जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको क्यूआर कोडमार्फत यातायात कार्यालयको राजस्व तिर्न सकिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको क्यूआर कोडमार्फत यातायात कार्यालयको राजस्व तिर्न सकिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ( एनआईएमबी)ले देशभरका ११ वटा यातायात व्यवस्था कार्यालयहरुमा राजस्वको भुक्तानी डिजिटलमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौंडा, सल्लाघारी, ठूलो भर्‍याङ, सानो भर्‍याङ, नारायणगढ, महेन्द्रनगरबाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।

एनआईएमबीको क्यूआर कोड मार्फत विभिन्न शीर्षकमा ती राजस्व कार्यालयहरुमा राजस्व संकलनको व्यवस्था मिलाइएको बैंकको भनाइ छ ।

यो सुविधाले यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले लामो समय लाइनमा बसेर राजस्व भुक्तानी गर्नुपर्ने झन्झटको अन्त्य हुने बैंकले जनाएको छ ।

Suzuki Dashain Offer

क्यूआर कोड प्रणालीबाट राजस्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।

535
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका