जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दलियो

व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दलियो

चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई दुर्व्यवहार गरिएको छ । कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाले कालो मोसो दलेका छन् ।

पत्रकार सम्मेलनमा उनले केही तस्करहरूको फोटो सार्वजनिक भन्दै केही व्यक्तिको फोटो सार्वजनिक गरेका थिए ।

दरबारमार्ग प्रहरी वृत्तका अनुसार अहिले भर्खरै प्रहरी त्यसतर्फ पुगेको छ । हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको र कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् । संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनको एजेण्डा छ ।

1495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका