जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • एनएमबी बैंक कर्णाली प्रदेशद्वारा दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम

एनएमबी बैंक कर्णाली प्रदेशद्वारा दुई जिल्लामा वित्तीय साक्षरता कार्यक्रम

एनएमवी बैंक कर्णाली प्रदेश कार्यालयको संयोजनमा दैलेख र सुर्खेतमा वित्तीय साक्षरता कार्यक्रम सप्ताहब्यापी रुपमा सम्पन्न भएको छ । दैलेखका तिन वटा र सुर्खेतका तिन वटा स्थानीय तहमा वित्तीय साक्षरता अभिमुखिकरण कार्यक्रम गरिएको हो । वित्तीय सारक्षता कार्यक्रममा बैंकले दिने सेवा सुविधाका बारेमा स्थानीयहरुले ज्ञान लिने मौका पाएका हुन् ।

सुर्खेतका पञ्चपुरी नगरपालिका, लेकबेंसी नगरपालिका, बराहताल गाउँपालिका र दैलेखका नारायण नगरपालिका, गुँरास गाउँपालिका र नौमुले गाउँपालिकामा ६ सय ५० जना सहभागीहरुविच वित्तीय साक्षरता कार्यक्रम गरिएको एनएमवी बैंकका कर्णाली प्रदेशका एरिया मेनेजर मित्रराज प्याकुरलेले बताउनुभयाे । 

आम्दानी, खर्च, बचत, ऋण, सापटी तथा बजेटको आधारभुत ज्ञान, पैसाको सदुपयोग र सही तरिकाले ब्यवस्थापन, सही आर्थिक निर्णय गर्न, बैंकिङ्ग तथा वित्तीय संस्थासंग कारोवार गर्न तथा भविष्यमा वित्तीय ब्यवस्थापनमा सघाउ पुराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले गरिएको बैंकले जनाएको छ ।

त्यस्तै सहभागीहरुले आर्थिक संकट पूर्वाअनुमान गरेर अनावश्यक ऋण बोझबाट जोगिने, सिमित आयबाट पनि दैनिक खर्च, भैपरी आउने खर्च र ब्यापार ब्यवसाय ब्यवस्थापन गर्न सिकाउने, विशेष यूवाहरुलाई बचत गर्ने बानी र वित्तीय सेवा बसाल्न र वित्तीय सेवा लिन फाईदा साक्षरता कार्यक्रमले गरेको बैंकका कर्णाली प्रदेश एरिया मेनेजर प्याकुरेलले बताउनुभयाे । कार्यक्रममा ए टि एम मेसिन, मोवाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड (एटिएम कार्ड) र क्रेडिट कार्ड लगायतका विषयमा सहभागीहरुलाई ज्ञान सहभागीहरुलाई दिईएको एनएमवी बैंकले जनाएको छ ।

साक्षरता कार्यक्रममा ७५ प्रतिशत महिला सहभागी रहेका थिए । बैंकका कर्णाली प्रदेश एरिया मेनेजर मित्रराज प्याकुरेल, सुर्खेत शाखा ऋण शाखा प्रमुख निर्मल गौली, ब्यवसायी विकास अधिकृत खगेन्द्र पाण्डेले वित्तीय साक्षरता कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिनुभएकाे  थियाे ।
कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा एनएमवी बैंकका ३ वटा शाखा रहेका छन् । दि बैंक अफ दि इयर एसिया २०२१ जस्तो विश्व प्रतिष्ठित अवार्डबाट एनएमवी बैंक नेपाललाई सम्मान गरिएका कारण वित्तीय क्षेत्रमा ठुलो उपलब्धीका रुपमा हेरिएको छ ।

3480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका