जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडले गत बैशाख १४ गते सुनसरी जिल्ला, कोशी गाँउपालिका वडा नं. ३, जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।

ग्लोबल आइएमई बैंकको इटहरी शाखाको आयोजना र बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो । बैंकको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधी तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत बितरण गरेको हो ।

उक्त शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरुको बिराटनगर आँखा अस्पताल, बिराटनगरमा निःशुल्क शल्यक्रिया पनि गरिएको थिायो । निम्न आयस्तर भएका तथा अति पिछडिएका आँखाका बिरामीहरुलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको होे ।

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।

8070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका