जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्न/गाभिने तथा मर्जरमा जाने सम्झौता भएको छ । शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा यी दुई कम्पनीबीच मर्जर सम्झौता भएको हो ।

१ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको छ । उक्त सम्झौतामा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।

मर्जरपछि यी दुई कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने समेत सम्झौतामा उल्लेख गरिएको छ । मर्जर सम्झौतामा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, दुई कम्पनीका संचालक समितिका अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

1505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका