जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको नाफमा छलाङ : अरु पछ्याउँदै नयाँ बीमा कम्पनी आक्रमक पुरानाको अस्तित्व गुम्ने डरमा ।

शिखर इन्स्योरेन्सको नाफमा छलाङ : अरु पछ्याउँदै नयाँ बीमा कम्पनी आक्रमक पुरानाको अस्तित्व गुम्ने डरमा ।

भूपेन्द्र आचार्य । नेपालमा नयाँ पूराना गरि २० वटा निर्जीवन बीमा कम्पनीहरु छन् । यो ५ महिनाको अवधिमा नयाँ पूराना सबै कम्पनीहरुले नाफामा छलाङ नै मारेको देखिन्छ । नेपालमा करिब १५ देखि २० प्रतिशत मात्रै बीमा बजारको पहुँच छ । तर नेपालमा १९ जीवन बीमा कम्पनी २० वटा निजीवन बीमा कम्पनी र १ वटा पुर्न बीमा कम्पनी छन् ।

पछिल्लो समय सरकारले कृषि, स्वास्थ्य लगायतका बीमा योजना अगाडी ल्याएको छ । तर आक्रमक रुपमा बीमा कम्पनी यस्ता बीमामा अझै पुगेको अवस्था छैन । कारण के हो ? नेपाल बीमक संघका पूर्व अध्यक्ष एवं नेपाल इन्स्योरेन्स कम्पनीका सीइओ विजय बहादुर शाह भन्दछन्– अब सम्पत्ती बीमामा आक्रम रुपमा जानुपर्दछ । कृषि बीमा अबको आवश्यकता हो । सरकारले कृषि बीमामा छुट दिएको छ । हामी लागिरहेका छौं ।

रिजल्ट आउन केही समय पर्खनु पर्छ । उनीले थपेः– अहिले बजारमा नयाँ बीमा कम्पनीहरुलाई अस्तित्व जोगाउने होडवाजी छ । उनीले यति भनिरहँदा पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुले नाफामा छलाङ मारेको अवस्था छ ।

भूकम्पपछि बीमा क्षेत्रमा केही चहलपहल देखिएको छ । मानिसमा बीमाप्रतिको जागरुकता पनि वृद्धि भएको देखिन्छ । तर, मुलुकको कुल जनसंख्याको १५ प्रतिसम्म पनि बीमाको पहुँच पुगेको छैन । त्यसैले कतिपयले नेपाल बीमा व्यवसायका निम्ति ‘भर्जिन ल्यान्ड’ का रुपमा पनि परिभाषित गरेको पाइन्छ ।

बीमाप्रति जनचासो बढ्दै गएको सन्दर्भमा निर्जीवन बीमा कम्पनीहरुले चालू आवको छ महिनामा कस्तो व्यवसाय गरे र उनीहरुको वित्तीय स्थिति छ । चर्चा र परिचर्चा शुरु भएको छ ।

चुक्ता पुँजी तथा खुद नाफा कस्तो छ त ?
निर्जीवन बीमा कम्पनीमा १ अर्बभन्दा माथि चुक्ता पुँजी चार वटा कम्पनीको रहेको छ । तीमध्ये सबैभन्दा बढी चुक्ता पुँजी नेको इन्स्योरेन्स कम्पनीको रहेको छ । जसको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ रहेको छ । दोस्रो स्थानमा शिखर इन्योरेन्स कम्पनीको १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ, तेस्रो स्थानमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १ अर्ब २ करोड ७२ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सको १ अर्ब ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । सबैभन्दा कम चुक्ता पुँजी भने एभरेष्ट इन्स्योरेन्सको जम्मा १३ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउनेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । जसको नाफा २१ करोड २० लाख रुपैयाँ रहेको छ । यस कम्पनीको गत वर्षको सोही अवधिको तुलनामा ७ दशमलव ७९ प्रतिशतले वृद्धि गरेको हो । यसका सीइओ दिप प्रकाश पाण्डे हुनुहुन्छ । उहाँ अत्यन्तै सक्षम र बीमा बिज्ञ हुनुहुन्छ ।

अजोड इन्स्योरेन्सको नाफा १ करोड २३ लाख रुपैयाँ नाफा रहेको छ । यो नयाँ कम्पनी हो । अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा नेपाल इन्स्योरेन्स कम्पनी रहेको छ । जसले ७१ दशमलव २० प्रतिशतले नाफा बढाएर ७ करोड ३२ लाख रुपैयाँ कमाएको छ । त्यस्तै हिमालय जनरल इन्स्योरेन्सले पनि ६८ दशमलव ६० प्रतिशतले वृद्धि गरी ८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

गत वर्षको तुलनामा १२ वटा कम्पनीहरुले नाफा बढाएको छ भने ३ वटा कम्पनीले नाफा घटाएको छ । बाँकी ४ कम्पनीमा नेशनल इन्स्योरेन्स कम्पनीले नाफा गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा नोक्सानमा रहेको कम्पनीले अहिलो भने मुनाफा रहेको देखिन्छ ।

जगेडा कोष र बीमा कोष कस्तो छ त ?
निर्जीवन बीमा कम्पनीमा जगेडा कोष तथा बीमा कोषमा सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीकै रहेको छ । जसले जगेडा कोषमा २ अर्ब १५ करोड ४८ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ छुट्याएको छ ।

त्यसैगरी जगेडा कोष सबैभन्दा कम नेगेटिभमा नेशनल इन्स्योरेन्सको रहेको छ । जसको जगेडा कोष ३८ करोड ३८ लाख रुपैयाँ नेगेटिभमा रहेको छ । बीमा कोषमा सबैभन्दा कम अजोड इन्स्योरेन्सको ६१ लाख रुपैयाँ रहेको छ ।

आम्दानी तथा कुल प्रिमियर कस्तो छ ?
निर्जीवन बीमा कम्पनीहरूले जम्मा आम्दानी २ अर्ब ४२ करोड ५ लाख रुपैयाँ आर्जन गरेका छन् भने कुल प्रिमियम ११ अर्ब ६८ करोड ७९ लाख रुपैयाँ संकलन गरेका छन् ।

जसमध्येमा आम्दानी तथा कुल प्रिमियममा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको रहेको छ । जसले आम्दानी ३५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ भने कुल प्रिमियम १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ संकलन गरेको छ ।
सबैभन्दा कम आम्दानी तथा प्रिमियम संकलन सानिमा इन्स्योरेन्सले गरेको छ । जसको आम्दानी २ करोड २५ लाख रुपैयाँ रहेको छ भने प्रिमियम संकलन ४ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

खर्च र तथा कुल दाबी भुक्तानी कसको कस्तो छ ?
निर्जीवन बीमा कम्पनीहरुमा कुल खर्च १ अर्ब ४ करोड ३६ लाख रुपैयाँ गरेको छ भने कुल दाबी भक्तानी ५ अर्ब ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । १९ वटा कम्पनीमा सबैभन्दा बढी खर्च र कुल दाबी भुक्तानी शिखर इन्स्योरेन्सको रहेको छ । जसको खर्च १४ करोड १ लाख रुपैयाँ र कुल दाबी भुक्तानी ७४ करोड ४ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै सबैभन्दा कम खर्च नेशनल इन्स्योरेन्सको ३२ लाख रुपैयाँ रहेको छ भने कुल दाबी भुक्तानी जनरल इन्स्योरेन्सको १७ हजार रुपैयाँ रहेको छ ।

जारी बीमा लेख संख्या र कुल दाबी भुक्तानी संख्यामा को अगाडी ?
निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी जारी बीमा लेख संख्या र कुल दाबी भुक्तानी संख्या भएको कम्पनी नेपाल इन्स्योरेन्सको रहेको छ । जसको जारी बीमा लेख संख्या ५ लाख ६९ हजार ९ सय ७४ वटा र कुल दाबी भुक्तानी संख्या १ लाख ७२ हजार ३ सय ४ वटा रहेको छ ।

त्यस्तै सबैभन्दा कम जारी बीमा लेख संख्या सानिमा इन्स्योरेन्सको २ हजार ३७३ वटा र कुल दाबी भुक्तानी संख्यामा पनि यसै कम्पनीको १४ वटा रहेको छ

प्रतिशेयर आम्दानीमा को अब्बल ?
कुनै कम्पनीले निश्चित समय अवधिमा कति कमाउन सफल भयो भन्ने कुरा प्रतिशेयर आम्दानीले जनाउंँछ । सबैभन्दा बढी प्रतिशेयर आम्दानी राष्ट्रिय बीमा कम्पनीको १ सय २६ दशमलव ३५ रुपैयाँ रहेको छ । त्यस्तै सबैभन्दा कम अजोड इन्स्योरेन्सको ३ दशमलव ५३ रुपैयाँ रहेको छ ।

5310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका