

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर मनाएको छ । आइतबार कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर २५औं वार्षिकोत्सव मनाएको हो ।
निःशुल्क स्वास्थ्य शिविरबाट सयौं नागरिकहरुले लाभ लिएका छन् । यस अवसरमा कम्पनीका देशभरी छरिएर रहेका प्रादेशिक कार्यालय, शाखा तथा उप–शाखाहरुले पनि विभिन्न कार्यक्रम सञ्चालन गरी वार्षिकोत्सव मनाएको छ ।
सम्बन्धित समाचार
" class="lazy">