जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्राइम कर्मसियल बैंकको बोनस पारित, नयाँ सञ्चालक समिति पनि चयन

प्राइम कर्मसियल बैंकको बोनस पारित, नयाँ सञ्चालक समिति पनि चयन

प्राइम कर्मसियल बैंकको ११ औं साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर पारित गरेको छ ।  आइतबार सम्पन्न साधारणसभमा बोर्डले प्रस्ताव गरेका  १६ प्रतिशत बोनस शेयर र वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो । ।

बैंकले लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न आइतबार ११ औं वार्षिक साधारण सभामा बोलाएको थियो। सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चाकलमा तीन जना नयाँ सञ्चालक समिति समेत सर्वसम्मतबाट चयन गरेको छ । सर्वसाधारण तर्फबाट सञ्चालकमा दुई जना पनि चयन गरेको भएको छ ।

नयाँ सञ्चालकमा संस्थापककोतर्फबाट उदयमोहन श्रेष्ठ, राजेन्द्र दास श्रेष्ठ र नरेन्द्र बज्रचार्य सर्वसम्वतले चयन भएका छन भने सर्वसाधारणको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि जेठ ९ गतेदेखि बुक क्लोज गरेकाले जेठ ८ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गरी  २२ अर्ब रुपैयाँ पु¥याउने यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगाएतका विषय सभामा छलफलका पश्चात पास गरेको छ । बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा जेठ २२  हस्ताक्षर गरेको गरिसकेको छ ।

7880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?