जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • जनरल इन्स्योरेन्सका कर्मचारीको विषयमा आएका समाचारमा सत्यता नरहेको कम्पनीको स्पष्टिकरण

जनरल इन्स्योरेन्सका कर्मचारीको विषयमा आएका समाचारमा सत्यता नरहेको कम्पनीको स्पष्टिकरण

जनरल इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीको विषयमा विभिन्न पत्रपत्रिका तथा अनलाइन मिडियामा आएका समाचारमा कुनै पनि सत्यता नभएको भन्दै गम्भिर ध्यानाकर्षण व्यक्त गरेको छ । विगत केहि दिनयता सञ्चार माध्यममा नियमनकारी निकाय बीमा समितिको समेत नाम उल्लेख गरी कम्पनी र कम्पनीमा कार्यरत कर्मचारीहरुको नामै उल्लेख गरी कपोलकल्पित र भ्रामक समाचार सम्प्रेषण भएको भन्दै ध्यानाकर्षण व्यक्त गरेको हो ।

कम्पनीको स्थापनाकाल देखिनै स्वच्छ शाख र समस्त लगानीकर्ता र ग्राहकवर्गको आस्थामा दिग्भ्रम सृजना गरी लगनशील कर्मचारीहरुको मनोबल गिराउने र काम गर्ने वातावरण नै बिथोल्ने काम भएकोले यस्ता आधारहीन, अनर्गल समाचारमा कुनै सत्यता नरहेको भन्दै कम्पनीले स्पष्ट पारेको छ । कम्पनीले समस्त लगानीकर्ता, ग्राहक वर्ग, सर्वसाधारण तथा शुभचिन्तकहरुलाई भ्रमित नहुने समेत अनुरोध गरेको छ ।

कम्पनीले ग्राहकहरुको आवस्यकता र विश्वासमा कुनै कसर बाँकी नराखी आगामी दिनमा अझ सशक्त रुपले विश्वसनीय सेवा प्रवाह गर्दै लैजाने अठोट तथा प्रतिज्ञा व्यक्त गरेको छ । कम्पनीमा विभिन्न व्यवसायिक घरानाका प्रतिष्ठित व्यक्तित्वहरु, विश्वसनीय विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न क्षेत्रमा विज्ञ व्यक्तित्वहरुको लगानी तथा प्रवर्द्धन गरेको छ । साथै आम सर्वसाधारण शेयरधनीहरुको अटुट आस्था र विश्वास सहितको लगानी रहेको भन्दै कम्पनीका विषयमा आएका भ्रामक समाचार सम्प्रेषण प्रति विस्वास नगर्न अनुरोध गरिएको छ ।

4645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका