जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कामना सेवा र बैंक अफ काठमाडौं क्यापिटल मार्केटबीच सम्झौता

कामना सेवा र बैंक अफ काठमाडौं क्यापिटल मार्केटबीच सम्झौता

“प्रगतिको आधार कामना सेवासँग कारोवार”भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले ग्राहकहरुको आवश्यकता र सेवालाई मध्यनजर गर्दै निक्षेप सदस्य सम्बन्धी कार्य गर्न बैंक अफ काठमाडौं क्यापिटल मार्केट लि.सँग सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार अब ग्राहकहरुले देशभरि छरिएर रहेका यस बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन् । साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्याकारी अधिकृत श्री प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केट लि.को तर्फबाटप्रमुख कार्याकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षर गरेका थिए ।

4735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?