जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावरहाउस चोकमा

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावरहाउस चोकमा

एनआईसी एशिया बैंकले पोखरा महानगरपालिका वडा नं २९, पावर हाउस चोकमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको  बैंक उद्घाटन  बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले गरे ।

हाल बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । बैंकको वासलातको आकार २१७ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७३ अर्ब तथाकर्जा  १४८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म यस बैंकमाग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

9075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका