जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • इन्भेष्टमेण्ट बैंकको ८० औं शाखा सुनसरीको देवानगंजमा

इन्भेष्टमेण्ट बैंकको ८० औं शाखा सुनसरीको देवानगंजमा

नेपाल इन्भेष्टमेण्ट बैंकले सुनसरीको देवानगंज गाँउपालिकामा आफनो ८० औं शाखा विस्तार गरेको छ । उक्त शाखाको देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवी यादवले उद्घाटन गरीन ।

उक्त शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । बैंक परिसरभित्रै केही समयमा नै एटिएम सेवा पनि संचालनमा गर्नेछ ।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार अभियानलाई निरन्तरता दिने क्रममा प्रदेश नं. १ मा शाखा थप गरेको हो ।

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ ।

सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

7905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका