकाय नेपाल राष्ट्र बैंकले निरीक्षण नबढाए यसरी नै खराब कर्जा बृद्धि हुदै गए । बैंक वित्तिय संस्थाहरु भित्र रहेको जनताको पैसा बढ्ने होइन डुब्ने निश्चित जस्तै देखिन्छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सीइओ रहेको नेपाल बंगलादेश बैंकको खराब कर्जा सबैभन्दा बढी प्रतिशतमा बढेको छ । यो आफैमा राम्रो संकेत होइन । राजतिलक साप्ताहिक

10910
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका