फिचर
नेशनल बैंकिग ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता
नेशनल बैंकिग ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंक बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा ल्द्यक्ष् को तर्फबाट सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकारी प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका थिए ।
यस सम्झौतापत्र अनुसार NBI ले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ ।
बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई NBI Mobile App बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ । साथै बैंकले ल्द्यक्ष् एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ ।
यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिनेछ ।