जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • इसेवाले ल्यायो १५ दिनमा १५ अफर

इसेवाले ल्यायो १५ दिनमा १५ अफर

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा विभिन्न १५ वटा अफर ल्याएको छ ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा १५ वर्ष पुरा गरि १६ औँ वर्षमा प्रवेश गरेको छ । नेपालमा ‘लाइनबाट अनलाइन’ भन्ने नारालाई सार्थक बनाउने गरी भुक्तानी प्रणाली विकास गर्नमा इसेवाले महत्वपूर्ण योगदान छ ।

१५ औँ वार्षिक उत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले आफूहरुलाई यो अवस्थामा आउन सहयोग गर्ने आम प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियामक निकाय, कर्मचारी र प्रेस लगायतप्रति आभार प्रकट गरे । उनले भने, ‘हामीले आगामी दिनमा इसेवाको मोबाईल एप्सलाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिने गरी सुपर एप्सको रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ ।’ उनले डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनु हुनेमा आशा व्यक्त गरे ।

१५ वर्षको अवधिमा इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका े दाबी कम्पनीले गरेको छ । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू रहेका छन् । इसेवाले केन्द्रिय कार्यालय सहित सातै प्रदेशबाट सेवा दिइरहेको छ ।

आगामी दिनमा इसेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरि प्रत्येक नेपाली नागरिकलाई नविनतम प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको कम्पनीले बक्तव्यमार्फत जनाएको छ ।

यसैबीच इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । यो अफर माघ ११ देखि माघ २५ सम्म सञ्चालन हुने छ । अफर अन्तरगत इसेवा मार्फत कुनै पनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् । यसैगरी एयरलाइन्स टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५ मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् ।

यस्तै इसेवा केयर खरिद गर्नेमध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् । इसेवाबाटै होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउने छन् ।
यस्तै मोबाईल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू १५० सम्मको क्यासब्याक पाइने छ । स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

3890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?