

एन आई सी एशिया बंैक लिमिटेडले बैंकका संस्थापक दिवाकर गोल्छाको असामयिक निधनले बैंक परिवार स्तब्ध हुनुका साथै मर्माहतसमेत भएका बताएको छ ।
गोल्छाको असामयिक निधनले बैंक परिवार लगायत समग्र देशको बैंकिङ, औद्योगिक तथा व्यावसायिक क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको दाबी गरेको छ ।
गोल्छा उद्योग वाणिज्य महासंघका पूर्व प्रथम उपाध्यक्ष एवम् संविधानसभाका पूर्व सभासद पनि थिए ।