जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एक नेपाली एक बैंक खाताले हावा खायो

एक नेपाली एक बैंक खाताले हावा खायो

सरकारले एक नेपालीको १ बैंक खाता भन्ने नाराले हावा खाएको छ । पछिल्लो तथ्याङ्क अनुसार ३ करोड जनसख्यामा २ करोडको पनि बैंक खाता नरहेको फेला परेको छ । करिब ६० प्रतिशत जनता अझै बैंक÷विकास बैंक र वित्तिय संस्थासंग आबद्ध नै छैनन् ।

राष्ट्र बैंकले अहिले पनि कुल जनसंख्याको ६० प्रतिशत जनतासँग बैंकिङ पहुँच नपुगेको बताउँदै आएको छ । यसको अर्थ ४० प्रतिशत जनताको मात्र बैंक तथा वित्तीय संस्थामा खाता छ भन्ने राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । खाता हुने र जनसंख्याको पहुँचले बैंक तथा वित्तीय संस्थामा एक जना व्यक्तिको धेरै खाता भएको प्रष्ट पार्छ । राष्ट्र बैंकका अनुसार, एक जना व्यक्तिको १० बैंक तथा वित्तीय संस्थामा खाता छन् ।

शहरी इलाका एक जनाको धेरै वित्तीय संस्थामा खाता हुने गरेको र ग्रामिण क्षेत्रमा अझै पनि धेरै नागरिक बैंक खाता खोल्नबाट बन्चित रहेको राष्ट्र बैंकको तथ्यांकले प्रष्ट पारेको छ । एक वर्षमा ४१ लाख ६९ हजार बैंक तथा वित्तीय संस्थामा खाता खुलेका छन् ।

सरकारले अघिल्लो वर्षको बजेटमा एक नेपालीको एक खाता अभियान घोषणा गरेको थियो । सरकारको नीति र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थालाई शाखा पुर्याउन राष्ट्र बैंकले दिएको निर्देशनले गर्दा पनि बैंक तथा वित्तीय संस्थामा शाखा खोल्ने बढेको हुनुपर्छ ।

अघिल्लो माघ मसान्तको तुलनामा यो वर्षको माघसम्ममा ४१ लाख ६९ हजार निक्षेपकर्ता बढेको राष्ट बैंकले जनाएको छ । यो सँगै माघ मसान्तसम्म बैंकमा खाता हुने नेपालीको संख्या दुई करोड ५६ लाख ५८ हजार पुगेको छ ।
गएको वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्नेको संख्या दुई करोड १४ लाख ९८ हजार थिए । यस अवधिमा खोलिएका खातामध्ये दुई करोड नौ लाख ७८ हजार खाता ‘क’ वर्गका वाणिज्य बैंकमा रहेका छन् ।
४१ हजार सात सय खाता ‘ख’ वर्गका विकास बैंकमा र पाँच लाख ५२ हजार खाता फाइनान्स कम्पनीमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यता केन्द्रीय तथ्यांक विभागले नेपालको जनसंख्या करिव ३ करोड भएको अनुमान गरेको छ । गत वर्ष प्रतिदिन एक हजार ७० देखि एक हजार ८४ जनासम्म बढने गरेको थियो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ ।
विभागले आगामी २०७८ साल असार ८ गते नेपालको जनसंख्या तीन करोड तीन लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ । विभागले २०६८ सालमा राष्ट्रिय जनगणना गर्नुअघि नेपालको जनसंख्या दुई करोड ८४ लाख पुग्ने प्रक्षेपण गरेको थियो । जबकी जनगणनाले जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको देखाएको छ ।

4285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका